(BOOK REVIEW) जीवनीको आयाममा डा.बैनतेयानन्द -अशोक थापा
मान्छे टोलाउँछ , घोरिन्छ , सुर्ताउँछ अनि आफन्तको मृत्युमा विरक्तिन्छ पनि । अल्पायुमै हुने आफन्तको मृत्युले मान्छेमा तीव्र पीडाबोध जगाउँछ र त्यसबाट विराट शून्यता पनि निम्त्याउँछ । छँ दाखाँ दाको युवा उमेरका पति वा पत्नि गुमाएर शोकमा डुब्नु पर्ने घटना अकल्पनीय ट्रे जिडी हो , विरक्ति हो । शून्यतापछि सिर्जना भनेझैँ शोकलाई शक्तिमा बदल्नु झन् जाटिल कार्य हो । निकै सीमित व्यक्तिले आफ्नो पीडालाई सार्वजनिक गरेका हुन्छन् र त्यसमा निकै कमले मात्र सफलता पाउँछन् । पीडा लुकाए झन् थपिन्छ भनेझैँ त्यसलाई बाँ डेमा पीडा न्यूनीकरण हुँ दै जान्छ भन्ने भनाइ पनि छ मनोविद्हरूको । पुस्तकलेखन पीडा एवं संवेदना बिसाउने गतिलो माध्यम मानिन्छ । आफ्नो मृत आफन्तलाई सम्झँ दै उनीहरूप्रति समर्पित भएर उनीहरूको जीवनवृत्तलाई जीवन्त बनाउने काम चुनौतीपूर्ण हुँ दाहुँदै पनि निजी अनुभूति पस्केर संस्मरणमा उनीहरूलाई ज्वलन्त बनाउने प्रयास पुस्तक लेखनबाट गरिन्छ । पुस्तक लेखन नै आफ्ना मृत आफन्तप्रति श्रद्धाञ्जली र समर्पण गर्ने गतिलो माध्यम बन्दै छ हिजोआज । यसो भएर नै होला विणा वैद्यले भूमिकामा भनेकी छन् ‘ सायद उहाँ प्रति हार्दि