घनश्याम ढकालका दुई पुस्तक


अशोक थापा
घनश्याम ढकाल प्रगतिवाद कित्ताका मात्र नभएर समग्र नेपाली साहित्य क्षेत्रका विशिष्ट सर्जक हुन् । साहित्य सिर्जनाको आयाम विस्तारका दृष्टिले पनि उनी विशिष्ट देखिएका हुन् । साहित्यका प्राय: सबै विधा क्षेत्रमा उनको सिर्जनात्मक आयाम क्रियाशील हुँदै वर्गीय आन्दोलनको सङ्ग्रालिएको देखिन्छ ।  वर्गीय मुक्ति आन्दोनमा सङ्घर्ष गर्ने क्रममा उनको जीवनले प्रशस्त आरोहअवरोह र क्रन्दनको ज्याला निले । सङ्घर्षको मैदानमा अथक देखिने ढकाल साँच्चै प्रगतिवादी फाँटका भरोसाका पात्र थिए र उनको अभाव वर्गीय मुक्ति आन्दोलनमा सधैँ खड्कने निश्चि त छ ।  मुक्ति आन्दोलनको क्रममा उनी भौतिक नेतृत्वमा मात्र देखिएनन् उनले सर्जक, सम्पादक अनि सङ्गठकका विविध क्षेत्रमा आफूलाई स्पात सावित गरे ।  आधीँमय जीवन व्यतित गरेर पनि उनले सिर्जना र मुक्ति आन्दोलनलाई डगमगाउन दिएनन् र ज्ञान सम्प्रेषण गरिनै रहे ।  प्रगतिशील साहित्यको पठन गर्न चाहने पाठकका लागि उनका पुस्तक प्रेरणाका स्रोत हुन्, ज्ञानकोश हुन् ।  साहित्यका विविध कविता, आख्यान, निबन्ध आदिजस्ता विधामा कलम चलउने ढकालका दर्जेनौँ पुस्तकले फरक फरक ज्ञानको सम्प्रेषण गरिरहका छन् भने सम्पादन कुशलताले ज्ञानको एकीकृत संरचनाको अभ्यासलाई पनि ढकालले स्थापित  गर्ने प्रयास गरे ।  

१. सौन्दर्यशास्त्रको आँखीझ्याल
साहित्यमा सौन्दर्यशास्त्रको भूमिका के रहन्छ र माक्र्सवादी सौन्दर्यशास्त्रको गाँठी कुरा के हो ? भत्रे तथ्यको उजागर गर्नका लागि सक्षम सौन्दर्यशास्त्रको आँखिझ्याल पुस्तक साहित्यमा सौन्दर्यशास्त्रको विषयमा जात्र चाहने जोसुकै पाठकका लागि उपयोगी हुने पुस्तक हो । यस पुस्तकमा साहित्यसिद्धान्तमा देखिएको विविध दार्शनिक चिन्तनहरूको जानकारी दिँदै तिनीहरूमा माक्र्सवादी दर्शनको भूमिका र महत्त्वका विषयमा विशेष रूपमा प्रकाश पारिएको छ । यस पुस्तकलाई सौन्दर्यशात्रको सरल व्याख्या नामकरण गर्दा बढी युक्तिसङ्गत  देखिन्छ । सौन्दर्यशास्त्रजस्तो जटिल विषयवस्तुलाई सरलीकरण गरी यसको ऐतिहासिक पक्षलाई केलाउन सक्नु यस पुस्तकको सबल पक्ष हो । सौन्दर्यशास्त्रसम्बन्धी वियषवस्तु गम्भीर र जटिल विषय हो यस्तो विषयवस्तुलाई बुँदागत रूपमा नदिएर व्याख्यात्मक तथा वर्णनात्मक रूपमा सौन्दर्यशास्त्रको दस्तावेजका रूपमा विकसित गराउन सकेको भए अझ उत्तम हुने थियो । आकारमा लघु हुनु र शैलीमा सूत्रात्मक हुनु यस पुस्तकको विशेषता हो । छोटोछरितो र कम समयमा साहित्यको सौन्दर्यशास्त्रका विषयमा बुझ्न चाहने जोसुकै पठकका लागि यो पुस्तक उपयोगी हुने छ   

पुस्तक               :           सौन्दर्यशास्त्रको आँखीझ्याल
लेखक               :           घनश्याम ढकाल
प्रकाशक            :           अखिल नेपाल लेखक संघ, केन्द्रीय समिति
संस्करण             :           प्रथम, २०६६
मूल्य  रु.             :           २५ ।
विधाक्षेत्र            :           समालोचना

२. सहिदको सालिक कथासङ्ग्रह
लघु आकार (८८ पृ.) मा सिर्जित प्रस्तुत पुस्तक कथा विधाको हो । यस कथासङ्ग्रहमा प्रगतिवादी भावभूमिका एघार (११) वटा कथाहरू सङ्कलित छन् । युद्धकालमा राज्यद्वारा मच्चाएको व्यापक र क्रूर दमनको शृङ्खलालाई कथामा यसरी विन्यस्त गरिएको छ जुन यथार्थको नजिक र वास्तविकताको प्रतिबिम्बका रूपमा आएका छन् । वर्गीय मुक्ति आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने क्रममा राज्यद्वारा गरिएको अत्याचार र उनीहरूले भोगेका सास्तीहरूलाई यस कथासङ्ग्रमा विशेष रूपमा उठाइएको   छ । यस कथासङ्ग्रहमा कुनै न कुनै रूपमा कथाकारका अन्तर्आत्माका प्रतिबिम्बजस्तो लाग्छन्  
      वर्गीय चरित्रको स्थापना, ग्रामीण परिवेशको चित्रण, निम्न मध्यमवर्गको सामाजिक आर्थिक पक्षको प्रयोग तथा युद्धकालीन ग्राम्यसमाजको साहित्यिकीकरणमा विशेष भुलेका ढकालका कथाहरू सरल छन् तर पठनीय । सङ्क्षिप्त आकारका छन् तर त्यसभित्र साहित्यिको प्रभावको तेजिलो दनक छ । युद्धका गाथाहरू जति भोगिए त्यति लेखिएन । जति लेखिए तिनीहरू वर्गीय मक्र्सवादी सौन्दर्यशास्त्रीय पक्षमा लेखिएन् । त्यसको मोडेलका लागि यस कथासङ्ग्रह धेरै हदसम्म सफल छ । जनयुद्धले जन्माएका यावत सुन्दर पक्षहरूको वकालत गर्नु र यसको मिसयुज गर्न चाहने कित्ताका विरुद्ध यस सङ्ग्रहका कथाहरू क्रियाशील छन् ।  

पुस्तक               :           सहिदको सालिक
लेखक               :           घनश्याम ढकाल
प्रकाशक            :           विवेक सिर्जनशील प्रकाशन प्रा.लि. काठमाडौँ
संस्करण             :           प्रथम, २०६६
मूल्य  रु.             :           ६०  
विधाक्षेत्र            :           आख्यान



Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन