Posts

Showing posts from April 7, 2020

नामदुंग नपढेका हामी - डा. अशोक थापा

Image
डा . अशोक थापा, त्रिभुवन विश्‍वविद्यालय, नेपाल Dr.  Jeevan Namdung      पटकपटक पानी ट्याङ्‌की छिरे पनि यो मेरो पहिलो यात्रागत उद्‌घाटन थियो दार्जिलिङको । धुपिलो जुन ५ सन् २०१८ को उखुम दिन । बर्खामासको समय र सिलिगुढी बजारको व्यस्तता अनौठो थियो गज्याङ्‌मज्याङ् । बागडोगरा सिलिगुढी बजार तात्‍नसम्म तातेको थियो दिउँसोको घामले र धन्न छिनछिनमा आकाशे पञ्चाम्मृत खन्याइ रहन्थ्यो प्रकृतिले दरर् दरर् । हामी छक्क परेका थियौँ त्यस समयको प्रकृतिको अधैर्य स्वभाव देखेर । नेपालबाट मेरो गुरु प्रोफेसर रामचन्द्र पोखरेल , दार्जिलिङ्‌का हितैसी कविमित्र सुकराज दियाली , अर्का सहृदयी पत्रकार-व्यावसायी मित्र विजय रुचाल र हामी जम्मा ५ थान मनुवा उभो हेर्दै थियौँ कालिंपोंग लेकतिर । यात्रा मधेसबाट पहाड उक्लनु पर्ने थियो , विजयजीको साथीको कार थियो हाम्रो सवारीसाधन । यात्रा सुरु हुनासाथ हामीले टोय ट्रेन लाइनलाई दाया पारेर हुत्तियौँ अगाडि । एकै छिनमा सम्म परेको सिलिलि भूभाग सकिएर चिया कमानको हरियाली आउँदा हामी गर्मी सडकबाट एकै पटक एसी रूममा पसेका थियौँ त्यसै चिसो हरियाली वातावरणले हामीलाई लठ्याएको थिँदै