Posts

Showing posts from May 17, 2014

नाटककार तिवारीको प्रवृत्तिगत मूल्याङ्कन (FEATURES OF TIWARI' PLAYS)

Image
डा. अशोक थापा नेपाली केन्द्रीय विभाग, त्रिवि सारसङ्‌क्षेप   यो लेख ताना शर्मा र अन्यद्वारा सम्पादित तिवारी नाट्य-साहित्यको विश्‍लेषण नामक ग्रन्थमा विविध समालोचकले नाटककार तिवारीका विषयमा उठाउन गरेका विविध धारणालाई आधार मानी तयार गरिएकको छ । तिवारी नेपाली सहित्यका विशिष्ट प्रतिभा हुन भने नाटकलेखनका एक गहकिला प्रतिभा । उनका नाटकलाई विवेचनाबाट केही निश्चित प्रवृत्तिहरूलाई खुट्याउन सकिन्छ । यस लेखको उद्देश्य पनि तिवारीका नाटकीय प्रवृत्तिको उल्लेख गर्नु रहेकाले ती प्रवृत्ति छुट्‍याउन उनका नाटकीय कृतिलाई प्राथमिक स्रोत र उनका नाट्यकारतिका विषयमा विगतमा भएका टिप्पणीलाई द्वितीय स्रोतका रूपमा लिएर निष्कर्षमा पगिएको छ ।  प्रवेश: भीमनिधि तिवारी (१९६८-२०३०) नेपाली साहित्यका विशिष्ट सर्जक हुन् । तिवारी विशेषगरी नेपाली नाटककारका रूपमा चिनिन्छन् । आइ . ए सम्मको औपचारिक शिक्षा हासिल गरेका तिवारी सरकारी सेवामा लामो समयसम्म कार्यरत रह नाका साथसाथै साहित्यिक गतिविधिमा क्रियाशील व्यक्तित्व हुन् । नेपाल का विविध स्थान लगायत छेमेकी मूलुक भारत , पाकिस्तान लगायत युरोपेली राष्ट्र इटली , बेलायत