Posts

Showing posts from January 7, 2021

नाट्यक्षेत्रको दैलाका बत्ती : सत्यमोहन

  डा. अशोक थापा नेपाली केन्द्रीय विभाग , त्रि.वि.        नाटक संस्कृतिमै फुल्ने हो झ्याङ्गिने हो । संसारको नाट्यपरम्परा सांस्कृतिक चेतनाले अभिसिञ्चित पनि छ । नाटकमा संस्कृति झल्कनु र सांस्कृतिक बिम्बहरू नाटकीय हुनु यो साँच्चै रोमाञ्चक पक्ष पनि छँदै छ । वस्तु र छायाजस्तै नाटक र संस्कृति सन्निकट देखिन्छन् ।   सिर्जनचेतना जोकोहीमा अङ्कुराउने कुरा होइन । जहाँतहीँ पल्लवित हुँदैन यो । यद्यपि एक सांस्कृतिक अभियन्ताको हृदयमा अङ्कुरित साहित्य पक्कै मौलिक हुन्छ , रसिलो हुन्छ । यो त पूरै हिमशिलाबाट बगेको जलराशिजस्तै र पवित्र जलकुण्डजस्तै हुन्छ । पाठकलाई आल्हादित बनाउन सक्ने , भावकलाई तन्मयमा डुबाउने सामथ्र्य भएका एक सांस्कृतिक अभियन्ताको चर्चा हुँदैछ यहाँ उनी हुन् नाट्यक्षेत्रका ‘ दैलाको बत्ती ’ शताब्दीपुरुष सत्यमोहन जोशी (१९७७ , ललितपुर) । साहित्यकारले लेख्ने भनेको समाज हो । अनुभव र जीवन भोगाइ हो । जीवन के कुराले प्रभावित हुन्छ ? पक्कै पनि समाज , संस्कार र सरसङ्गतले स्रस्टाको पूरा जीवनमा अनुपम छाप छोडेको हुनुपर्छ । सायद यस्तै अमीट छाप कोरिएको हुनुपर्छ जोशीको अन्तरदृदयमा पनि । ‘ बुझ्नेका

महाग्रन्थका समवेत तुलना

डा. अशोक थापा नेपाली केन्द्रीय विभाग, त्रि.वि      ‘ मानव भएर जसमा मानवत्वको गुण रहन्छ त्यो नै मूल्यवान कुरा हो । ’ यो उक्ति महाभारतसँग सम्बद्ध छ । यसको अर्थ यो हो कि महाभारतमा मान्छेलाई सत्कर्मको बाटोमा लाने उद्देश्य राखिएको छ । अर्को ठाउँमा भनिएको छ ‘ बाँसुरीको छातीमा जति सुकै छेडिएका प्वाल रहून् बजाउने सुर जान्नेले आजीवन यसको लय समातेकै हुन्छ ’ । सत्कर्म र अभ्यासले मान्छे सफल हुने हो भन्ने भाव यसमा अन्तर्भूत देखिन्छ । यसै गरी रामयणमा भनिएको छ ‘ जिउन मात्र पर्छ जीवनमा कुनै न कुनै समय आनन्दको अनुभूति गर्न पाइन्छ ’ यानेकि जीवनमा सकारात्मक सोचका साथ अगाडि बढ्नुको विकल्प छैन । कर्मशील बन जीवनको परिभाषा यसैभित्र निहित छ भन्ने रामायण र महाभारत पठनीय प्राचीन महानतम् ग्रन्थहरू हुन् । यी दुई ग्रन्थ लेखिएको समय फरकफरक भए पनि यिनीहरूको उद्देश्य समान खालको देखिन्छ । रामायणको समय त्रेयायुत हो भने रामायणको द्वापर युग हो भनिएको छ ।   रामायणका रचनाकार बाल्मीकि हुन् जो संस्कृत महाकाविका रूपमा सुपरिचित छन् । यसमा २४ हजार श्लोक छन् । रघुवंशका राजा रामको कथा यसमा अनुबन्द गरिएको छ । सात काण्ड (अध्याय

संस्थागत हुँदै पुस्तकालय दिवस

डा. अशोक थापा नेपाली केन्द्रीय विभाग, त्रि.वि.      नेपालमा पुस्तकालय कति छन् ? एउटा अनुत्तरित प्रश्नसँगै भदौ १५ गते पुस्तकालय दिवस भित्रिँदै छ । नवौँ संस्करणको पुस्तकालय दिवसको भव्य तयारी भइराखे पनि पुस्तकालयको सङ्ख्याका विषयमा नेपालका पुस्तकालयकर्मी नाजवाफ हुँनु कुनै नौलो कुरा होइन । पुस्तकालयको सङख््या यकिन गर्न सक्ने ल्याकत नेपालका पुस्तकालयकर्मीसँग छैन । न त शिक्षा मन्त्रालयसँग नै कुनै स्पष्ट तथाङ्क छ । हरेक वर्षजस्तै यसपटक पनि नेपाली प्रेस जगत् अनुत्तरित नै हुने छन् र उनीहरूले पाउने छन् उही काँचो उत्तर नेपालमा हजार – बाह्र सय जति पुस्तकालयहरू छन् । के यो तथ्याङ्क विश्वास गर्नलायक छ ? यो सङ्ख्या सामुदायिक पुस्तकालयको हो कि शैक्षिक पुस्तकालयको ? पुस्तकलाय दिवसको उद्देश्य पुस्तकालयको सङख््याका विषयमा माथापच्चिसी गर्नु मात्र पनि जरुर होइन । नेपालको पुस्तकालयको सन्दर्भमा प्रश्न धेरै अनुत्तरित छन् । नेपालको सन्दर्भमा पुस्तकालय नीति कस्तो हुनु पर्छ ? डिजिटल युगको पुस्तकालयको अवधारणा के हो ? पुस्तकालय जम्नु पर्छ कि निरन्तर बग्नु ? पुस्तकालय र सूचनाको सम्बन्ध कस्तो रहन्छ ? आदि आदि । प