शैलीविज्ञान सिद्धान्त र प्रयोग

                                              उपप्रा.डा. अशोक थापा

नेपाली केन्द्रीय विभाग, त्रि .वि. कीर्तिपुर


सारसङ्‌क्षेप

शैलीविज्ञान आधुनिक भाषावादी सिद्धान्त र पद्धतिका रूपमा देखापरेको साहित्यिक समालोचनाको नवीनतम् विधा तथा विकसित शाखा हो । यसले कृतिमा निहित संरचनाको भाषापरक तथा कलापरक दृष्टिले वस्तुनिष्ठ अध्ययन  गर्ने गर्दछ । यो पद्धति समालोचना शास्त्रमा पनि निकै लोकप्रिय हुँदै गइरहेको छ ।

मुख्य शब्दावलीः शैलीविज्ञान, संरचना, विचलन

१.१ शैलीविज्ञानको परिचय

शैली अङ्ग्रेजी शब्द ‘स्टाइल’को नेपाली रूपान्तरण हो भने ‘शैलीविज्ञान’ अङ्ग्रेजीकै ‘स्टाइलिस्टिक्सको प्रर्यायको रूपमा प्रयोग गर्न सकिन्छ । ‘शैली’ र ‘विज्ञान’ दुई शब्दको योगबाट शैलीविज्ञान शब्द बन्दछ । शाब्दिक रूपमा यसलाई शैलीको अध्ययन गर्ने विज्ञानका रूपमा बुझ्न  सकिन्छ । शैलीको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्ने शास्त्र  शैलीविज्ञान हो । 

शैलीविज्ञानको अवधारणा भाषाविज्ञान र साहित्यशास्त्र  दुवै क्षेत्रमा प्रचलित छ । यद्यपि यो छुट्टै स्वतन्त्र चिन्तन हो । शैलीविज्ञानमा साहित्यशास्त्रमा आधारित भएर साहित्यको विश्लेषण गरिन्छ । समीक्षाका क्रममा भाषाशास्त्रतको सिद्धान्तमा आधारित भएर भाषाको प्रकृति, संरचना, सङ्गठनको अध्ययन गरिन्छ । प्राध्यापक मोहनराज शर्माद्वारा लिखित शैलीविज्ञान (२०४८) ग्रन्थमा आधारति भएर यो लेख तयार पारिएको छ । शैलीविज्ञानका दुई मूलभूत क्षेत्रहरूः

साहित्यशास्त्र  


भाषाशास्त्र 

शैली शब्द तत्सम शब्द हो । समालोचनाका क्षेत्रमा प्रचलित शैली शब्द अंग्रेजीको ुक्तथभिु को नेपाली रूपान्तरण हो । ुक्तथभिु भन्ने शब्द ल्याटिनको कतष्गिक बाट विकसित भएको मानिन्छ । यो अवेस्तामा कतबभचब (चुली) को रूपमा ग्रिसेलीमा कतष्बिक (स्तम्भ) का रूपमा प्रयोग भएको पाइन्छ । ल्याटिन भाषामा कतष्गिक भनेको फलामको कलम भन्ने अर्थ बुझिन्छ । एकातिरको छेउको मुठारिएको भागले मैन जमेका फिताहरूलाई चिल्लो पार्न (अक्षर मेट्न) प्रयोग गर्ने र अर्कातिरको चुच्चो परेको धारले अक्षर लेख्न प्रयोग गरिने उपकरणलाई ल्याटिनमा कतष्गिक भनिन्थ्यो । यो उपकरण फलाम वा हाडले बनेको हुन्थ्यो । स्टाइल्स शब्दले प्रारम्भमा लेखन विधिलाई मात्र जनाउंथ्यो भने पछि लेखन एवम् भाषण दुवै किसिमका भाषिक कलाहरूका अभिव्यक्ति प्रकारलाई जनाउन पुग्यो भन्ने भनाइ एफ.एल. लुकास (१९६०) को देखिन्छ । अंग्रेजीमा यसले बिभिन्न अर्थ जनाए पनि साहित्य शास्त्रका सन्दर्भमा भावाभिव्यक्तिको पद्धति अर्थात् वक्तृत्व शक्ति, लेखकको अभिव्यञ्जना पद्धति, उसको वैयक्तिक विशेषता, विशिष्टता, विषय विवेचनाको प्रविधि, व्यक्तिको आचार विचार र ढ¨ढाँचा अनि बोलाइको तरिकालाई पनि जनाउँछ  अधिकारी २०६६ः५६) ।

२. परिभाषा

बफनका अनुसार– “शैली मान्छे आफै हो ।” 

एफ.एल.लुकासका अनुसार – “शैली एउटा त्यस्तो साधन हो,जसद्धारा व्यक्ति अरूसित सम्पर्कमा आउछ, यो शब्द आवरणभित्रकै व्यक्तित्व हो, बोलीमा पूर्णता भएको चरित्र हो ।” 

मेरेका अनुसार – “शैली लेखकको सर्वस्व हो ।” 

स्विफ्टका अनुसार – “उचित शब्दहरूको उचित क्रममा प्रयोग नै शैली हो ।” 

नगेन्द्रका अनुसार – “शैली विज्ञान शैलीमात्र वा शैलीको व्यापक रूपको अध्ययन हो र यस अन्तर्गत लोकव्यवहार, शास्त्र र साहित्य सबैमा व्यवहारिक, प्रायोगिक र भाषा विज्ञान समावेश भएको हुन्छ । शैली विज्ञान साहित्यिक शैली अथवा कलात्मक भाषा विज्ञानको अध्ययन हो ।” 

मोहनराज शर्माका अनुसार – “शैलीविज्ञानले कुनै रचनाकारको विशिष्ट रचना प्रकार अथवा अभिव्यक्तिलाई शैली मान्दछ ।” 

शैलीविज्ञान भन्नाले कुनै पनि साहित्यिक कृतिको भाषावैज्ञानिक पद्धतिबाट गनिे विशिष्ट एवम् सूक्ष्म अध्ययन विश्लेषण हो । यो भाषापरक र वस्तुपरक हुन्छ । अभिव्यक्तिको क्रममा अभिव्यक्ति दिने व्यक्तिले छनोट गर्ने शब्द र वाक्य संरचना नै शैली हो । 

३. प्रकार

क)  साहित्यिक शैलीविज्ञान

साहित्य भाषाको विशिष्ट स्वरूप भएकाले यसको व्याख्या विश्लेषण भाषा वैज्ञानिक दृष्किोणले गर्न सकिन्छ भन्ने धारणाका आधारमा गरिने साहित्यिक अध्ययनलाई साहित्यिक शैलीविज्ञानका रूपमा लिइन्छ । यसमा भाषिक उपकरणको छनोट, संयोजन प्रस्तुती र तिनका सभ्यताको साहित्यिक रचनाहरूका उत्कृष्टताका आधारमा पहिल्याउन सकिने हुन्छ । त्यसैले शैलीविज्ञानमा विश्लेषण गहन तहमा अन्तर्निहित अर्थसंग जोडिन्छ, जसले उसलाई शैलीसंग जोड्दछ । 

ख) भाषावैज्ञानिक शैलीविज्ञान

यसले साहित्यिक पाठहरूका लागि भाषा वैज्ञाकि तहसम्म तथा वाचिक पाठहरूका लागि शैलीसंग वर्णनलाई निरूपित गर्दछ । भाषावैज्ञानिक शैलीविज्ञानले व्यवस्थापक रूपान्तरक प्रजनक जस्ता विभिन्न विश्लेषण प्रतिमान प्राप्त गरेको छ र यसका आधारमा साहित्यिक पाठको विश्लेषणलाई वस्तुनिष्ठ,  आधिकारिक र बैज्ञानिक बनाउनका लागि याकोब्सन, रोमन, चम्स्की, ह्यालिडे, फाउलर आदिका विवेचनाबाट यस शैली विज्ञानको उदय भएको हो (ढकाल ः२०६७ ः४९) ।

ग) संरचनात्मक शैलीविज्ञान

कला प्रतीकका स्तरमा जहाँ रचनाको संरचनालाई विश्लेषण गरिन्छ संरचनाको संकल्पनाहरूलाई लिएर हिड्छ । यसमा एउटा पूर्णताको हुन्छ र दोस्रो स्वायत्तताको ।  पूर्णताको आशय  काब्यकृतिका रूपमा एकाइका पूर्ण वा अंश रूप हुनु हो । काव्यकृति पूर्ण एकाइका रूपमा आप्ःना अंगहरूको कुल योगभन्दा बढी हुन्छ । यस शैलीविज्ञानमा संरचनात्मक अधिकताको अध्ययन गरिन्छ । 

घ) माक्र्सवादी शैलीविज्ञान

इसको मूल आधार माक्र्सवादी आलोचनाको भाषामा केन्द्रित रहनु हो । मिखाइल बे्रख्तनले पाठको भाषा माथि विचार गरेर यस मिर्मासलाई शैलीविज्ञान नाम दिए । माक्र्सवादी शैलीविज्ञानले अमूतृ रूपवाद र अमूतृ विचारधाराका बीचको अन्तराल पूरा गर्ने प्रयास गर्छ । माक्र्सवादी शैलीविज्ञानलाई साहित्य रूपहरूको शैलीविज्ञानका रूपमा पनि चिनिन्छ ।



ङ) वर्णनात्मक शैलीविज्ञान

वर्णनात्मक शैलीविज्ञानको अवधारणा चाल्र्स वालीबाट आएको हो । यसलाई भाषिक प्रतिकहरूको प्रभावीमूल्यहरूको अध्ययन भनिन्छ । वाली ती भाषिक मूल्यहरूको वर्णन  गर्दछन् जसबाट शैली सम्भव हुन्छ । वालीका अनुसार शैली सन्देशको सम्पत्ति हो (ढकाल ः २०६७ ः ४०) ।

च) तुलनात्मक शैलीविज्ञान

दुई वा दुई भन्दा बढी पाठ बीच विभिन्न स्तरगत भिन्नता र समानताको पहिचान गर्नुनै तुलनात्मक भाषाविज्ञानको विशेषता हो । यो समानताको खोज र त्यसको रेखाङ्कन गर्नमा सहायक हुन्छ । 

छ) ऐतिहासिक भाषाविज्ञान

साहित्य इतिहासमा साहित्यको उत्पत्ति स्रोतमा त्यसको अन्र्तवस्तुमा बाह्य यथार्थका साथै त्यसो सम्बन्धमा तथा समयद्धारा साहित्यमा भित्रिएका अर्थ विषयको परिर्वनको अध्ययनमा देखिएको रूचि, प्रकृति र परिवर्तनसंग सम्बन्धित हुन्छ तर शैली विज्ञानमा शब्दहरूको आन्तरिक सम्बन्धहरूसँग सम्बन्धित हुन्छ । 

ज) साङ्ख्यिकीय शैलीविज्ञान

यसले साहित्यिक पाठहरूमा रहेको शैलीको अनुपातिक वर्णन विवरणको कार्य सम्पादन नगरि भाषाका नियमहरूको व्याख्या गर्दै मूलतः शैलीविज्ञानको सिद्धान्त पक्षलाईनै प्रष्ट गर्दछ । यसको मूल आधार सांख्यकीय हो । यसमा कम्प्युटरको सहायता लिइन्छ । आधुनिक युगमा सन् १८५१ बाट सांख्यकीय अध्ययनको सामान्य परम्परा शुरूवात भएको मानिन्छ । 

४. विश्लेषण प्रक्रिया

 कृति विश्लेषणको शैली वैज्ञानिक आधार÷प्रक्रिया









साहित्यिक संरचना

हरेक साहित्यिक कृतिको आप्mनै किसिमको संरचना हुन्छ । साहित्यिक घटकहरू मिलेर नै कृतिको संरचना तयार हुन्छ । साहित्यिक संरचनाका घटकहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

अ) बनोट

कृतिको बाहिरी स्वरूप वा भौतिक पक्षसंग सम्बन्धित पक्षलाई बनोट भनिन्छ । कुनै पनि कृतिको बनावटमा विभिन्न घटकहरू संलग्न रहेका हुन्छन् । ती घटकहरूका साथै अन्य कुरा पनि बनोटमा रहेका हुन्छन् । कुनै पनि कृतिभित्रका अङ्क, भाग, संवाद, दृश्य, अनुच्छेद , परिच्छेद, पंक्ति, श्लोक, प्रसंग, घटना आदिको सि¨ो रूप नै बनोट हो ( ढुङ्गेल, २०५७ः४६ ),  । 

आ) बुनोट

साहित्यिक कृतिको दृश्यात्मक रूप नै बुनोट हो । बुनोट मूर्त हुन्छ । कृतिको पठनिय रूपनै बुनोट हो । यसमा छन्द, अलङ्कार, अर्थ, बिम्ब, चरित्र, कथानक आदि पर्छन् । 

४.शैली

विषयवस्तु अनुकुलको भाव अभिव्यक्त गर्ने ढाचा वा पद्धतिलाई शैली भनिन्छ । यो साहित्यिक संरचना र भाष संरचनाको बीचमा पर्दछ । शैलीको सम्बन्ध साहित्यिक कृतिको संरचना र भाषिक संरचासंग हुने भएकाले यसलाई मध्यवर्ती मानिन्छ । शैलीका आधारमा साहित्यिक कृतिको पहिचान गर्दा निम्न पक्षका आधारमा विश्लेषण गर्न सकिन्छ ः 

अ) चयन

चयन भनेको छनोट हो ।लेखकले आप्ःनो कृतिलाई भिन्न,आकर्षक र नवीन बनाउनका लागि भाषमा रहेका विभिन्न विकल्पहरूमध्ये उपयुक्त कुनै एक विकल्पको छनौट गरी चयन गर्नु नै चयन हो । शब्दहरूको चयनले भाषमा मिठास ल्याउने गर्दछ । जस्तै ः रूखलाई बुझाउन वृक्ष, पेड, आदि पर्याय शब्दमध्ये लेखकले कृतिको विषय, सन्दर्भ र परिस्थिति अनुसार कृतिलाई उत्कृष्टता प्रदान गर्ने एउटा विकल्पको छनोट नै चयन हो । चयनमा अर्थका दृष्टिले भिन्नाभिन्नै संरचनाहरू मध्येबाट एउटालाई रोज्ने काम हुन्छ । 

आ) अग्रभूमिको निर्माण

लेखकले आप्mनो अभिव्यक्तिलाई स्पष्ट र आकर्षक बनाउनका लागि खास ध्वनि, शब्द, पदावली वा वाक्यलाई विशेष जोड दिई अगाडि सार्नु नै अग्रभूमिको निर्माण हो । परम्परागत रूपमा प्रसिद्ध भएका भाषिक एकाइलाई नयां ढ¨ले अगाडि सार्नु भनेको अग्रभूमि निर्माण  हो । अग्रभूमि निर्माणमा निम्न दुई तरिका रहेका छन् ः

क. विचलन

ख. समानान्तरता

क) विचलन

प्रचलित ढाचालाई उल्टोसुल्टो पारेर सौन्दर्य प्रदान गर्ने कार्य नै विचलन हो । भाषका सामान्य नियम वा प्रचलित संरचनालाई खलबल गरी साहित्यिक रचनामा विशिष्टता सृजना गर्नुलाई नै विचलन भनिन्छ । सामान्यतथा भाषाको मानक रूपलाई खज्मज्याएर उल्टोपाल्टो पारेर प्रयोग गर्नुनै विचलन हो । कृतिमा नवीनता, प्रभावकारीता,आकर्षकता सृजना गर्नु नै विचलनको उदेश्य हो । विचलन निम्न प्रकारका छन् ः

अ) कोशीय विचलन 

अन्त कतै र कसैले प्रयोग नगरेका वा सामान्य भाषिक प्रयोगमा नआएका शब्दहरूको निमर्नण गरी प्रयोग गर्नुनै कोशीय विचलन हो । जस्तैः देवकोटाले प्रयोग गर्ने गोब्रिलो, मान्द्रिलो, गुन्द्रिलो आदि । 

आ) व्याकरणिक विचलन

लिङ्ग, वचन, पुरूष, काल, भाव, वाच्य पदक्रम आदि व्याकरणिक धारालाई मानक रूपभन्दा फरक तरीकाले प्रस्तुत गर्नु व्याकरणिक विचलन हो । जस्तैः अनिताले पुस्तक माग्यो । (लिङ्ग विचलन) हामीहरू आयो । (पुरूष विचलन)

इ) ध्वनिप्रक्रियात्मक विचलन

वर्ण विन्यासको मानक रूप खज्मजिएर देखापर्ने विचलनलाई ध्वनीप्रक्रियात्मक विचलन भनिन्छ । जस्तै शिशिरलाई सिसिर, डांडालाई डांरा आदि । 

ई) आर्थी विचलन

अर्थमा देखिने विचलनलाई आर्थी विचलन भनिन्छ । साहित्यकारहरूले विशेष गरी आप्mना कृतिहरूमा यस्ता अर्थ दिने शब्दहरूको बढी प्रयोग गर्छन् । जसमा अभिधार्थ भन्दा लक्षणार्थ र व्यञ्जनार्थ व्यक्त गर्दछन् । यसले साहित्यलाई उत्कृष्टता प्रदान गर्दछ । जस्तै ः आज त हिमाल मुसुक्क हाँस्यो । 

उ) भाषिक विचलन 

साहित्यिक कृतिहरूमा भाषाको मानक रूपको प्रयोग नगरेर कुनै भाषिकाका शब्दहरूलाई ल्याएर नवीनता प्रदान गर्ने काम गरिन्छ भने त्यसलाई भाषिकागत विचलन भनिन्छ । जस्तै बहिनीको सट्टा बुइनी,भैंसीको सट्टा भुइसी आदि । 

ऊ) प्रयुक्तिगत विचलन 

एउटा प्रसंग र परिस्थितिमा प्रयोग हुने शब्द भिन्न सन्र्दभमा प्रयोग हुन पुग्ने प्रवृतिनै प्रयुक्तिगत विचलन हो । जस्तैः जङ्गलवासी भयङ्कर डाकाहरू शीत रितुमा कीराहरूको संहार गर्छन् । 

ए) लेख्य प्रक्रियात्मक विचलन 

शब्द लेखाइका सन्र्दभमा देखिने विचलन लेख्य प्रक्रियात्मक विचलन हो । जस्तैः हामी दुःखीका दुःखले प्रकृति अविरल रोइरहेछ । 

५.समानान्तरता

भाषा प्रयोगको नियमित पुनरावृत्तिलाई समानान्तरता भनिन्छ । विचलनको विपरित समानान्तरता हो । विचलन अनियमितता हो भने समानान्तरता चाहीँ अतिरिक्त नियमितता हो । यो उदेश्यपूर्ण हुनुपर्दछ । छन्द, अलङ्कार आदि अन्तर्गत गरिने नियमित पुनरावृति अथवा अन्य प्रकारका पुनरावृत्तिका माध्यमले कृति वा रचनाभित्र सौन्दर्यको सृष्टि गर्ने प्रक्रियालाई समानान्तरता भनिन्छ । यस्तो पुनरावृत्ति भाषका एकाइहरूमा अर्थस्तरमा  देखिन्छ । समानान्तरता निम्न दुई प्रकारका छन् ः

अ) बाह्य समानान्तरता

साहित्यिक कृतिको आवरण पक्षसँग सम्बन्धित पुनरावृत्ति बाह्य समानान्तरता हो । एक वा एक भन्दा बढी ध्वनि , शब्दरूप,पदावली वाक्य आदिको नियमित पुनरावृत्ति गरि सौन्दर्य सृजना गर्ने युक्तिलाई बाह्य समानान्तरता भनिन्छ । जस्तै ः चुत्थो चोरले चार पैसा चोर्छ, यसमा च वर्णको आवृत्ति देखिन्छ । 

आ) आन्तरिक समानान्तरता

भावार्थ वा वाच्यार्थको पुनरावृत्ति गरी कृति वा रचनाभित्र सौन्दर्य सिर्जना गर्ने युक्तिलाई आन्तरिक समानान्तरता भनिन्छ । छन्द अलंकार आदिको अर्थतात्विक सन्दर्भलाई यस अन्तर्गत लिन सकिन्छ । जस्तैः काम गर्ने कालु मकै खाने भालु । 


६.भाषासंरचना 

साहित्यि कृतिहरूको आधार सामग्रीको रूपमा भाषालाई लिइन्छ । भाषाविना साहित्यिक कृतिको अस्तित्व सम्भव हुन सक्दैन । प्रत्येक भाषको आप्mनै किसिमको संरचना हुन्छ । यसमा निम्न तीनवटा कुराहरू पर्छन् ः

अ) ध्वनिव्यवस्था

कुनै पनि भाषमा रहेका खण्डीय र खण्डेतर ध्वनिको व्यवस्थालाई ध्वनि व्यवस्था भनिन्छ । खण्डीय ध्वनिमा भाषका स्वर र व्यञ्जन पर्छन् भने खण्डेतर ध्वनीमा अनुनासिकता, श्वसन, आघात, लय, मात्रा, तान आदि पर्छन् । 

आ) शब्दव्यवस्था 

शब्दको निर्माण रूपहरूको समुच्चयबाट हुन्छ । त्यस्ता रूपहरू मुक्त र बद्ध हुने भएकाले यसलाई रूप प्रक्रिया र अर्थ विज्ञानसंग सम्बद्ध भाषिक संरचना भनिन्छ । कृतिमा प्रयुक्त शब्दहरूका विषयमा केन्द्रित भएर हेर्ने काम यसमा  गरिन्छ । 

इ) व्याकरण व्यवस्था

व्याकरण व्यवस्था भाषाको माथिल्लो तह हो । यसमा रूप प्रक्रिया र वाक्य विज्ञान पर्दछन् । यसमा कृतिमा रहेको व्याकरणिक प्रयोगको अवस्थालाई नियाल्ने प्रयास हुन्छ । 

७. निचोड 

शैलीविज्ञान आधुनिक भाषावादी सिद्धान्त र पद्धतिका रूपमा देखापरेको साहित्यिक समालोचनाको नवीनतम् विधा तथा विकसित शाखा हो । यसले कृतिमा निहित संरचनाको भाषापरक तथा कलापरक दृष्टिले वस्तुनिष्ठ अध्ययन गर्ने  गर्दछ ।

शैली शब्द तत्सम शब्द हो, जुन संस्कृतको शील धातुबाट निर्माण भएको हो । ल्याटिन भाषको कतबतगक शब्दबाट अंग्रेजीमा कतथभि शब्दको व्युत्पत्ति भएको हो । कतथभि को नेपाली समानार्थी नै शैली हो । यसले कृति विश्लेषणका प्रक्रियाहरू साहित्यिक संरचना, शैली र भाषिक संरचनाका आधारमा कुनै पनि कृतिको बाह्य र आन्तरिक संरचनाको अध्ययन विश्लेषण गर्ने कार्य गर्दछ । 

सन्दर्भग्रन्थसूची

अधिकारी, हेमाङ्ग राज (२०६६), सामाजिक तथा प्रायोगिक भाषाविज्ञान, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार ।

                    (२०६७), प्रयोगात्मक नेपाली व्याकरण, ललितपुर ः साझा प्रकाशन ।

चापागाई, नरेन्द्र (२०६४), नेपाली शब्दभण्डार, विराटनगर ः श्याम पुस्तक भण्डार ।

ढकाल, शान्तिप्रसाद (२०६८), प्रायोगिक भाषाविज्ञान, काठमाडौं ः शुभकामना प्रकाशन । 

ढुङ्गाना, तुलसीप्रसाद (२०६४), प्रायोगिक भाषाविज्ञानका प्रमुख आयाम, काठमाडौं ः शुभकामना प्रकाशन ।

ढुङ्गेल, नीलमणि (२०५७), शिरीषको फूल उपन्यासको शैलीवैज्ञानिक अध्ययन, स्नातकोत्तर तह शोधपत्र, नेपाली भाषा शिक्षा विभाग महेन्द्ररत्न क्याम्पस ताहाचल, काठमाडौं । 

बन्धु, चूडामणि (२०६५), अनुसन्धान तथा प्रतिवेदन लेखन, काठमाडौं ः रत्न पुस्तक   भण्डार । 

शर्मा,मोहनराज, शैलीविज्ञान (२०४८), काठमाडौः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।


Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

निरन्तर लेखाइ