Posts

Showing posts from March 5, 2013

पुस्तकालय र प्रतिलिपि अधिकार हनन् (LIBRARY & COPY RIGHT)

Image
जीवन काँडा कि फूल पुस्तक पढेपछि मेरो समीक्षा लेख्ने क्षमता नै गायव भयो । म छक्क परेँ मैले कलमै चलाउन सकिन , निकै समय घोरिएँ  अहँ ---- कसम म कुनै नि र्क्यौलमा नै पुग्नै सकिन । औसत किताप पढ्दा खेरी एउटा मान्यता अझ अवधारणा भनौँ जसले पनि बनाउँछ  यहाँले पनि पक्कै बनाउनु हुन्छ होला हैन त ? मेरो माथा खराब हुनाका पछाडि पक्कै केही कारणहरू छन् । विशेष परिस्थितिहरू छन् । अल्पज्ञानका केही चुइँ टाहरू छन् । मेरो दिमाग अनिर्णयको बन्दी हुनाको त्यस्तो विशेष कारण पुस्तकमा उठाइएको विशेष मुद्दा नै हो । जीवन के हो ? यो संसारमा आजसम्म परिभाषित हुन नसकेको प्रश्न हो । ठूला ठूला मनिषी , वैज्ञानिक तथा दार्शनिकले पनि जीवनलाई परिभाषित गर्न सकेका छैनन् । शताब्दी औँ देखि पढिएका डार्विन , मार्क्स , आइस्टाइन अनि फ्रायडजस्ता हस्तीले पनि जीवनलाई व्याख्या गर्ने परीक्षामा फेल भएका छन् । अझ उनीहरू पास भएका छैनन् । यस्तो मुद्दा झमकले आफ्नो पुस्तकमा उठाएकी छन् । जीवन फूल हो भत्रे हाइपोथेसिसका आधारमा महिनौ ँ टोलाएँ   अहँ पुस्टि भएन । जीवन काँ डा हो भन्ने तर्कका पछि हप्तौँ लागेँ अहँ हातलाग्यो शून्य । यस्तै हो र है