Posts

Showing posts from January 2, 2021

My Shameful English and Mahesh’s Poetry https://thegorkhatimes.com/2020/12/28/my-shameful-english-and-maheshs-poetry/?fbclid=IwAR2ieyZNhnoteDkTjwIYBmHBzGc6tJ7ZSCVszkjlpc_m3RQ3_OnLgD9OKIo

सरूभक्तको ‘चुली’ उपन्यास

     वि.सं.२०१३ मा पोखरामा जन्मेका सरुभक्तको वास्तविक नाम भने भक्तबहादुर श्रेष्‍ठ हो । नेपाली साहित्यमा निकै सुपरिचित छन् उनी । उनी कवि, आख्यानकार र नाटककारका रूपमा धेरै चर्चित छन् आधुनिक नेपाली साहित्यमा विशेषगरी । उनको आफ्नै निजी पहिचान पनि बेनेको छ नेपाली साहित्य क्षेत्रमा। उनलले पागलबस्ती, तरुनी खेती, समय त्रासदी, चुली जस्ता उपन्यास लेखेका छन् । उनको उपन्यास पागलवस्तीले चर्चित मदन पुरस्कार पनि प्राप्त गरेको थियो । उनी दार्शनिक आख्यानकार हुन् । हिमालको विषयलाई लिएर निकै कम साहित्य लेखिएको छ नेपालमा । चुली यतातिरको प्रयास हो । यसको विषयवस्तु पनि सगरमाथा हो । यो उपन्यासलाई त्रिभुवन विश्‍वविद्यालयले स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा पनि पठनपाठन हुन्छ ।      चुली विसं २०५९ सालमा प्रकाशित भएको उपन्यास हो । यस उपन्यासलाई सन् २०१२ मा ‘द पिक’ शीर्षक दिएर सुभाष घिमिरेले अनुवाद गरेका छन् । उपन्यासमा ऊ पात्र जस्तोसुकै सास्ती खेपेर पनि सगरमाथा चढ्नुपर्ने लक्ष्यसहित अगाडि बढेको घटनाबाट उपन्यासको आरम्भ भएको छ । संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहणलाई चुली उपन्यासको विषयवस्तु बनाइए