Posts

Showing posts from January 6, 2021

छन्दको प्रतिछेपक

Image
डा.  अशोक थापा  नेपाली केन्द्रीय विभाग, त्रि.वि.       छन्दकविता र नदी उस्तैउस्तै प्रतीत हुन्छन् । नदीलाई एउटा बन्धन चाहिन्छ , तट चाहिन्छ , किनारा चाहिन्छ छन्दकवितालाई जस्तै । कहीँ न कहीँ सिर्जनाको पनि एउटा सीमाना हुँदोरहेछ । अझ भनूँ नदीको तटले यसको गतिलाई निर्देशित गर्छ अनि छन्दकविताले कविताको भावलाई तिख्खर बनाउँदै तीव्र अनि रसिलो बानउँदोरहेछ । नेपाली साहित्यमा उत्तरआधुनिक कविताको मात चढेर छन्दकवितालाई गम्भीर प्रहार भइरहेको समयमा सुललित छन्दयुक्त कविताको माग भइरहेको थियो । उक्त अभाव पुरिदिएका छन् नरायण निरासीले ‘ फूलमाथि तुसारो ’ कविता सङ्ग्रह सिर्जना गरेर ।      निरासीले जति सिर्जना गरे छन्दमै गरे । जति गजल लेखे छन्दको पयो छोडेनन् उनले । जति सर्गको काव्यिक महल बनाए उनी छन्द बेगेर हिँडेनन् । उनले खण्डकाव्य सिर्जना गरे छन्दको कित्ताबाट पर सरेनन् । छन्दमुक्त कविता नै खास कविता हो भन्नेहरूलाई सर्वप्राचीन ग्रन्थ ऋग्वेद र भानुभक्तको रामायण पढ्न सुझाव दिइराखे निरासीले । उनले आफ्नो छन्दमोहलाई मूर्त रूपदिन ‘ फूलमाथि तुसारो ’ सिर्जना गरे । र साथसाथै कवितामा प्रकृति , राष्ट्रप्रेम , समाजलाई