Posts

बसन्त ऋतु (SPRING SEASION)

Image
सबै औषत मान्छेलाई जस्तै मलाई पनि बसन्त ऋतु मन पर्छ त्यसैले म औषत मान्छे हुँ।बसन्त ऋतुलाई कवि शिरोमणिले ऋतुराज भनेर ऋतुको पनि ऋतु भनेका छन्।बसन्त ऋतुलाई कवि र प्रेमीले धेरै मन पराछँछन् भनिन्छ। आफू कवि र गम्भीर प्रकृतिको प्रेमी दुवै नभए पनि मलाई यो ऋतु मन पर्छ।अरुण थापाले पनि 'ऋतुहरूमा तिमी हरियाली वसन्त हौ' भनेर भने आफ्नो चर्चित गीतमा।उनले बसन्त ऋतुमा हरियाली हुने कुरा व्यक्त गरे।हरियालीका साथै सुन्दर फूलहरू मुस्कुराउनु पनि बसन्त ऋतुको विशेषता हो जस्तो लाग्छ।मौसम पनि निकै अनुकूल हुने भएकाले यो ऋतुको बख्खान गरेर नथाकेका होलान् लेखकहरू।बसन्तलाई बहार वा खुशीको ऋतुका रूपमा पनि हेरिन्छ र सुन्दर फूल, लता, पालुवा र कुञ्जिकाकै कारण यसलाई मनमोहक ऋतु भनिएको हुनु पर्छ।भर्खर प्रारम्भ भएको वसन्त ऋतुको सन्दर्भमा सबैलाई सिर्जनात्मक काम गर्ने प्रेरणा मिलोस् … शुभकामना!

कविता (POEMS)

Image
बसन्त                                  -अशोक थापा(भरतपोखरी) १ आयो दृश्‍य खुली बसन्त सुकिलो गम्के लता-कुञ्जिका तन्के पात मुना बनेर तरुनो छैनन् सुकेका फिका कल्की फूल बुकी गुराँस कलिलो धर्ती नयाँ देखियो चिर्‌विर् चन्चल गीत मस्त लयमा भाका रमेको थियो २ को हो!भन्छ बसेर मुक्त मधुरो स्वरै लिई कोकिल लाऊँझैँ पिरती बसन्त ऋतुमा सारै रमेको दिल पोखी सिन्दुरले प्रभात रमणी नौलाख आशा दियो साँचो सार्थक जीवनी सरसभो बास्ना नयाँ भर्दियो ३ पल्टे मक्किएका मुढा जमिनमा उम्रे नयाँ भावरा थोत्रा पात झरे बतास मेहरी उक्के पुराना जरा फुल्छन् फूल खुशी भएर लहरा हास्दै छ रे पाहरा झल्‌झल् झल्किएर अपार झरना क्या मोहनी छाहरा ४ नौलो आकशमा कतै रहरका यात्रा गरूँझैँ भयो सुख्खा जर्जरिँदो धरा सतहमा पानी भरूँझैँ भयो हट्दैछन् वनका विखालु लहरा फँस्दैछ सिंहै पनि छर्दै सुन्दर ओखती वनभरी आनन्द आत्मा पनि ५ बिर्सन्छन् जनता दुखी...

गजलहरू (GAZALS)

गलज कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज प्रस्रव पीडा छटपटीमा खस्केको देश आज पुराना खिल आँतबाट किन ननिस्केका २ विनाकारण कुर्सीभित्र चस्केको छ देश आज छेपारोले घोचो छोड्ला दुष्‍ट बल पो गर्छ सत्ता पासो गलाभरि मस्केको देश आज सुस्ता र कालापानी दिउँसै लुटिएछन् टनकपुर नभुलेर झस्केको छ देश आज सासभरि देश हेर्ने देशकै मुहार फेर्ने ताजाताजा जनादेशमा सर्सेको देश आज कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज प्रस्रव पीडा छटपटीमा खस्केको देश आज गलज के सुन्छौ र मुटु फुटेको कहानी काँच सरी दिलको ऐना फुटेको कहानी हुन्थे पुष्‍प वर्षा सत्य धरोधर्म आँसु मूल सुक्कसुक्क फुटेको कहानी तराजून टिपीकन साट्थ्यौँ उपहार दुई मुटु एकै धड्कन फुटेको कहानी केसुन्छौ त मुटु फुटेको कहानी काँच सरी दिलको ऐना फुटेको कहानी एकविना छटपटीमा अर्को अलापिँन्थ्यौँ सुन्दर फूल असिनाले चुटेको कहानी जलमल्ल सजिएका कल्पनाका महलहरू पलभरमा नामेट भई फुटेका कहानी के सुन्छौ र मुटु फुटेको कहानी काँच सरी दिलको ऐना फुटेको कहानी गलज पिरैपिरले चिरिएका मुटुका पाटाहरू दिलको घाउ चहर्‍याउँछ नब...