Posts

Showing posts from April 19, 2020

घनश्याम ढकालका दुई पुस्तक

– अशोक थापा घनश्याम ढकाल प्रगतिवाद कित्ताका मात्र नभएर समग्र नेपाली साहित्य क्षेत्रका विशिष्ट सर्जक हुन् । साहित्य सिर्जनाको आयाम विस्तारका दृष्टिले पनि उनी विशिष्ट देखिएका हुन् । साहित्यका प्राय: सबै विधा क्षेत्रमा उनको सिर्जनात्मक आयाम क्रियाशील हुँदै वर्गीय आन्दोलनको सङ्ग्रालिएको देखिन्छ ।   वर्गीय मुक्ति आन्दोनमा सङ्घर्ष गर्ने क्रममा उनको जीवनले प्रशस्त आरोहअवरोह र क्रन्दनको ज्याला निले । सङ्घर्षको मैदानमा अथक देखिने ढकाल साँच्चै प्रगतिवादी फाँटका भरोसाका पात्र थिए र उनको अभाव वर्गीय मुक्ति आन्दोलनमा सधैँ खड्कने निश्चि त छ ।   मुक्ति आन्दोलनको क्रममा उनी भौतिक नेतृत्वमा मात्र देखिएनन् उनले सर्जक , सम्पादक अनि सङ्गठकका विविध क्षेत्रमा आफूलाई स्पात सावित गरे ।   आधीँमय जीवन व्यतित गरेर पनि उनले सिर्जना र मुक्ति आन्दोलनलाई डगमगाउन दिएनन् र ज्ञान सम्प्रेषण गरिनै रहे ।   प्रगतिशील साहित्यको पठन गर्न चाहने पाठकका लागि उनका पुस्तक प्रेरणाका स्रोत हुन् , ज्ञानकोश हुन् ।   साहित्यका विविध कविता , आख्यान , निबन्ध आदिजस्ता विधामा कलम चलउने ढकालका दर्जेनौँ पुस्तकले फरक फरक ज्ञानको सम्प्रे