Posts

आनन्ददेव भट्टको अनुवादशिल्प

 डा. अशोक थापा नेपाली केन्द्रीय विभाग, त्रि.वि. लेखसार प्रस्तुत लेख आनन्ददेव भट्ट (वि.सं १९९३) द्वारा अनूदित हेनरिक इब्सनको नाटक ‘जनताको शत्रु’ मा केन्द्रित छ । यस लेखमा नाटकीय अङ्गको आधारमा विश्लेषण नगेर भट्टको नाट्यअनुवाद कलाको सरसर्ती अवलोकन गरिएको छ । भट्टका साहित्यिक योगदानका विविध आयाम छन् त्यसमा पनि उनको नाट्यअनुवाद कलाको अनुसरण भएनभएको कुरा खोजी गर्नु यस लेखको मुख्य लक्ष्य रहेको छ । अध्ययनको क्रममा पाठकीय अवलोकन पद्धतिलाई ध्यानमा राखिएको छ । केही कमीकमजोरी भेटिए पनि भट्ट सफल नाट्यअनुवादक हुन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।     थालनी      आनन्ददेव भट्टले ‘जनताको शत्रु’ नर्वेका प्रसिद्ध नाटककार ‘एन इनिमिज अप द पिपल’ को नेपाली अनुवाद गरेका छन् ।  नाटककार इब्सेनको यो नाटक सन् १८८२ मा प्रकाशित भएको हो । इब्सेनले यस नाटकलाई उनको पछिल्लो नाटक ‘घोस्ट’को विरुद्धमा सार्वजनिक भएको आक्रोसको जवाफमा लेखेका थिए भनिएको छ । यस नाटकमा १९ शताब्दीको नैतिकता देखिएको स्खलन र पाखण्डीपनलाई चुनौती दिइएको छ । साझा प्रकाशनबाट वि.सं. २०२० मा छापिएको अनुदित नाटक ‘ज...

सुनेका, देखेका र भोगेका ‘काइँला’

डा . अशोक थापा नेपाली केन्द्रीय विभाग, त्रिवि, कीर्तिपुर सार प्रस्तुत लेख नेपाली साहित्यमा आयामेली कविका रूपमा छुट्टै छवि बनाएका बैरागी काइँला (तीलविक्रम निम्वाङ , वि . सं . १९९६) को योगदानमा केन्द्रित छ । योगदान भन्नासाथ समग्रताको अध्ययन हुने भएकाले कुनै कृति विशेषमा केन्द्रित हुने कुरा भएन । समग्रताको मूल्याङ्कन गर्दा लेख सूचनामूलक हुनु स्वाभाविक छ । यस लेखको ध्येय पनि काइँलाको समस्त योगदानलाई नियाल्नु हो । नेपाली कविता साहित्यमा काइँलाको कृतित्वको गौरव अक्षीण छ । यस लेखमा समीक्षात्मक निबन्ध ढाँचामा वर्णनात्मक विधि अवलम्बन गरिएको छ ।     आरम्भ नेपालको पूर्वी पहाडमा शिक्षाको दीयो पहिले उदायो । यस तथ्यलाई पुष्‍ट गर्न दुई तर्क मनासिब देखिन्छन् । पहिलो नेपालको प्रशासनिक संरचनामा सापेक्षित रूपमा पूर्वमा पहिले जागरण आएको हो । दोस्रो अङ्ग्रेज शासनको समयदेखि नै दार्जिलिङको शैक्षिक रापले पूर्वी नेपाल (झापा, इलाम, पाँचथर) लाभान्वित छ । हो यसै पूर्वी पहाडको पाँचथरमा जन्मेका बैरागी काइँलाको वास्तविक नाम तिलविक्रम नम्वाङ हो । उनको कविताको प्रस्फुटन सं . २०१८ सालको ' फूल पात प...

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

डा. अशोक थापा त्रिभुवन विश्वविद्यालय , नेपाली केन्द्रीय विभाग , कीर्तिपुर सारसङ्‌क्षेप लोकनाटकको लोकजीवनसँग घनिष्ट सम्बन्ध रहन्छ । यही निकटताले गर्दा कतिपय चाडपर्व , शुभअवसर , माङ्गलिक कार्यसँग लोकनाटकको निकटता देखिन्छ । कतिपय लोकनाटक विवाहको अवसरमा देखाउने प्रचलन पनि छ । यो गीत , नृत्य , अभिनय , स्वाङ् आदि विविध संरचनामा रहेको हुन्छ । लोकनाटक हाम्रो आदिम कालदेखिको समाजसँग निकट सम्बन्ध रहेको प्रदर्शनकारी कला हो । बहुसांस्कृतिक देश भएकाले लोकनाटकका लागि नेपाल उन्नत भूमि पनि हो । यहाँ सोरठी , घाटु , गोपिचन , लिला , नचरी , बालन आदिजस्ता लोकनाटकहरू प्रचलनमा छन् । लोकनाटक व्यापक दायरा र क्षेत्र समेटिने प्रदर्शनकारी कला हो । लोकनाटकबाट आधुनिक नाटकमा यथेष्ट प्रभावहरू परेको देखिन्छ । यस लेखमा लोकनाटकको सामन्य परिचय दिएर नेपालका विभिन्न भागमा प्रचलनमा रहेका सोरठी , घाटु र गोपिचन नाटकको चिनारी दिइएको छ र समग्रतामा तिनीहरूको विशेषताको निरूपण गरिएको छ । सरलभाषा हुनु , सामन्य निरक्षर व्यक्तिले पनि बुझ्नु , स्थानीय बोलीमा संवाद गरिनु , माङ्गलिक हुनु आदि लोकनाटकका विशेषताहरू हुन् । मुख्य शब...