नेपालमा पुस्तकालय विकासको प्रारम्भ र ‘लाइब्रेरेरी पर्व’
- अशोक थापा
थालनी
पुस्तकालय परिपक्क
संस्कृतिको उपज हो । सूचनाको सम्प्रेषण र ज्ञानको क्षितिज फराकिलो पार्न पुस्तकालयको
भूमिका मूल्यवान् रहन्छ (खन्ना, जे.के.,लाइब्रेरेरी एन्ड सोसाइटी (इ १९९४), एस.एस. पब्लिकेसन,
नयादिल्ली) । हरेक क्षेत्रको विकास ढिलाएर भएजस्तै पुस्तकालय स्थापनाको
अभियान पनि नेपालका सन्दर्भमा उस्तै खालको छ । शिक्षाविकासको प्रयास जुन अवस्थाबाट
गुज्रिरहेको देखिन्छ त्यस्तै पुस्तकालयको हविगत रहेको छ। नेपाल राज्यका सन्दर्भमा सुस्ताएरमात्र
गति लिएको पुस्तकालय पृथ्वीनारायण शाहको नेपाल एकिकरणको अभियानपश्चादत् पुस्तकालयको
स्थापनागत प्रयास प्ररम्भ भए पनि लिच्छिवी राजा मानदेव, अंशुवर्मा,
जयदेवका पालामा पनि केही सामन्य प्रयास पुस्तकालयको क्षेत्रमा नभएको
होइन । तत्कालीन अवस्थामा भाषाको आधार संस्कृत रहेको थियो र संस्कृत भाषामै लेखिएका
साहित्य, दर्शन, व्याकरण, ज्योतिष धर्म आदि क्षेत्रका पुस्तकहरूलाई मन्दिर, गुठी,
विहार, गुम्बमा संरक्षण गरेर राख्नेत अभियानको
मूर्त रूप नै नेपालमा पुस्तकालय स्थापनाको पृष्ठ्भूमि हो भन्दा अनर्थ लाग्दैन । कुनै
निश्चिणत खालको पुस्तकालय नाम उल्लेख गरेको कतै नपाइए पनि नेपालमा पुस्तक सङ्कलन र
संरक्षणको अभियान थियो भन्ने कुराको पुष्टिक यिनै मन्दिर, गुठी,
र विहारबाट मिल्छ । यीबाहेक धर्म, मनोरञ्जयनका
लागि राजदरबारहरूमा पुस्तक तथा हस्तलिखित सामग्रीहरू सङ्कलन गर्ने परम्पराको पनि नेपालका
सन्दर्भमा नौलो होइन । बाइसे चौबीसे राज्यहरूलाई परास्त गर्दै नेपाल एकिकरणको अभियानसँगै
पृथ्वीनारायण शाहले भूगोलको एकीकरणमात्र गरेनन् ती पराजित राज्य तथा दरबारबाट पुस्तक
तथा हस्तलिखित सामग्रीहरूलाई पनि सङ्कलन गर्ने काम गरे (इ.१७७०) । विशेष गरी पृथ्वीनारायण
शाहले गोर्खा, भक्तपुर, पाटन आदि राज्यहरूबाट
प्राप्तय सामग्रीहरूलाई हनुमान ढोका दरबारमा थन्क्याए । पछि गीर्वाण युद्धविक्रम शाहका
पालामा पण्डित केदारनाथलाई ‘पुस्तक चैत्य तहाविल’ को प्रमुख (इ.१८६९) बनाउने कुरामा लालमोहर लगाइयो । त्यसपछि १८४१ मा राजा राजेन्द्रले
हनुमान ढोका पुस्तकालयमा अरू थुप्रै पुस्तकहरू थप्ने काम गरे तर त्यस पुस्तकालयमा दरबारका
नातेदार र नेपालका बारेमा अध्ययन गर्न चाहने विदेशीलाई अध्ययन सुविधा मिलाइयो । यसरी
धीमा गतिमा पुस्तकालयको विकास चलिरहेको अवस्थामा जङ्गबहादुर राणाको उदयसँगै शिक्षविरोधी
अभियानको सूत्रपात भयो । शिक्षाविरोधी राणाशासनमा पुस्तकालय खुल्नेा त प्रश्नै् आएन
। हनुमान ढोकामा रहेको पुस्तकालयबाट पनि अधिकांश किताब तथा सामग्रीहरू थापाथलीमा स्थित
भण्डारखाल दरबारमा सारियो त्यहाँ पनि जैसी कोठा नाम दिएर पुस्तकालयको प्रयोगका लागि
छुट्टै कोठाको व्यवस्थ गरियो । प्रधानमन्त्री वीरशमशेर बनेपछि त्यस जैसी कोठबाट पनि
पुस्तकालयलाई दरबार स्कुलमा सारियो । यसरी राणाशासनका समयमा पुस्तकालयको गुणात्मक विकास
हुनाको साटो एउटै पुस्तकालयलाई कहिले कहाँ सार्ने त कहिले अन्तै लाने कार्यबाहेक खसै
उपलब्धी हुन सकेन । पुस्तकालय जनचेतनाको संवाहक भएकाले राणाहरू बिस्तारै यसको विरुद्धमा
खनिन थाले । रणाशसन कालमा पुस्तकालयको स्थपनाको अभ्यास जनताकेन्द्री नभएर भाइभारदारलाई शिक्षित गर्ने नितान्त पारिवारकेन्द्री
अवधारणा र विदेशीहरूलाई आफू शिक्षाप्रेमी शासक हो भनी देखाउने कपटी चलखेल भन्दा माथि
उठ्न सकेको दखिँदैन। स्थापित भइसकेका पुस्तकालयलाई गुणस्तरीय विकास गरानुभन्दा कही
त्यही लाइब्रेरेरीलाई यतउता सार्ने चलखेलभन्दा माथि उठ्न सकिरहेको देखिँदैन । यसमा
पनि पुस्तकालय खोल्ने उच्च अभिलाशा र चाहना बोकेका उत्साही युवाहरूलाई निरुत्साही पार्न
राणाहरूले गरेका कर्तुक ‘लाइब्रेरेरी पर्व’ इतिहासको पानामा सुरक्षित रहेको छ ।
लाइब्रेरेरी पर्व
ऐतिहासिक कालखण्डमा
समाजसुधारका लागि थुप्रै राम्रा प्रयासहरू नभएका होइनन् । जनचेतनालाई गुम्राहमा राखेर
सत्ताको स्वादमा रमाउने दुस्वप्न देखेका तत्ततकालका
शासकहरूले विभिन्न काण्ड, घटना र पर्वहरू घटाएका छन् । त्यस्ता विविध
घटनामध्ये नेपालको इतिहासमा चर्चित घटना ‘लाइब्रेरेरी पर्व’
हो । वि.स. १९८७ साल प्रधान मन्त्री भीमशमशेरको शासनकालको प्रारम्भ हो
। त्यस समयमा तत्कालीन चेतनशील युवाहरू कृष्णप्रसाद कोइराला, धर्मराज थपेलिया, जोगवीर सिंह, चित्तधर हृदय, हर्षधर तुलाधर आदि व्यक्तिहरूले एउटा पुस्तकालय
खोल्ने उदेश्या राखी प्रधान मन्त्री भीमशमशेरकहाँ नेवेदन बुझाउने सल्लाह गरे र ४५ जनाको
हस्ताक्षर पनि सङ्कलन गरे (शर्मा:२०६४) । त्यस हस्ताक्षरलाई मरीचमानकहाँ बुझाएर प्रतिक्रियाको
प्रतीक्षामा बसे तर त्यसलाई तोडमोड गरी रामचन्द्र अधिकारी नाम गरेका व्यक्तिले राजनीतिक
उद्देश्यक राखिएको भनी पोल लगाइदिएपछि त्यस पुस्तकालय खोल्ने अभियानमा हलचलमात्र मच्चिएन
त्यस अभियानमा जुटेका सम्पूर्ण व्यक्तिहरूलाई कारवाही गरिनाका साथै मुद्दा चलाउने प्रक्रिया
सुरु गरियो । त्यस समयमा मुद्दालाई नलम्ब्याएर ‘अबदेखि यस्तो
कार्य गर्ने छैनौँ’ भन्ने कागज गराएर ती सबै संलग्न व्यक्तिहरूलाई
१००-१०० रुपैया जरिवाना गरेर छाडियो र डण्डवापत आएको रकम आधा रकम पोल लगाउने रामचन्द्र
अधिकारीलाई दिइयो । यो घटना नेपालको इतिहासमा लाइब्रेरी पर्व (पुस्तकालय पर्व) नामले
सुपरिचित छ ।
यस घटनाले विचारशील
युवाको भावनामा कुठाराघात र पुग्यो नै नेपालमा शैक्षिक र समाजचेतनाका कामहरू त्यसै
ओझेलमा परे । त्यसपछि नेपालमा पुस्तकालय खोल्नका लागि प्रजातन्त्रप्रप्ति पछिको समय
पर्खनु पर्योप । यस घटनासँग सम्बन्धित व्यक्ति को-को थिए भन्ने कुरा किटान गर्न गारो
छ । विभिन्न पुस्तकहरूमा विभिन्न खालका सूचनाहरू रहेका छन् । त्यस जनविरोधी घटनाको
साल र महिना (सं.१९८७ बैशाख) पत्ता लागे पनि गते पत्ता लाग्न सकेको छैन । इतिहासका
विभिन्न पुस्तकहरूमा यस घटनाका बरेमा प्रकाश परिएको छ ... ‘जनताका निम्ति एउटा पुस्तकालय खोल्न पाऔँ भन्ने अनुरोध गरिएको थियो
तर तिनै हस्ताक्षरकर्ता मध्येका एक जनाले पोल लगाएकाले देवकोटालगायत सबैलाई समातियो
र भीमशमशेरका सामु उपस्थित गरियो ( बालचन्द्र शर्मा:२०२२) ।
देवकोटा वी.ए.को जाँच
दिएर घरैमा बसेका थिए । परीक्षफल प्रकाशीत हुनुभन्दा अघिकै कुरा हो । १९८७ सालको बैशाख
महिनामा देवकोटालगायत छयालीस जनाको हस्ताक्षर भएको एउटा विन्तीपत्र प्रधान मन्त्री
भीमशमशेरको नाउँमा लेखियो (चूडामणि बन्धु:२०५८)
श्री राम पुस्तकालयको
स्थापना भएको झण्डै १५ वर्षपछि वि.स. १९८७ सालमा जोगवीर सिंह, लक्ष्मीप्रसाद देवकोटा, चित्तधर उपासक,
आदि ४५-४६ जना युवाहरूले राजधानीमा एउटा पुस्तकालय खोल्ने योजना बनाउँदासमेत
राणा प्रधानमन्त्री भीमशमशेरले ती युवाहरूलाई गिरफ्तार गरी दण्डसजाय दिएका थिए (ववेश्वार
पगेनी) ।
वि.स. १९७२ सालमै
मथुराराम गुप्ताेले निजी लगानीमा ‘श्री राम’
पुस्तकालय खोल्दा चुप बसेका भीमशमशेरले किन एकाएक पुस्तकालय खोल्न चहाने
युवामाथि खनिए भन्दै नेपालको इतिहामा पुस्तकालय खोल्ने अभियान नेपालमा पुस्तकालय खोल्ने
प्रयासको महत्त्वपूर्ण पाटो रहेको कुरा पगेनीले उठाएका छन् ।
एउटा पब्लिक लाइब्रेरी
खोल्न पाइने भयो भन्ने उत्सुकता कृष्णप्रसाद कोइरालाप्रतिको आस्थाले मलाई ठूलो हौसला
मिल्यो । हर्षको सीमा नै रहेन ।त्यस विन्ती पत्रमा पद्बहादुर शाह, जीतेन्द्रबहादुर शाह, तिलकमणि आदी,
बसन्तमणि आदी, लक्ष्मीप्रसाद देवकोटा, कृष्णप्रसाद खतिवडा, धर्मराज थपेलिया, हरिकृष्ण साहूले हस्ताक्षर गरेका थिए (बैकुण्ठप्रसाद लाकौत) । यस लेखमा लाइब्रेरी
पर्वलाई त्रासदीपूर्ण घटनाको संज्ञा दिँदै त्यस घटनासँग सम्बन्धित व्यक्तित्वहरूको
उल्लेख संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको छ ।
निरङ्कुस चरित्र हुँदाहुँदै
पनि भीमशमशेरले श्री ३ हुना साथ हिन्दी, उर्दू,
अङ्ग्रेजी, नेपाली र नेवारीमा देशको उन्नती गराउन
कसकसको केके सझाउ छ इस्तिहार जाहेर गर भन्ने घोषणा गरे । यस प्रकारको घोषणाले नेपालमा
शिक्षाको प्रचार गर्ने ढोका खुलेको अनुभव गर्दै युवपुस्ता जुर्मुराउन थाले । यसैअनुरूप
सन् १९३० मा जोगवीर सिंह र अरू उत्साही युवकहरूले सरकारी आज्ञा पालन गरी एउटा लाइब्रेरी
खोल्ने योजना बनाए र आवेदन पत्र तयार गरे, जसमा ४५-४६ जनाको हस्ताक्षर
थियो तर भीमशमशेरको नीति र व्यवहार एकै नभएको कुर ती उत्साही यवाहरूले बुझ्न सकेनन्
र तिनीहरूको आवेदन पत्र दरबार पुग्न नपाउँदै रामचन्द्र अधिकारी नाम गरेका व्यक्तिले
गोपनीयता भङ्ग गरिदिएका त्यहाँ हस्ताक्षर गर्ने सबै र योजना बनाउने सबैलाई पक्राउ गरियो
ती पक्राउ पर्ने व्यक्तिहरू यसप्रकारका थिए । जोगवीर सिंह, हरिकृष्ण
श्रेष्ठन, बैकुण्ठप्रसाद श्रेष्ठर लाकौत, लक्ष्मीप्रसाद देवकोटा, कृष्णप्रसाद कतिवडा, धर्मराज थपेलिया, लक्ष्मीरञ्जठन जोशी, शङ्करदेव पन्त, कृष्ण प्रसाद कोइराला, चित्तधर तुलाधर ‘उपासक’, महेन्द्रविक्रम
शाह, साहु चन्द्रबहादुर, हर्षदास तुलाधर,
तुलसीमेहर श्रेष्ठप, धर्मवीर सिंह, सिद्धिरत्नद कंसाकार, तिलकमणि आदी, लीलाराज तुलाधर, पदमनहादुर शाह, बसन्तमणि आदी, जितेन्द्रबहादुर शाह, नारायण मल्ल, रामचन्द्र अधिकारी, खड्गबहादुर न्यौपाने, कृष्णदेव भट्टराई, सिद्धिचरण श्रेष्ठ , प्रेमबहादुर कंसाकार, लीलाराज जोशी, मदनबहादुर, भैरवप्रसाद
जोशी, ठाकुरनाथ,राजाराम शर्मा खतिवडा,
केदारनाथ शर्मा, झङ्कनाथ उपाध्याय, केशवबहादुर क्षेत्री, नारायणभक्त र वासुदेव शर्मा आदि
(राजेश गौतम)
पुस्तकालय खोल्ने
२० जना जतलाई जनही रु.१०० र यसका प्रमुख धर्मराज थपेलियालाई दुई वर्ष जेल हालियो (तीर्थप्रसाद
मिश्र) यसरी नेपालको इतिहासमा पुस्तकालय पछि मात्र स्थापना भएको देखिन्छ । त्यसमा पनि
सत्ताधारी तत्कालीन शासकहरूको साँगुरो सोचाइ, अचेतनशील
नागरिक, लामो राजनैतिक अस्थिरता, आदिजस्ता
कारणले पुस्तकालयको विकास हुन नसकेको हो । पुस्तकालय पर्व नेपालको इतिहासमा एउटा त्रासदीपूर्ण
घटना हो । जसले नेपाली जनतालाई दसकौँसम्म शिक्षाको उज्यालोबाट पृथक राख्ने काम गर्यो ।
Comments
Post a Comment