Posts

Showing posts from September 27, 2020

सरी…मलाई हाइकु मनपर्दैन ! - अशोक थापा

Image
                                                                                                                                                                        खासमा मलाई हाइकु मनपर्दैन । माला उन्दै गर्दा छोडिएका फूलका टुक्राटाक्रीजस्तो लाग्छ यसका हरफहरू मलाई । लेख्‍न सिक्दै गरेकी बच्चीले वाक्यविन्यास नजानेर भत्काको जस्तै लाग्छ । मलाई विष्णुबहादुर सिंहले खुब दिनुहुन्छ हाइकुका किताब । कस्सम ! ती किताब मेरो दराजमा डुस्सिएर बसेका छन् । पक्कै मजस्ता मान्छे कम र हाइकु रुचाउने पाठक धेरै भएर होला हाइकु लेखिरहेका छन् नेपाली हाइकुकारहरूले । आज त्यस्तै किताब हात लाग्यो दाजु तेजविलास अधिकारीज्यूबाट । उही क्या फेसबुकमा कभर आको थ्यो नि 'उच्छलन'। उनी एउटा इमान्दार मान्छे हुन् भन्नेमा विगत १७ वर्षदेखि म कन्भिन्स्ड छु । भोलि नहुन सक्छु । उनी के-के गरिरहन्छन् साहित्य क्षेत्रमा , जागिर खान्छन् संस्कृत विश्‍वविद्यालयमा । मजस्ता बेढङ्गे मान्छे धेरै होलान् तर हाइकु लेख्‍न नछोड्नु दाइ किनभने मैले सिगरेड छोडे पनि कम्पनी त चलिराखेकै छ नि ।   ठूल्ठूला विद्वान्‌हरूले भूमिकामा राम्रो भनेकाले मलाई