Posts

Showing posts from March 19, 2014

गजलहरू (GAZALS)

गलज कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज प्रस्रव पीडा छटपटीमा खस्केको देश आज पुराना खिल आँतबाट किन ननिस्केका २ विनाकारण कुर्सीभित्र चस्केको छ देश आज छेपारोले घोचो छोड्ला दुष्‍ट बल पो गर्छ सत्ता पासो गलाभरि मस्केको देश आज सुस्ता र कालापानी दिउँसै लुटिएछन् टनकपुर नभुलेर झस्केको छ देश आज सासभरि देश हेर्ने देशकै मुहार फेर्ने ताजाताजा जनादेशमा सर्सेको देश आज कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज प्रस्रव पीडा छटपटीमा खस्केको देश आज गलज के सुन्छौ र मुटु फुटेको कहानी काँच सरी दिलको ऐना फुटेको कहानी हुन्थे पुष्‍प वर्षा सत्य धरोधर्म आँसु मूल सुक्कसुक्क फुटेको कहानी तराजून टिपीकन साट्थ्यौँ उपहार दुई मुटु एकै धड्कन फुटेको कहानी केसुन्छौ त मुटु फुटेको कहानी काँच सरी दिलको ऐना फुटेको कहानी एकविना छटपटीमा अर्को अलापिँन्थ्यौँ सुन्दर फूल असिनाले चुटेको कहानी जलमल्ल सजिएका कल्पनाका महलहरू पलभरमा नामेट भई फुटेका कहानी के सुन्छौ र मुटु फुटेको कहानी काँच सरी दिलको ऐना फुटेको कहानी गलज पिरैपिरले चिरिएका मुटुका पाटाहरू दिलको घाउ चहर्‍याउँछ नब

कविता विषयक अन्तर्वार्ता (INTERVIEW ON NEPALI POETRY)

Image
स मसामयिक नेपाली कविताका विषयमा युवा समालोचक अशोक थापासँग लिइएको अन्तर्वार्ता --------------- १.       समसामयिक कवितामा दलित , महिला , जनजाति , मधेशीमध्ये जनजातिका स्वरहरू शक्तिशाली रूपमा कवितामा आइरहे पनि अन्य सिमान्त वर्गका स्वर किन कवितामा स्पष्ट रूपमा नआएको होला ? जनजाति र महिलाका आवाज आज अधिक उठेको हो । आजको समाज विभक्त प्रकृतिको छ।आफ्नो समुदायको बारेमा तत् तत् समुदायका कवि आवश्यक परेकाले सिमान्त वर्गको प्रतिनिधि कविहरू कम हुँदा यस्तो स्थिति देखिएको हो। कवितामा राजनीतीकरण र राजनीतिको काव्यकरणका कारण यस्तो स्थिति देखिएको हो। २.       कविताका पाठकका लागि भिड जहाँ छ त्यहीँ राम्रो भन्ने मानसिकताले मद्दत पुर्‍याउँछ कि हानी ? कविताका पाठकका लागि भिड जहाँ छ त्यहीँ राम्रो भन्ने मानसिकताले मद्दत पुर्‍याउँदैन किन भने भिडको स्वार्थ क्षणिक श्रवण सुखका लागि हुने गर्छ तर कवितामा प्रयुक्त भाव वा विचार अलग कुरा हुन्। ३.       कविताले सङ्कटको क्षणमा समाजको साथ दिन्छ भनिन्छ।हाम्रो सन्दर्भमा वर्तमान समयमा कविताले समाजको साथ कत्तिको दिइरहे जस्तो लाग