Posts

Showing posts from September 24, 2021

आनन्ददेव भट्टको अनुवाद शिल्प - डा. अशोक थापा

  लेखसार प्रस्तुत लेख आनन्ददेव भट्ट (वि.सं १९९३) द्वारा अनूदित हेनरिक इब्सनको नाटक ‘जनताको शत्रु’ मा केन्द्रित छ । यस लेखमा नाटकीय अङ्गको आधारमा विश्लेषण नगरेर भट्टको नाट्यअनुवाद कलाको सरसर्ती अवलोकन गरिएको छ । भट्टका साहित्यिक योगदानका विविध (कविता, काव्य, निबन्ध, प्रबन्ध, समालोचना र अनुवाद) आयाम छन् त्यसमा पनि उनको नाट्यअनुवाद कलाको अनुसरण भएनभएको कुरा खोजी गर्नु यस लेखको मुख्य लक्ष्य रहेको छ । अध्ययनको क्रममा पाठकीय अवलोकन पद्धतिलाई ध्यानमा राखिएको छ । केही कमीकमजोरी भेटिए पनि भट्ट सफल नाट्यअनुवादक हुन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।     थालनी           आनन्ददेव भट्टले ‘जनताको शत्रु’ नर्वेका प्रसिद्ध नाटककार ‘एन इनिमिज अप द पिपल’ को नेपाली अनुवाद गरेका छन् ।  नाटककार इब्सेनको यो नाटक सन् १८८२ मा प्रकाशित भएको हो । इब्सेनले यस नाटकलाई उनको पछिल्लो नाटक ‘घोस्ट’को विरुद्धमा सार्वजनिक भएको आक्रोसको जवाफमा लेखेका थिए भनिएको छ । यस नाटकमा १९ औं शताब्दीमा नैतिकतामा देखिएको स्खलन र पाखण्डीपनलाई चुनौती दिइएको छ । साझा प्रकाशनबाट वि.सं. २०२० मा छापिएको अनुदित नाटक ‘जनताको शत्रु’ को अनुवाद