Posts

Showing posts from September 25, 2020

रोज्जा उपन्यास ‘कारागार’

                                                                                                                                           डा . अशोक थापा बानिरा गिरी नेपाली साहित्यमा विद्यावारिधि गर्ने   पहिलो महिला हुन् । उनको जन्म सन् १९४६ मा दार्जिलिङमा भएको हो । उनको पहिलो उपन्यास हो कारागार (२०३५) हो । नेपाली भाषामा प्रसिद्ध बनेपछि यो उपन्यास ‘द प्रिजन’ शीर्षकमा अङ्ग्रेजी भाषामा पनि प्रकाशित भएको छ । यीबाहेक उनका निर्बन्ध (२०४४) र शब्दाती शान्तनु (२०५६) शीर्षकका थप दुई उपन्यास पनि प्रकाशित छन् । उनले कविता, निबन्ध र आख्यान लेखनलाई विशेष रुचि देखिन्छ । उनी अहिले अल्जाइमर रोगले बिरामी छन् र बोल्न सक्दिनन् ।   कुनै पनि पात्रको नाम उल्लेख नगरिएको यो उपन्यास पूर्वदीप्ति विधिमा रचिएको छ । यस उपन्यासमा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग भएको छ । उपन्यासमा महिला पात्र ‘म’को जन्म काठमाडौँ उपत्यका नजिकैको ललितपुरको जावलाखेले भन्ने ठाउँमा भएको छ । उनको उमेर ४० वर्षको छ र उनको त्यो उमेरसम्म पनि विवाह हुन सकेको छैन । उनको बाबा र आमा अनि दुई दाजुहरू छन् । तिनीहरूमा एउटा सेनामा जागिरे छन् भन