नेपाली नाटकको समकालीन दृष्‍टि

अशोक थापा, उपप्राध्यापक, 

नेपाली केन्द्रीय विभाग, त्रिवि

क.पृष्ठभूमि

प्रस्तुत लेखमा विशेष गरी दुई महŒवपूर्ण पक्ष समेटिएका छन् । पहिलो नेपाली नाटकको पश्चवर्ती सिर्जनात्मक गतिविधि र दोस्रो यसले अबलम्बन गरेको विषयस्रोत । झन्डै चार दशक (वि.सं. २०३० पछि) भन्दा लामो समयदेखि नेपाली नाटकले समसामयिक घटनाहरूलाई अबलम्बन गरेको देखिन्छ । समाजनिरपेक्ष नाटक लेखिँदैन यसर्थ नेपाली नाटककको पछिल्लो समय पनि सामाजिक घटनामै केन्द्रित छन् । समाजकै सापेक्षतामा नाटकलाई तीनै लोकको अनुकरण गरिने विधा भनिएको हुनुपर्छ । हुन त समकालीन शब्दले एकडेढ दशकको समयलाई बुझाउँछ भनिन्छ । पश्चिमी साहित्यमा पछिल्लो पचास वर्ष (५०) को समयमा लेखिएको साहित्यलाई समकालीन साहित्य भन्न सकिन्छ भन्ने धारणा पनि रहेको छ । यस लेखमा पनि नाटकका साझा प्रवृत्तिलाई आधार मानेर वि.सं. २०३० पछिको नाटकसिर्जनालाई समकालीन नाटक मानिएको छ । 

ख. तीसको दशक (२०३०–२०३९) का नाटकहरू 

विजय मल्ल र गोविन्दबहादुर मल्ल ‘गोठाले’ले नेतृत्व गरेको मनोविश्लेषणात्मक धारालाई तोड्दै ध्रुवचन्द्र गौतमको विसङ्गतिवादी नाटक त्यो एउटा कुरा (२०३० चैत) को प्रकाशनसँगै नेपाली नाटकको समकालीन समय प्रारम्भ हुन्छ जुन तीसको दशकबाट सुरु भएको छ । समसामयिक कालखण्डमा देखिएका विविध (मिथकीयता, लैङ्गिकता, उत्तरआधुनिकता आदि) नाट्य प्रवृत्तिमध्ये अस्तित्ववादीविसङ्गतिवादी चिन्तनको थालनीसँगै यस चरणको भएको हो । यस चरणका सबै नाटक अस्तित्ववादीविसङ्गतिवादी हुन् भनियो भने गलत हुन्छ । यस चरणमा ध्रुवचन्द्र गौतम, मनबहादुर मुखिया, गोपाल पराजुली, सरुभक्तका साथै गीतिनाटकलेखनमा माधवप्रसाद घिमिरे तथा रायन जस्ता व्यक्तित्व क्रियाशील देखिन्छन् । अगिल्लो चरणमा सक्रिय नाटककार बालकृष्ण सम, विजय मल्ल, गोविन्द मल्ल ‘गोठाले’का नाटकहरू पनि यस चरणमा प्रकाशित छन् । कविताका सन्दर्भमा सडककविता क्रान्ति, नाटकका सन्दर्भमा सडकनाटक देखिनु यस चरणको उपलब्धि हो । फुटकर रूपमा पत्रपत्रिकामा प्रकाशित भएका नाटकहरूबाहेक यस कालखण्डमा झन्डै तीन दर्जन जति नाटकहरू प्रकाशित छन् । यस दशकमा सिर्जित नाटकहरूको कालक्रमिक सूची यसप्रकार रहेको छ ।

क्र.सं. नाटककार     नाट्यकृति         मिति

१. ध्रुवचन्द्र गौतम         त्यो एउटा कुरा         २०३०

२. मनबहादुर मुखिया अनि देउराली रुन्छ २०३०

३. माधव भँडारी         घरजम             २०३०

४. मोदनाथ शास्त्री हाम्रो लक्ष्य             २०३०

५. रामप्रसाद प्रदीप मुलुकभित्र २०३०

६. माधव भँडारी आमाको आकाङ्क्षा २०३१

७. भाउपन्थी चौथो पात्र २०३२

८. मनबहादुर मुखिया फेरि इतिहास दोहोरिन्छ २०३२

९. चूडानाथ भट्टराय मेरा रूपका चार रूप  २०३३

१०. बालकृष्ण सम स्वास्नीमान्छे २०३३

११. भीमनिधि तिवारी आत्महत्या २०३३

१२. गोविन्दबहादुर मल्ल ‘गोठाले’ भोको घर २०३४

१३. मनबहादुर मुखिया क्रसमा टाँगिएको जिन्दगी २०३४

१४. विजय मल्ल दोभान २०३४

१५. जगदीश घिमिरे सन्तान २०३५

१६. बालकृष्ण सम ऊ मरेकी छैन २०३५

१७. सत्यमोहन जोशी जब घाम लाग्छ २०३५

१८. सत्यमोहन जोशी फर्केर हेर्दा २०३५

१९. गोपाल पराजुली गोलाद्र्घका दुई छेउ २०३७

२०. ध्रुवचन्द्र गौतम भष्मासुरको नलीहाड २०३७

२१. माधवप्रसाद घिमिरे शकुन्तला २०३७

२२. चूडानाथ भट्टराय दुई दृष्टिको एक सपना २०३८

२३. टीका शर्मा राजमुकुट २०३८

२४. अशेष मल्ल रामायणको अर्को पृष्ठ

२०३९

२५. उदय शर्मा आमा २०३९

२६. दिल साहनी जनताको शत्रु २०३९

२७. ध्रुवचन्द्र गौतम द्वन्द्व २०३९

२८. बद्री अधिकारी भीडमा हराएका मान्छेहरू २०३९

२९. बासु पासा म हेरेर फर्केँ २०३९

३०. बासु पासा समाज २०३९

३१. माधवप्रसाद घिमिरे मालतीमङ्गले २०३९

३२. रायन सिम्मा २०३९

३३. श्यामदास वैष्णव केही लघुनाटक २०३९

३४. श्यामदास वैष्णव केही गीतिनाटक २०३९

३५. सरुभक्त युद्ध उही ग्याँस च्याम्बरभित्र २०३९


माथि उल्लिखित नाटकहरू सूचीको मूल्याङ्कन गर्दा मुख्य प्रवृत्तिका रूपमा विसङ्गतिवादीअस्तित्ववादी नाटकहरू देखिए पनि अगिल्लो चरणका देखिएका मनोविश्लेनषणात्मकता, स्वैरकाल्पनिकता र मिथकीयता जस्ता प्रवृत्ति यस चरणका नाटकमा देखिन्छन् । यस चरणबाट सडकनाटकको प्रारम्भ भएकाले यस चरणलाई ऐतिहासिक मान्न सकिन्छ । नाटक कोरा लेखकीय शौखमात्र नभएर जनचेतनाको बलियो साधनका रूपमा स्थापित हुन यस चरणको अर्को उपलब्धि हो । बालकृष्ण समजस्ता पाका नाटककार र त्यस समयमा भर्खर कलम चलाउँदै गरेका सरुभक्त, रायन, अशेष मल्ल जस्ता नाटककार एकै साथ देखिनु यस चरणको उल्लेख्य पक्ष हो । नाटक र गीतिनाटक सँगै लेखन, प्रकाशन र मञ्चन हुनु यस चरणको अर्को चाखलाग्दो पक्ष हो । पञ्चायती अवरोधका बाबजुद पनि रङ्गकर्म सक्रिय हुनु पनि यस चरणको अर्को सबल पक्ष देखिन्छ । 

ग) चालिसको दशक (२०४०–२०४९) का नाटकहरू

चालिसको दशकमा विकसित भएको नाटकीय प्रविधिमा सडकनाटक मञ्चन एक हो । अगिल्लै दशकमा प्रारम्भ भए पनि गीतिनाटकले विकसित रूप ग्रहण गरेको कालखण्ड हो यो । यो चरण भनेको पञ्चायती शासन उत्कर्षमा पुगेको चरण  हो । पञ्च्यायती ज्यादतीको विरोध र त्यस समयको प्रशासनिक अकर्मन्यतालाई विरोध गर्ने सन्दर्भमा प्रगतिशील स्वर मुखरित हुनु यस समयको सबल पक्ष हो । सङ्ख्यात्मक रूपमा तीसको दशकमा भन्दा यस दशकमा नाट्यकृतिको सङ्ख्या अधिक देखिएको छ । चालिसका दशकका नाटकहरूलाई कालक्रमिक रूपमा यस प्रकार उल्लेख गरिएको छ ।

क्र.सं. नाटककार नाट्यकृति मिति

१. उदय शर्मा सिन्धुलीको व्यथा २०४०

२. दिल साहनी ज्याला २०४०

३. रमेश विकल सरदार भक्ति थापा २०४०

४. वासु शशी तरबार २०४०

५. विजय मल्ल मानिस र मुकुण्डो २०४०

६. विजय मल्ल स्मृतिको पर्खालभित्र २०४०

७. विजय मल्ल सृष्टि रोकिँदैन २०४०

८. शिव अधिकारी त्रासदी मुद्राहरू २०४०

९. अशेष मल्ल तुँवालोले ढाकेको वस्ती २०४१

१०. अशेष मल्ल सडकदेखि सडकसम्म २०४१

११. उदय शर्मा एद्घोष २०४१

१२. गिरिराज आचार्य जन उदय २०४१

१३. मोहनराज शर्मा यमा, जेमन्त २०४१

१४. लोकेन्द्र ब. चन्द नेताको साथी २०४१

१५. बासु पासा श्रेष्ठ श्रद्धा २०४१

१६. वासु शशी बाँसुरीमा नअटाएको धुन २०४१

१७. विजय मल्ल पहाड चिच्याइरहेछ २०४१

१८. विजय मल्ल भित्तेघडी २०४१

१९. विजय मल्ल भुलैभुलको यथार्थ २०४१

२०. विश्वुगोपाल लम्साल रसिक बूढो अन्योलमा २०४१

२१. सरुभक्त इतिहासभित्रको इतिहास २०४१

२२. कविताराम स्वाभाव गीता २०४२

२३. खगेन्द्र संग्रौला फाटेको लगौटी टालेको दिमाग २०४२

२४. खगेन्द्र संग्रौला भविष्यको खोजी २०४२

२५. मोहनराज शर्मा बैकुण्ठ एक्सप्रेस २०४२

२६. लक्ष्मीदेवी घिमिरे म उन्नतिको काढाँ बन्दिन २०४२

२७. सत्यमोहन जोशी मृत्यु एक प्रश्न २०४२

२८. सरुभक्त शिशिरका अन्तिम दिनहरू २०४२

२९. अग्निशिखांधर्मोदत्त शर्मा ऊ फेरि आउनेछ २०४३

३०. उदय शर्मा फूलबारीको कथा हवाइ व्यथा २०४३

३१. फणीन्द्रराज खेताला मूर्ति बोल्छ २०४३

३२. अग्निशिखा इज्जत २०४४

३३. बालकृष्ण पोखरेल हस्ताक्षर गरेपछि २०४४

३४. मोदनाथ प्रश्रित आमाको काखमा २०४४

३५. शङ्कर कोइराला पिठ्यूँको भारी २०४४

३६. अशेष मल्ल अनादिक्रम २०४५

३७. प्रचण्ड मल्ल तिलङ्गा २०३५

३८. रश्मी खतिवडा केही लघुनाटक २०४५

३९. खगेन्द्र सिटौला बहुलाही दिदीको अधुरो तिहार २०४६

४०. गोपाल पराजुली सडकपछि सडक २०४६

४१. सरुभक्त एस धम्मो सनतनो २०४६

४२. खगेन्द्र सिटौला भविष्यको खोजी २०४७

४३. सरुभक्त जस्तो दन्त्यकथा २०४७

४४. गणेशप्रसाद काफ्ले जेमपुरी २०४८

४५. रायन कहाली २०४८

४६. विजय माधुरी २०४८

४७. शिव अधिकारी तासको जामा र तीन नाटक २०४८

४८. सरुभक्त ईथर २०४८

४९. गोपी सापकोटा मान्छे २०४९

५०. भारती खरेल भाइटिका २०४९

५१. सुरज श्रेष्ठन अधुरो सपना २०४९


यस चरणमा विज्ञान नाटक लेखन जस्तो नवीन कार्य भएको छ । अगिल्लो दशकमा सक्रिय भएका विजय मल्ल, अशेष मल्ल, बासु पासा, सरुभक्त, सत्यमोहन जोशी आदिको पुनरावृत्ति यस चरणमा भएको देखिन्छ । यस चरणमा उदय शर्मा, दिल साहनी, रमेश विकल, बासु पासा, अग्निशिखा, खगेन्द्र सँग्रौला जस्ता प्रगतिशील नाटककारहरू पनि देखिएका छन् ।

घ) पचासको दशक (२०५०–२०५९) का नाटकहरू

लामो समयसम्म सत्ताको बागडोर पञ्चायतमा रहेपछि यस चरणका नाटककारहरू आक्रोसित छन् । बहुदल आएपछि जनताका सपना साकार हुन्छन् भन्ने अपेक्षा र त्यसको प्राप्तिका बीचमा तालमेल नमिलेको सन्दर्भमा यस चरणका नाटकहरू लेखिएका छन् । जनताले अपेक्षा गरेका राजनीतिक दलले दिएको धोका, राजनैतिक बैमानी र भ्रष्ट्राचार जस्ता विषयवस्तुलाई यस चरणका नाटकमा प्रस्तुत गरिएको छ । राजनीतिक अस्थिरता र त्यसले निम्त्याएको युद्धको दस्तावेज यस चरणका नाटकहरूमा देखिएका छन् । सङ्ख्यात्मक दृष्टिले अगिल्लो दशकभन्दा यस चरणका नाटकहरू अधिक देखिएका छन् । 

क्र.सं. नाटककार नाट्यकृति मिति

१. अविनाश श्रेष्ठ अश्वात्थामा हतोहत २०५०

२. अविनाश श्रेष्ठ समय अनि समय २०५०

अशेष मल्ल एवम् रीतले २०५०

४. कालीभक्त पन्त शुम्भ वध २०५०

५. तोयानाथ पाण्डे इमान २०५०

६. तोयानाथ पाण्ड संयोग २०५०

७. वेदकुमारी न्यौपाने पश्चाात्ताप २०५०

८. मह जोडी महसन २०५०

९. माधवप्रसाद घिमिरे वीषकया २०५०

१०. रामहरि बूढाथोकी घरज्वाइँ २०५०

११. सरुभक्त गाउँघरका नाटकहरू २०५०

१२. अशेष मल्ल कुमारजी आज्ञा गर्नुहुन्छ २०५१

१३. खगेन्द्र संग्रौला समयको स्पन्दन २०५१

१४. जीवन शर्मा ठूली २०५१

१५. मोदनाथ प्रश्रित मन्त्रीजी २०५१

१६. वासु शशी उपहार २०५१

१७. शिव अधिकारी नरमेध २०५१

१८. सरुभक्त मलामी २०५१

१९. ल्ूानकरण कला मन्दिर रामलीला २०५२

२०. दलबहादुर काउछा पितृहत्या २०५३

२१. वेदकुमारी न्यौपाने एउटा कथाको अन्त्य २०५३

२२. श्रवण मुकारुङ यलम्बर २०५३

२३. अशेष मल्ल प्रश्न यथावत् २०५४

२४. विप्लव ढकाल अन्तिम नायिका २०५४

२५. बुद्धिबहादुर थकाली लाहुर जाने धोको २०५४

२६. माधवप्रसाद घिमिरे अश्वात्थामा २०५४

२७. माधवप्रसाद घिमिरे हिमालपारि हिमालवारि २०५४

२८. सरुभक्त असमय अमौसम २०५४

२९. गोपी सापकोटा पूर्णवराम २०५५

३०. जनार्दन सम चेतना २०५५

३१. बाबा बस्नेत योद्धा २०५५

३२. माधव घिमिरे देउकी २०५५

३३. शारदा  सुब्बा अघोषित २०५५

३४. शारदा सुब्बा नीलो पीडा २०५५

३५. शिव अधिकारी चखलीले लाउने भई चाँदीको चप्पल २०५५

३६ शिव अधिकारी सिंहासन २०५५

३७. सरुभक्त निमावीय २०५५

३८. सुधा त्रिपाठी निश्सासका गुजुल्टाहरू २०५५

३९. हरिमाया भेटवाल सहिद रोएको देश २०५५

४०. अशेष मल्ल कुमारी २०५६

४१. आहुति अँध्यारोमा छट्पटाएकाहरू २०५६

४२. खगेन्द्र प्रधानाङ्ग अविवाहित श्रीमती २०५६

४३. नारायणदत्त शास्त्री पागल २०५६

४४. नारायणदत्त शास्त्री योगमाता २०५६

४५. शिव अधिकारी बुद्धि अपाहिजहरूको घोडदौड २०५६

४६. गोविन्द गिरी ‘प्रेरणा’ मुर्दा मानिस २०५७

४७. भोला रिजाल गौँथली २०५७

४८. मनिक्रमराज शर्मा अँध्यारासँग जुध्नेहरू २०५७

४९. राजव घामसँग २०५७

५०. राजव लोचन वंशको साक्ष्य र अन्य नाटक २०५७

५१. सरुभक्त जस्तो दन्त्यकथा २०५७

५२. हरिमाया भेटवाला इतिहासको पुनरागमन २०५७

५३. अभि सुवेदी आरुका फूलका सपना २०५८

५४. कृष्ण उदासी अन्तिम संहार २०५८

५५. गेहनाथ गौतम उत्तर मसान २०५८

५६. पुष्प आचार्य नेपाल गयो भन्दिनू है २०५८

५७. मोदनाथ प्रश्रित बुद्ध र चण्डाल युवती २०५८

५८. शिव अधिकारी सर्पको पाइला २०५८

५९. हरिराज खेवा अपदस्त जिन्दगी २०५८

६०. कञ्चन पुडासैनी जोर जुहारी २०५९

६१. कालीप्रसाद रिजाल यशोधरा २०५९

६२. कृष्ण उदासी अग्निकुण्ड २०५९

६३. फणीन्द्रराज खेताला सीता स्वयम्बर २०५९

६४. विष्णुभक्त फुयाल बाध्यता २०५९

६५. शङ्करप्रसाद शर्मा आशा २०५९

६६. शरद पौडेल बुहारी २०५९


यस चरणमा प्रयोगशील नाटकहरू लेखिए । लैगिक विषयवस्तुका नाटक पनि यस चरणमा देखिएका छन् । यस चरणमा उत्तरआधुनिक चेतनाले प्रवेश पाएको देखिन्छ । रङ्गमञ्चमा नाटक इतरका विधाबाट पनि थुप्रै विषयवस्तुका नाटकहरूको मञ्चन गरियो । गीतिनाटकले पनि यस चरणमा स्थान पाएको देखिन्छ ।

ङ) साठीको दशक (२०६०–२०६९) का नाटकहरू

राजनीतिक रूपमा १० वर्षे जनयुद्धले एउटा मोडमा पुगेर संश्लेषण हुँदै गरेको यो सम सबैभन्दा आरोहअवोरहको समय  हो । विद्रोही र तत्कालीन समयको सरकारसँग द्विपक्षीयबहुपक्षीय छलफल र वार्ता, १२ बुँदे शान्तिसम्झौता जस्ता घटनाक्रम रहेको त्यस समयको परिस्थितिलाई आफ्नो विषयस्रोत बनाएर नेपाली नाटकहरू सिर्जना भएका छन् । यस कालखण्डमा अगाडिका कतिपय साहित्यिक चिन्तन नाटकमा पुनः देखिएका छन् भने कतिपय नाटककारले पुनः सक्रियता देखाएको समय पनि हो यो । जनयुद्धलाई हेर्ने दृष्टिसकोणमा पृथकता पाइए पनि युद्धले दिएको गहिरा गाउ भने नेपाली जनताका मनमस्तिस्कमा गाढा बनेर बसेको समयमा नाटक सिर्जनाक्रम निरन्तर देखिएको छ । जनयुद्धका साथै नाटकमा सीमा विवाद, साइबर संस्कृति, विधा भञ्जन, विधा मिश्रण र भूमण्डलीकृत भावसहितको नाटकलेखन यस समयमा देखिएको छ । यसका साथै सूचनाप्रविधि र डायस्पोरिक चेतनाजस्ता नवीन धारणा पनि समयका नाटकमा देखिएका छन् । नाटकमात्र होइन थियटरमा पनि नयाँ शैलीको प्रयोग गरिएको यस समयका नाटकमा गणतन्त्रको स्वर मुखरित हुनु स्वाभाविक देखिन्छ । यस चरणका नाटकहरूको कालक्रमिक सूची यस प्रकार उल्लेख गर्न सकिन्छ ।

क्र.स. नाटककार नाट्यकृति मिति

१. अभि सुवेदी पाँच नाटक २०६०

२. अशेष मल्ल रक्तबिज २०६०

३. किसन थापा ‘अधिर’ भोक २०६०

४. क्षितिजकुमार थापामगर शोक धुन २०६०

५. खगेन्द्र लामिछाने पीडागीत २०६०

६. गोपी सापकोटा खरानी २०६०

७. मुकुन्द शर्मा वेणी संहार २०६०

८. कृष्ण शाह ‘यात्री’ समय अवसान २०६१

९. नरनाथ शर्मा निरौला आमा २०६१

१०. पदम पाण्डे दाइजो २०६१

११. बासु शशी बासु शशीका नाटक २०६१

१२. माधवप्रसाद घिमिरे बालकुमारी २०६१

१३. मुकुन्द न्यौपाने देशभक्त सिपाही २०६१

१४. मोहनराज शर्मा उताको बाघ २०६१

१५. सरुभक्त गाउँको कथा यस्तो हुन्छ है २०६१

१६. सरुभक्त सिरुमारानी २०६१

१७. अशेष मल्ल कालो इतिहास २०६२

१८. मिलन गर्तौला पृथक यात्रा २०६२

१९. मुकुन्द न्यौपाने नाटकभित्रको संवाद २०६२

२०. सुरेन्द्र नकर्मी सडक नाटक २०६२

२१. गोपाल पराजुली समानान्तर सडक २०६३

२२. दामोदर घिमिरे पर्खाल २०६३

२३. पुष्प आचार्य अन्तिम लास २०६३

२४. पुष्प आचार्य मैना २०६३

२५. शार्दूल भट्टराई बाँसुरी आतङ्क २०६३

२६. सरुभक्त शरणार्थीहरू २०६३

२७. हरिमाया भेटवाल मृत्युपत्र २०६३

२८. अभि सुवेदी तीन नाटक २०६४

२९. कृष्ण शाह ‘यात्री’ मान्छे मान्छेहरू २०६४

३०. खेम थपलिया युद्ध र शान्ति २०६४

३१. गोपी सापकोटा कालो आकृति २०६४

३२. शिवानी सिंह थारू भर्चुअल रियालिटी २०६४

३३. पुष्प आचार्य हराएको सूर्य २०६५

३४. शारदा सुब्बा यशोधरा २०६५

३५. खेम थपलिया नागार्जुन एक्सप्रेस २०६६

३६. देवी क्षेत्री दुलाल नाटक अनाटक २०६६

३७. बासु शशी बुद्ध २०६६

३८. अशेष मल्ल टैगोरका पात्रहरू २०६७

३९. किशोर अनुराग जङ्गे पिल्लर २०६७

४०. कृष्ण पहाडी मरुस्थलको यात्रा २०६७

४१. कृष्ण शाह ‘यात्री’ अतिरिक्त यात्रा २०६७

४२. कृष्ण शाह ‘यात्री’ निर्वा्सित मनहरू २०६७

४३. कृष्ण शाह ‘यात्री’ बावियानका चिसा बुद्धहरू २०६७

४४. नन्दलाल आचार्य युग उचाल्ने अक्षरकर्मीको अवसान २०६७

४५. टीकाप्रसाद भट्ट अर्कंचसकंसबक २०६७

४६. टीकाप्रसाद भट्ट अनिच्छित विवाह २०६७

४७. टीकाप्रसाद भट्ट नर्मदा २०६७

४८. टीकाप्रसाद भट्ट मामाकरण २०६७

४९. टीकाप्रसाद भट्ट हाकिम चौकिदार २०६७

५०. टीकाप्रसाद भट्ट यमपुरीको परिवहन २०६७

५१. डी.बी. किराती भत्किएका घरहरू २०६७

५२. भीमसेन सापकोटा भत्किएको पर्खाल २०६७

५३. पुरु लम्साल ठूलीको सपना २०६७

५४. अशेष मल्ल शकुनी पासाहरू २०६८

५५. प्रवीण पुमा सुम्निमा २०६८

५६. प्रवीण पुमा सुम्निमा पारुहाङ २०६८

५७. प्रवीण पुमा हेत्छाकुप्पा २०६८

५८. हृदयराज शर्मा निषिद्धा र अन्य नाटक २०६८

५९. सुरेन्द्र महर्जन भाग्य गीतिनाटक २०६९

६०. हरिमाया भेटवाल आहाल २०६९


समकालीन कालखण्डमा प्रगतिशील नाटक लेखन कम देखिए पनि यसको उपस्थिति शून्य भने छैन । प्रगतिवादी कित्ताका नाटक त यस समयमा झन् कम लेखिएका छन् । साठीको दशकपछि भने नेपालमा आएको गणतन्त्रको लहरसँगै यस कित्ताका नाटक लेखनहरू फाट्टफुट्ट देखिएका छन् । राजनीतिक रूपमा जनता इतिहासमा सबैभन्दा निराश भएको समय भएकाले पनि प्रगतिशील र प्रगतिवादी नाटक कम लेकिएका हुन् । संविधान सभाबाट निकै जटिल प्रयासपछि मात्र संविधान प्राप्त  गरेको सन्दर्भमा प्रगतिवादी सोच राख्ने साहित्यकारहरू झन् खरो उत्रनु पर्ने बेलामा त्यसो हुन नसक्दा जनवादी नाटकहरू कम लेखिन पुगेका छन् । जनताका दैनन्दिन सबाल जटिल बनिरहेको समयमा प्रगतिशीलप्रगतिवादी नाटक लेखिनुको विकल्प छैन । यस्तै अन्योलका बीचमा समसामयिक कालखण्ड गुज्रिएको छ । यस चरणमा प्रकाशित नाटकहरूको मूल्याङ्कनपछि यस चरणका नाटकहरूको साझा प्रवृत्तिलाई यस प्रकार उल्लेख गर्न सकिन्छ । 

च) मूल साझा प्रवृत्ति

१. अस्तित्ववादी–विसङ्गतिवादी

मानवजीवन निराशामा जेलिएको छ । निरन्तर सङ्घर्षमा तल्लिन भए पनि मानवजीवन मूल्यहीन छ भन्ने मान्यता यस चिन्तनमा राखिन्छ । नेपाली नाटकको पश्चकवर्ती समयमा देखिएको सबैभन्दा मूलभूत प्रवृत्ति अस्तित्ववादीविसङ्गतिवादी प्रवृत्ति हो । यसको अर्थ यो होइन कि नेपाली नाटकमा यस प्रवृत्तिका नाटक समसामयिक चरणमा मात्र लेखिएका हुन् । अस्तित्ववादीविसङ्गतिवादी चिन्तनको सङ्केत पुष्कर शमशेरको लक्ष्यहीन (१९९९) एकाङ्की, विजय मल्लको जिउँदो लास (२०१७), गोविन्दबहादुर ‘गोठाले’को भुसको आगो (२०१३), च्यातिएको पर्दा (२०१६), दोस कसैको छैन (२०२७) जस्ता नाटक तथा पारिजातका अँध्यारोको नदी (२०२७), आफ्नो रात (२०२८), एक कठीन निष्कर्ष (२०३०) आदि एकाङ्कीमा पनि यस प्रवृत्तिको प्रयोग भएको देखिन्छ । सचेत रूपमा ध्रुवचन्द्र गौतमको त्यो एउटा कुरा (२०३०), भस्मासुरको नलीहाड (२०३७), गोपाल पराजुलीको गोलाद्र्घका दुई छेउ (२०३७), सडकपछि सडक (२०४६), समानान्तर सडक (२०६३), चढिरहेको दिन (२०३७), सरूभक्तको असमय अमौसम (२०५४), मलामीहरू (२०५२), कृष्ण शाह ‘यात्री’को, मृत्यु सम्पादन (समय अवासन सङ्ग्रह २०६१ भित्र), बारुदी शताब्दी, गोपी सापकोटाको कालो आकृति, चुरोट, कागज र मैनबत्तीहरू (कालो आकृति, २०६४ भित्र) जस्ता नाटकहरू अस्तित्वविसङ्गतिवादी भावमा सिर्जना भएका छन् । अस्तित्वादविसङ्गतिवादमा आजको मानवले दिनदिनै भोगेका यावत जटिलताको कुरा उठान गरिन्छ जुन भाव नेपाली नाटकको पछिल्लो चरणमा सिर्जित नाटकमा प्रशस्त देखिन्छ ।   

२.सडकनाटक

समसामयिक कालखण्डमा देखिएको एउटा महŒवपूर्ण प्रवृत्ति सडकनाटक हो । यसको सुरुआत अशेष मल्लले गरेका हुन् । उनको हामी बसन्त खोजिरहेका छौँ (२०३९) बाट नेपालमा यस प्रारम्भ भएको मानिन्छ । मल्लकै अतिरिक्त आकाश (२०४१) पनि अर्को महŒवपूर्ण सडकनाटक हो । उनका समाप्त असमाप्त (२०३९), म भनेको हामी, इत्यादि प्रश्नहरू, अतिरिक्त आकाश, तुवाँलोले ढाकेको वस्ति, को गर्दै छ फेरि युद्धको घोषणा जस्ता सडकनाटक लेखन, निर्देशन तथा मञ्चन भएका छन् । सडकनाटक लेखन तथा मञ्चनका दृष्टिले कृष्ण शाह ‘यात्री’ पनि सक्रिय छन् उनका पश्चात्ताप, चिसो बस्ती (२०४९), समय चेतना (२०५४), मान्छे मान्छेहरू (२०५७), मौन आवाज (२०५९), बारुद शताब्दी (२०६०), आवाज (२०६१), सचेतना (२०६२), महापात्र (२०६३), अर्को प्रश्न (२०६४) जस्ता सडकनाटकहरू मञ्चित छन् । शार्दूल भट्टराईको बाँसुरी आतङ्कलाई सडकनाटक (धुले नाटक) का रूपमा लिन सकिन्छ । यस सन्दर्भमा महेन्द्र मल्ङ्गीयाको नव बस्ती (२०५६), कृष्ण पहाडीका मुक्ति ध्वजा, इतिहास, निर्वासन, कालो धरती, आर्तनाद, प्रतिबिम्ब, खण्डहरू, हाहाकार, कोलाहल बस्तीको अभिलेख, मरुस्थलको यात्रा जस्ता सडकनाटक पनि चर्चामा छन् । हरिमाया भेटवालका पनि केही सडकनाटक चर्चामा छन् । 

३. मिथकीयता

यस कालखण्डमा देखिएको अर्को प्रवृति मिथकीयता हो । ध्रुवचन्द्र गौतम, अविनाश श्रेष्ठ, अशेष मल्ल, विप्लव ढकाल, सरुभक्त, प्रवीण पुमा, श्रवण मुकारम, कृष्ण शाह ‘यात्री’, गोपाल पराजुली, शिव अधिकारी, पुष्प आचार्य, सत्यमोहन जोशी, फणिन्द्रराज खेताला आदिका नाटक मिथकीयताको प्रयोग भेटिन्छ । मिथकीयताको दृष्टि ले ध्रुवचन्द्र गौतमको भस्मासुरको नलीहाड (२०३७) बेजोड नाटक हो । अविनाश श्रेष्ठको अश्वथामा अतोहत (२०५०) अर्को मिथकीय नाटक हो । विप्लव ढकालको अन्तिम नायिक (२०५४) मा महाभारतकालीन द्रौपतीको मिथकलाई प्रयोग गरिएको छ । अशेष मल्लका रामायणको अर्को पृष्ठ (२०३९), कुमार जी आज्ञा गर्नुहुन्छ (२०५०), कुमारी आमा (२०५६), रक्तबीज (२०६०), शकुनि पासाहरू (२०६८) मिथकीय नाटकहरू हुन् । शारदा शुब्बाको यशोधरा (२०६५) नाटकमा पनि मिथकीयताको प्रयोग भएको छ ।

४. नारीवादी चेतना

नेपाली नाटक इतिहासमा लैङ्गिक मुद्धा पहलमानसिंह स्वाँरको माध्यमिकालीन नाटक विमलादेवी देखि प्रारम्भ भएको हो । यस क्रममा गोपालप्रसाद रिमालका मसान र यो प्रेम जस्ता नाटक पनि सम्झनलायक छन् । विषय मल्लको जिउँदो लास (२०१७), पारिजातका एक कठीन निष्कर्ष (२०२३), अँध्यारोको नदी (२०२७), आफ्नो रात (२०२८), पुष्प आचार्यको मैना (२०६३) नाटक पनि उल्लेखनीय छ । देवकुमारी न्यौपानेको एउटा कथाको अन्त्य (२०५३), विचलित वर्तमान (२०५८) जस्ता नाटकमा नारीवादी चेतना र लैङ्गिक मुद्धालाई उठाइएको छ । लैङ्गिकताकै दृष्टिथले सुधा त्रिपाठीका निस्श्वासका गुजुल्टाहरू (२०५५) र यसै सङ्ग्रहभित्रको ‘क्षत–विक्षत मुटुहरू’लाई नमुनाका रूपमा हेर्न सकिन्छ । यसै गरी हरिमाया भेटवालका हराएकाहरू (२०५५), सहिद रोएको देश (२०५५), इतिहासको पुनारागमन (२०५६), बोक्सीहरू (२०५७), मृत्युपत्र (२०६३), आहाल (२०६४), कतामरी (२०६५), माया (२०६६) जस्ता नाटकहरूमा समसामयिक चेतना र लैङ्गिक मुद्धालाई उठान गरिएको छ । यसै गरी लैङ्गिकताका विषयमा शारदा सुब्बाका देउरालीका एक थुङ्गा फूल (२०४१), नभेटिएको बाटो (२०४२), दुखेका मान्छेहरू (२०४७), समानान्तर (२०४८), अघोषित नीलो पीडा (२०५५), यशोधरा (२०६५), यसै गरी शान्ता श्रेष्ठेको दिन होइन साँझपछिको रात, भारती खरेलको भाइटिका, कमला न्यौपानेको विसाएको भारी (२०६६), रश्मी खतिवडाको केही लघु नाटक (२०४५), बाबा बस्नेतको युद्ध (२०५३), जयन्ती स्पन्दन र विजया स्मृतिको दिदीबहिनी (२०५९) जस्ता नाटकमा पनि लैङ्गिक दृष्टितकोण भेटिन्छ ।

५. स्वैरकाल्पनिक चेतना

स्वैरकल्पनाको प्रयोग गर्न समकालीन नाटककारहरू खप्पिस छन् । ध्रुवचन्द्र गौतमको भष्मासुरको नालीहाड (२०३७) स्वैरकाल्पनिक नाटक हो । मोहनराज शर्माको वैकुण्ठ एक्सप्रेस (२०४२) मा पनि स्वैरकल्पानको प्रयोग छ । शिव अधिकारीको तासको जामा र तीन नाटक (२०४८) र बालकृष्ण समको स्वास्नीमान्छे (२०३३), सरुभक्तको मलामीहरू (२०५१) मा पनि स्वैरकल्पाको प्रयोग छ । विप्लव ढकालको निलाम्बरको आकाश युद्ध (२०५४) नाटकमा स्वैरकल्पनाको प्रयोग भेटिन्छ । कृष्ण शाह ‘यात्री’को समय अवशान (२०६१) एकाङ्की सङ्ग्रहका एकाङ्कीमा स्वैरकल्पानको प्रयोग छ ।

६.रेडियो तथा गीतिनाटक

नेपाली नाटक साहित्यमा रेडियो तथा गीतिनाटक पनि उल्लेखनीय छन् । रेडियो नेपालको स्थापना भएपछि रेडियोबाट नाटक प्रशारण गर्ने प्रचलन प्रारम्भ भएको हो । गीतिनाटकको चर्चा गर्दा समसामयिक कालखण्डमा रायनको सिम्मा (२०३८) र कहाली (२०४८) उल्लेख्य छन् । यस सन्दर्भमा जीवन शर्माको ठूली (२०५१), पूजा र कालापानीदेखि नालापानीसम्म दुई गीतिनाटक चर्चित छन् । गीतिनाटक लेखनमा माधवप्रसाद घिमिरेको प्रमुख भूमिका रहेको छ । उनको शाकुन्तला (२०३८), मालती मङ्गले (२०३९), विषकन्या (२०५०), अश्वमत्थामा (२०५३), हिमालपारि हिमालवारि (२०५४), देउकी (२०५५), बालकुमारी (२०६१) जस्ता गीतिनाटक प्रकाशित तथा मञ्चित छन् ।

७. प्रगतिवादी चेतना

नेपालमा कम्युनिष्ट पार्टीको स्थापनासँगै नेपाली नाटकलेखनमा प्रगतिशील चेतना भित्रिएको छ । हृदयचन्द्र सिंहको छेउ लागेर (२००६), गङ्गालालको चिता (२०११) जस्ता नाटकमा प्रगतिशील चेतना रहेको देखिन्छ । प्रगतिशीलताबाट माथि उठेर प्रगतिवादमा पुग्ने गरी वासु पासाको किसान हो ! (२००८), भूपि शेरचानको परिवर्तन (२०१०) जस्ता नाटकमा प्रगतिशील चेतना भेटिन्छ । यसै गरी दिल साहनी, खगेन्द्र सङ्ग्रौला, मोदनाथ प्रश्रित, खेम थपलिया, शार्दूल भट्टराईका नाटकमा प्रगतिशीलता भेटिन्छ । यसमा  पनि प्रश्रितको पचास रुपैयाँको तमसुक, सपनाहरू उपहार देशलाई, आमाको काखमा (२०३३) जस्ता नाटकहरू प्रगतिशील नमुना नाटक बन्न सकेका  छन् ।

८.उत्तरआधुनिक चेतना

नाटककार बालकृष्ण समयको ऊ मरेकी छैन (२०३५) देखि सामन्य पुटका रूपमा प्रवेश गरेको उत्तरआधुनिक चेतना ध्रुचन्द्र गौतमको भस्मासुरको नलीहाड (२०३७) हुँदै अशेष मल्लको रामायणको अर्को पृष्ठ (२०३९), कुमार जी आज्ञा गर्नुहुन्छ (२०५०), कुमारी (२०५६), रक्तबीज (२०६०), श्रवण मुकारुङको यलम्बर (२०५३), विप्लव ढकालको अन्तिम नायिका (२०५४) , गोपी सापकोटको पूर्णविराम (२०५५), खरानी (२०६०), कालो आकृति (२०६४) अविनाश श्रेष्ठको अश्वात्थामा हतोहत (२०४५), कृष्ण शाह ‘यात्री’को मृत्यु सम्पादन (२०५९), बामियानका चिसा बुद्धहरू (२०६७), शारदा सुब्बाको यसोधरा (२०६५), रमेश के.सी.को अपात्र र म प्रेयसी र नानीहरू प्लस मिसायल बराबर जिरो, शिवानी सिंह थारूको भर्चुअल रियालिटी (२०६४) जस्ता नाटकहरू उत्तरआधुनिक चेतना भेटिन्छ । पुष्प आचार्यको हराएको सूर्य (२०६५), अभि सुवेदीको अग्निको कथा (२०६०, पाँच नाटक) नाटक पनि उत्तरआधुनिक नाटक हो ।

माथि उल्लेख गरिएका समसामयिक नेपाली नाटकका साझा प्रवृत्तिको छोटो चर्चा गरिसकेपछि यस चरणमा सिर्जना भएका नाटक र नाटकर्मीले वर्तमान (समकाल) का सामाजिक परिदृश्यलाई अङ्कन गर्न सकेका छन् वा छैनन्? भन्ने विषयमा यो लेख केन्द्रित रहेको छ । समकालीन नेपाली नाटकको मुख्य स्वरहरू यस प्रकार रहेका छन् ः

क. नेपाली नाटक नेपालको विविध समुदायको प्रतिनिधित्व गर्न सफल छ ? जनजाति र गैरजनजातिका बीचको अन्तर्सम्बन्ध वा द्वन्द्व, सिमान्तकृत वर्ग, निमुखा वर्गको आवाज नाटकमा के कति समावेश भएको छ ? यस वियषमा पनि नाटककार सचेत हुन आवश्यक छ । नेपाली भाषाको नाटकमा नेपाली भाषा र भाषीको मात्र आवाज समावेश भए पुग्छ भन्ने तर्क पनि आउन सक्छ तर बहुभाषिक, बहुसांस्कृतिक मुलुक नेपालमा एउटा भाषा र संस्कारको प्रभाव अर्कोमा पर्ने र स्थानीय भाषाबाट नेपाली भाषा प्रभावित हुन नौलो कुरा होइनन् ।

ख. नाटकको प्रयोजन के हो? मनोरञ्जन कि त्यो पछि पनि केहि छ ? आत्मसन्तुष्टि, समाज  परिवर्तन, लक्ष्यित वर्ग (सबै व्यक्ति समुदाय), मनोरञ्जन, यथार्थको प्रकटीकरण, लोककल्याण यस प्रकृतिका प्रयोजनमा आजका नाटक कतिसम्म सचेत छन् ।   

ग. जनताका निराशा, आक्रोस, चित्त दुखाइको प्रतिबिम्बन नाटक भएको छ कि छैन? वैदेशिक रोजगारले सिर्जना गरेको मानसिक आधात र पारिवारिक विखण्डनका मुद्दा आजका नाटकमा समावेश छन् छैनन्,

घ. नाटक लेखिन्छन्, खेलिन्छन् तर ती नाटकहरूमा वर्तमानका समयको चित्र प्रस्तुत गर्न सकेको छ कि छैन ।

ङ. दशकौँदेखि नेपाली जनताको सपनाको हत्या भइरहेकै छ, के यो साहित्यको विषयवस्तु हुन सक्दैन? नाटकको विषयवस्तु हुन सक्दैन? सक्छ भने के कसरी भइरहेको छ? त्यो विषयवस्तुलाई साहित्यले कति सम्बोधन गरेको छ ? यो आजको गम्भीर समस्या हो ।

च. हाम्रो समाजमा महिलाले रङ्गक्षेत्रमा काम गर्न हुँदैन, महिलाले नाटक तथा मनोरञ्जनको क्षेत्रमा कार्य गर्दा राम्रो मानिँदैन त्यसका बावजुद पनि यहाँ दर्जनौँ महिलाहरूले काम गरिरहनु भएको छ । उनीहरूले भोगेको चुनौती सामन्य प्रकृतिको देखिँदैन । 

यसर्थः

( आजको समाज भूमण्डलीकृत समाजकको एउटा साहित्य एउटा भाषा र एउटै देशमा सीमित हुनुहुँदैन । विश्व नियाल्न सक्ने नाटककारले मात्र सही र सर्वव्यापि सिर्जना दिन सक्छ । 

( आजको जनबोली हरेक दिन मोबाइ फोन र सोसियल मेडियामा रूपान्तरित छ । नाटकले त्यसलाई समात्न सकेको छ कि छैन आजको समकालीन बोली नाटकरूपी टेपरिकर्डमा अटाउन सकेको छ कि छैन?

( नेपालीपन र नेपाली स्वभावलाई जोगाउनु पर्ने चुनौती एकातिर छ भने आज विश्व दौडिएको प्राविधिक मार्गलाई पनि बोध गराउनु समकालीन नेपाली नाटकको अर्को चुनौती रहेको छ । 

निष्कर्ष 

नेपाली साहित्यमा अन्य विधाको तुलनामा नाटक कम लेखिएका छन् । लेखिएका नाटक पनि रङ्गमञ्चमा कम प्रस्तुत भएका छन् । प्रस्तुत भएका नाटक पनि व्यक्तिगत इच्छा, सामजिक सम्पर्क र व्यक्तिगत पहुँचमा रहेका नाटककारका नाटकमात्र मञ्चन हुने गरेका छन् । समसामयिक कालखण्डमा जुन रूपमा नाटक सिर्जना हुनुपर्ने हो त्यस रूपमा भएका छैनन् । सङ्ख्यात्मक दृष्टिहले हेर्दा २०३० सालपछि झन्डै २०० को हाराहारीमा नाटकहरू सिर्जना भएका छन् । त्यसमा मञ्चन भएका नाटकको सङ्ख्या झन्डै ५० जति मात्रै छ । नेपालका सन्दर्भमा सुव्यवस्थित रङ्गमञ्चको व्यवस्था नभएको स्थिति देखिन्छ भने अर्कातिर नाट्यकर्मी, नाट्यशाला पनि राजधानीकेन्द्री रहेका छन् । साइबर संस्कार, विदेशी संस्कृति, अत्याधुनिक (थ्रि डी, टुवेल डी) चलचित्र, दर्शकमा रङ्गमञ्चमा गएर नाटक हेर्ने संस्कारको अभाव आदिजस्ता कारणले नाटक तथा रङ्गमञ्च समृद्ध बनेर जनताको मनमनभित्र वास बस्न सकेको छैन । राजनीतिक स्थिरता कायम भएर सङ्गीत नाट्य प्रतिष्ठाटन, नेपाल प्रज्ञा प्रतिष्ठानन तथा राष्ट्रिय नाचघरजस्ता संस्थाको भित्री इच्छाशक्ति नेपालको नाटक तथा रङ्गमञ्चको विकास गर्न दिशातर्फ केन्द्रित भएको खण्डमा हाल नेपाली नाटकले समातेको दिशा वा मार्ग र यसको आवश्यकता र महŒवबोध सरकारी तबरबाट हुन सकेको खण्डमा यसको विकास हुने कुरामा विश्वमस्त हुन सकिन्छ । यद्यपि समकालीन कालखण्डका नेपाली नाटकहरूले समाजका केन्द्रीय मुद्दालाई समात्न नसके पनि प्रयास भने निरन्तर रहेको देखिन्छ । 

सन्दर्भसूची

थापा, अशोक, ‘समकालीन नेपाली नाटकमा प्रयोग’ कुञ्जिनी (वर्ष ११, अङ्कस ११,२०६५), पृ.८९–९५ ।

थापा, अशोक, नाट्यसमीक्षा र अन्य समालोचना, काठमाडौँः न्यू हिरा बुक्स इन्टरप्राइजेज, २०६५ ।

पनेरू, राजिन, उत्तरवर्ती चरणका नेपाली नाटकका प्रवृत्ति, (कीर्तिपुरः स्नातकोत्तर शोधपत्र, २०७२) । 

बस्नेत, यम, पचासका दशकका नेपाली नाटक, (कीर्तिपुरः स्नातकोत्तर शोधपत्र, २०७२) ।

यात्री, कृष्ण शाह, सय वर्षको नेपाली रङ्गमञ्च, (काठमाडौँः नेराप्रप्र, सङ्गीतरनाट्य विभागबाट चितवनमा प्रस्तुत कार्यपत्र, २०६३ बैशाख २६–२८) 

Thapa, Ashok, An Annotated Bibliography of contemporary Nepalese Drama, (Kirtipur: Central Department of Library and Information Science, 2010)


Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन