Posts

Showing posts from May 9, 2014

काठमाडौँ उपत्यकाबाहिरका पुस्तकालय: यसका चुनौती तथा अवसरहरू (Libraries Out of Kathmandu Valley: Challenges and Opportunities))

१. पृष्‍ठभूमि पुस्तकालय पेसाकर्मीको यति ठूलो जमात इलामको इति सुन्दर पर्यटकीय नगरमा आइपुग्नु काठमाडौँ उपत्यका बाहिरका पुस्तकालय हरूका लागि विशे षत: पूर्वाञ्‍चलका पुस्तकालयकर्मीहरूका लागि सानो सौभग्य होइन । प्रथमत : पुस्तकालयकर्मीको यति ठूलो जमात काठमाडौँ उपत्यका भन्दा बाहिर (मोफसल) पसेकोमा गर्व मान्‍नु पर्ने थुप्रै कारणहरू छन् । मोफसलका पाठकहरूको निकटतम ज्ञानप्रदायक संस्था भनेको उपत्यकाबाहिरको पुस्तकालय नै हो । मोफसल का पुस्तकालयहरू   सधै उपेक्षित नै छ न् । शिक्षामा व्यापारीकरण गर्नेहरूको आँखा पुस्तकालयमा परेको छैन किनभने आजका विद्यार्थीहरू अग्ला भवन र सुकिला भेषभूषामा रमाउँछन् , किताबभित्र अक्षरमा रमाउने संस्कारको विकास भएको छैन ।   आदरणीय यस सभाका सभापति महोदय, कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथि गण एवं पुस्तकालयकर्मी महिला तथा सज्जन वृन्द ! तुलसाले मिति २०६७ - ०९ - ३० देखि २०६७ - १० - ०४ सम्म आयोजना गर्दै गरेको कार्यक्रममा सहभागी हुँदै यस कार्यक्रमको शीर्षक निकै उपयुक्त एवं सान्दर्भिक लागेकाले यो सानो कार्य पत्रको सिर्जना गरिएको हो । यो अति नै गहन व