Posts

किताबै-किताब

Image
यहाँ क्लिक गर्नुहोस्    https://www.sajhapost.com/2018/03/31/109985.html

LOVE TO TRAVEL

- ASHOK THAPA Perhaps a wish to go to new places must be one of the human wishes. I do not think there is any other reason to have this wish except to experience the world with a closer view. It will certainly unlock unbelievable new perspectives and experiences in human beings. It justifies different experiences of people belonging to different cultures and different geographical places. Education is not of the same kind all over the world. I believe that this journey will be of special importance to understanding the various ways of education. I believe that staying in the same place limits our knowledge whereas traveling to new places gives way to new experiences. However, we should not forget that people from other places might also find our experiences new and in many contexts, multi-useful. Knowledge from new friends, new cultures, new traditions, and norms keep on encouraging a person. Actually, international programs like this energize to accomplish new tasks. N...

नामदुंग नपढेका हामी - डा. अशोक थापा

Image
डा . अशोक थापा, त्रिभुवन विश्‍वविद्यालय, नेपाल Dr.  Jeevan Namdung      पटकपटक पानी ट्याङ्‌की छिरे पनि यो मेरो पहिलो यात्रागत उद्‌घाटन थियो दार्जिलिङको । धुपिलो जुन ५ सन् २०१८ को उखुम दिन । बर्खामासको समय र सिलिगुढी बजारको व्यस्तता अनौठो थियो गज्याङ्‌मज्याङ् । बागडोगरा सिलिगुढी बजार तात्‍नसम्म तातेको थियो दिउँसोको घामले र धन्न छिनछिनमा आकाशे पञ्चाम्मृत खन्याइ रहन्थ्यो प्रकृतिले दरर् दरर् । हामी छक्क परेका थियौँ त्यस समयको प्रकृतिको अधैर्य स्वभाव देखेर । नेपालबाट मेरो गुरु प्रोफेसर रामचन्द्र पोखरेल , दार्जिलिङ्‌का हितैसी कविमित्र सुकराज दियाली , अर्का सहृदयी पत्रकार-व्यावसायी मित्र विजय रुचाल र हामी जम्मा ५ थान मनुवा उभो हेर्दै थियौँ कालिंपोंग लेकतिर । यात्रा मधेसबाट पहाड उक्लनु पर्ने थियो , विजयजीको साथीको कार थियो हाम्रो सवारीसाधन । यात्रा सुरु हुनासाथ हामीले टोय ट्रेन लाइनलाई दाया पारेर हुत्तियौँ अगाडि । एकै छिनमा सम्म परेको सिलिलि भूभाग सकिएर चिया कमानको हरियाली आउँदा हामी गर्मी सडकबाट एकै पटक एसी रूममा पसेका थियौँ त्यसै चिसो हरियाली वातावरणले हामी...

आँसु र कोरोना (CORONA & TEARS) -अशोक थापा (पोखरा)

ए आँसु वर्षिनु पर्छ तँ बेतोडले खनिनु पर्छ चेरापुन्जी बनेर छ्‌यालब्याल् मानववस्ती भरि घनघोर मडारिनु पर्छ असमेल भुमरीमा रुमलिनु पर्छ कुनकाप्चा र बस्तीहरूमा   शुद्धताको सुनकोशी र कल्याणको कर्नाली बनेर यत्रतत्र सर्वत्र जहाँ एक चिम्टी अस्तित्व पुगेको होस् मान्छेको ए पवित्र आँसु वैरिनु पर्छ तँ त्यसरी जसरी मडारिएको थियो भगीरथ गंगा गंगोत्री फुटाएर आँखाबाट जहाँ रुने मान्छले गर्व गरोस् भक्कानिएर रुनमा रुनु सबैभन्दा भव्य कला हो कोरोनाको भुङ्ग्रोबाट मानव जातिलाई सकुशल बाहिर निकाल्न ए आँसु, मेरो पवित्र अमृत तँ बर्सिनु पर्छ मुसलधारे मुस्लो बनेर । दर्‌दर्‌दर्‌द मानबस्तीहरूमा २०७६-१२-१०

भजाइनल ट्रमा (VAGAINAL TRUMMA) [कथा]

                                                                                                                  -अशोक थापा कीर्तिपुर ! पुरातन सहरको सामुन्ने ठिङ्ग उभिएको भवन । सहिदको नाममा न्वारन गरिएको घर । माथि जस्ताको छाता ओडाइएको छानो र कमसल इँटाले बुनिएको भित्तो । झट्ट हेर्दा ठ्याक्कै अङ्ग्रेजी एल् आकारको । हो यही हो ‘शहीद स्मारक कलेज’। चन्चले आँखा, सेतो खरायोलाई उछिन्ने गोरी । उन्नाईस वर्षकी । आफ्नो समूहकी नेता । पूरै बोल्ड । हरेक दिन उत्साहका साथ कलेज आउने । सधैँ अनुहारमा जाँगर र हिँडाइमा छुट्टै जोस् भएकी ! साहसी । यही कलेजमा स्नातक पढ्ने, मेनका तुमु।   निख्रँदो फागुन महिनाको ओसिलो बिहानलाई तताएको थियो कल्याङ्-मल्याङ् एक रङ्गिन भिडले । रङ्गीचन्ङ्गी अनुहार लिएर केटाहरू कलेज ड्रेसमै बास्केट...

मिश्रित भावका कविता ‘सम्मोहन’ (POETRY ON MIXED METAPHOR) - अशोक थापा

Image
...बादलको पानी जस्तो मेरो राम कहानी थोपा थोपा ढल्किरहेछ व्यर्थ जिन्दगी....त्यही बादलको पानी पृ.३४ ‘ सृष्‍टिको सबै भन्दा सुन्दर सिर्जना मानव हो र मावनको सबै भन्दा सुन्दर सिर्जना कविता ’ यो भनाइ सार्थक होला नहोला ? तर एउटा सत्य के छर्लङ्ग छ भने कवितामा मानवले भोगेको जीवनको सुखदु:खका मिश्रित भाव अभिव्यक्तिन्छन् । आराधना बस्नेतको प्रस्तुत ‘ सम्मोहन ’ कविता सङ्ग्रहमा यस्तै भावुक मनभित्रका कोमल भावना , अन्तस्चेतनामा दबेर रहेका मूर्तदेखि अमूर्त भावव्यञ्‍जनाको बृहत् सम्राज्य देखिन्छ। अनुभूतिको गहिराइबाट निसृत माथिका पङ्‌तिहरूले जीवनबोधको स्पष्‍ट परिभाषा व्यक्त गरेको प्रतीत हुन्छ । यो नेपाली कविता साहित्यमा नारीलेखनका लागि शुभ सङ्केत हो । नेपाली साहित्यको मार्गमा पछिल्लो समयावधिमा नारी स्रष्‍टाको कलम निकै चम्केर चलेको देखिन्छ  ।त्यसमा पनि कविता विधा उनीहरूको प्राथमिकताको क्षेत्र हो । अझ नेपाली साहित्यमा सबै भन्दा बढी लेखिएको क्षेत्र कविता नै हो । यसभित्र सबै भन्दा बढी उरालिएको स्वर नारी स्वतन्त्रता र लैङ्‍गिक विभेदको हो । विश्‍वको आधाभन्दा बढी जनसङ्ख्या ओगट्ने नारीसाम्राज्यका...