Posts

Showing posts from April 15, 2020

अनुवाद र नेपाली नाटक

- अशोक थापा अनुवादले भाषिक, सांस्कृतिक, सामाजिक सबै खाले सीमानाको अन्त्य  गर्दै सर्वव्यापि मूल्यमान्यता स्थापना गरिदिने  भएका ले यसको महत्त्व विगतदेखि आजपर्यन्त उत्तिकै बढेको छ । यस ब्र ह् माण्डका दिग्गज व्यक्तिहरूको चिन्तनलाई जोड्ने सेतुका रूपमा पनि अनुवादको गरिमा गर्विलो स्थानमा देखिन्छ । संसारमा भाषिक कारणले देखिएको गहिरो खाडल पुर्ने काम अनुवादबाट सम्भव छ । अनुवाद क र्मीलाई अनुवाद क को संज्ञाले पुग्दैन बरु भाषिक दूतका रूपमा उनीहरूलाई स्थापित गरिदिँदा अनुवादकको उचाइ मात्र चुलिँदैन आश्रित भाषाको छाति पनि उच्च हुन्छ । स्रोत भाषा र आश्रित भाषाका बीचको मध्यस्तकर्ता नै अनुवादक हो । आजको भूमण्डलीकृत संसारमा अनुवादको महिमा झन् व्यापक बन्दै छ । अनुवाद विचारको प्रवाहीकरणको अब्बल पद्धति हो । अनुवादले अनूदित र अनुकृत दुवै भाषालाई सहयोग गरिँदिने हुँदा आश्रित र आश्रयक दुवै भाषाको जितको पतिस्थिति सिर्जना हुन्छ । एकको दायरा फराकिलो हुँदा अर्कोको परिधि झन् व्यापक बन्नाले पनि दुवै पक्षको जीतको परिस्थितिमा अनुवाद प्रक्रिया क्रियाशील हुने गर्छ । विचार आदानप्रदानको माध्यम र अ

संस्थागत हुँदै पुस्तकालय दिवस

डा . अशोक थापा नेपालमा पुस्तकालय कति छन्? एउटा अनुत्तरित प्रश्‍नसँगै भदौ १५ गते पुस्तकालय दिवस भित्रिँदै छ। छैठौँ संस्करणको पुस्तकालय दिवसको भव्य तयारी भइराखे पनि सङ्ख्या का विषयमा नेपालका पुस्तकालयकर्मी नाजवाफ हुँनु कुनै नौलो कुरा होइन। पुस्तकालयको सङ्ख्या यकिन गर्न सक्ने ल्याकत नेपालका पुस्तकालय कर्मीसँग छैन । न त शिक्षा मन्त्रालयसँग नै कुनै स्पष्ट तथाङ्क छ । हरेक वर्ष जस्तै यस पटक पनि नेपाली प्रेस जगत् अनुत्त रि त नै हुने छन् र उनीहरूले पाउने छन् उही काँचो उत्तर नेपालमा हजार-बाह्र सय जति पुस्तकालय छन् । के यो तथ्याङ्क विश्‍वास गर्नलायक छ ? यो सङ्ख्या सामुदायिक पुस्तकालयको हो कि  शैक्षिक पुस्तकालयको ? पुस्तकलाय दिवसको उद्देश्य पुस्तकालयको सङ्ख्याका विषयमा माथापच्चिसी गर्नु मात्र पनि होइन । नेपालको पुस्तकालयको सन्दर्भमा प्रश्‍न धेरै अनुत्तरित छन् नेपालको सन्दर्भमा पुस्तकालय नीति कस्तो हुनु पर्छ ? डिजिटल युगको पुस्तकालयको अवधारणा के हो ? पुस्तकालय जम्नु पर्छ कि निरन्तर बग्नु ? पुस्तकालय र सूचनाको सम्बन्ध कस्तो रहन्छ? आदि आदि। प्रहार र प्रश्‍नहरूको बीचबाटै पनि पुस्

नेपालमा पुस्तकालय विकासको प्रारम्भ र ‘लाइब्रेरेरी पर्व’

                                                                                                                  - अशोक थापा थालनी पुस्तकालय परिपक्क संस्कृतिको उपज हो । सूचनाको सम्प्रेषण र ज्ञानको क्षितिज फराकिलो पार्न पुस्तकालयको भूमिका मूल्यवान् रहन्छ (खन्ना , जे.के. , लाइब्रेरेरी एन्ड सोसाइटी (इ १९९४) , एस.एस. पब्लिकेसन , नयादिल्ली) । हरेक क्षेत्रको विकास ढिलाएर भएजस्तै पुस्तकालय स्थापनाको अभियान पनि नेपालका सन्दर्भमा उस्तै खालको छ । शिक्षाविकासको प्रयास जुन अवस्थाबाट गुज्रिरहेको देखिन्छ त्यस्तै पुस्तकालयको हविगत रहेको छ। नेपाल राज्यका सन्दर्भमा सुस्ताएरमात्र गति लिएको पुस्तकालय पृथ्वीनारायण शाहको नेपाल एकिकरणको अभियानपश्चादत् पुस्तकालयको स्थापनागत प्रयास प्ररम्भ भए पनि लिच्छिवी राजा मानदेव , अंशुवर्मा , जयदेवका पालामा पनि केही सामन्य प्रयास पुस्तकालयको क्षेत्रमा नभएको होइन । तत्कालीन अवस्थामा भाषाको आधार संस्कृत रहेको थियो र संस्कृत भाषामै लेखिएका साहित्य , दर्शन , व्याकरण , ज्योतिष धर्म आदि क्षेत्रका पुस्तकहरूलाई मन्दिर , गुठी , विहार , गुम्बमा संरक्षण गरेर राख्नेत अभियानक