Posts

Showing posts from May 18, 2014

मिश्रित भावका कविता ‘सम्मोहन’ (POETRY ON MIXED METAPHOR) - अशोक थापा

Image
...बादलको पानी जस्तो मेरो राम कहानी थोपा थोपा ढल्किरहेछ व्यर्थ जिन्दगी....त्यही बादलको पानी पृ.३४ ‘ सृष्‍टिको सबै भन्दा सुन्दर सिर्जना मानव हो र मावनको सबै भन्दा सुन्दर सिर्जना कविता ’ यो भनाइ सार्थक होला नहोला ? तर एउटा सत्य के छर्लङ्ग छ भने कवितामा मानवले भोगेको जीवनको सुखदु:खका मिश्रित भाव अभिव्यक्तिन्छन् । आराधना बस्नेतको प्रस्तुत ‘ सम्मोहन ’ कविता सङ्ग्रहमा यस्तै भावुक मनभित्रका कोमल भावना , अन्तस्चेतनामा दबेर रहेका मूर्तदेखि अमूर्त भावव्यञ्‍जनाको बृहत् सम्राज्य देखिन्छ। अनुभूतिको गहिराइबाट निसृत माथिका पङ्‌तिहरूले जीवनबोधको स्पष्‍ट परिभाषा व्यक्त गरेको प्रतीत हुन्छ । यो नेपाली कविता साहित्यमा नारीलेखनका लागि शुभ सङ्केत हो । नेपाली साहित्यको मार्गमा पछिल्लो समयावधिमा नारी स्रष्‍टाको कलम निकै चम्केर चलेको देखिन्छ  ।त्यसमा पनि कविता विधा उनीहरूको प्राथमिकताको क्षेत्र हो । अझ नेपाली साहित्यमा सबै भन्दा बढी लेखिएको क्षेत्र कविता नै हो । यसभित्र सबै भन्दा बढी उरालिएको स्वर नारी स्वतन्त्रता र लैङ्‍गिक विभेदको हो । विश्‍वको आधाभन्दा बढी जनसङ्ख्या ओगट्ने नारीसाम्राज्यका लाग

जीवन न काँडा न फूल फगत, ऐजेरु (LIFE: NEITHER FLOWER NOR THORN ONLY DISENCHANTMENT)

Image
जीवन काँडा कि फूल पुस्तक पढेपछि मेरो समीक्षा लेख्ने क्षमता नै गायव भयो । म छक्क परेँ मैले कलमै चलाउन सकिन , निकै समय घोरिएँ  अहँ ---- कसम म कुनै नि र्क्यौलमा नै पुग्नै सकिन । औसत किताप पढ्दा खेरी एउटा मान्यता अझ अवधारणा भनौँ जसले पनि बनाउँछ  यहाँले पनि पक्कै बनाउनु हुन्छ होला हैन त ? मेरो माथा खराब हुनाका पछाडि पक्कै केही कारणहरू छन् । विशेष परिस्थितिहरू छन् । अल्पज्ञानका केही चुइँ टाहरू छन् । मेरो दिमाग अनिर्णयको बन्दी हुनाको त्यस्तो विशेष कारण पुस्तकमा उठाइएको विशेष मुद्दा नै हो । जीवन के हो ? यो संसारमा आजसम्म परिभाषित हुन नसकेको प्रश्न हो । ठूला ठूला मनिषी , वैज्ञानिक तथा दार्शनिकले पनि जीवनलाई परिभाषित गर्न सकेका छैनन् । शताब्दी औँ देखि पढिएका डार्विन , मार्क्स , आइस्टाइन अनि फ्रायडजस्ता हस्तीले पनि जीवनलाई व्याख्या गर्ने परीक्षामा फेल भएका छन् । अझ उनीहरू पास भएका छैनन् । यस्तो मुद्दा झमकले आफ्नो पुस्तकमा उठाएकी छन् । जीवन फूल हो भत्रे हाइपोथेसिसका आधारमा महिनौ ँ टोलाएँ   अहँ पुस्टि भएन । जीवन काँ डा हो भन्ने तर्कका पछि हप्तौँ लागेँ अहँ हातलाग्यो शून्य । यस्तै हो र ह

आवाज पुस्तकालय दिवसको (VOICE OF LIBRARY DAY: NEPAL)

Image
पाँचौ पुस्तकालय दिवस मनाइरहेको सन्दर्भमा हामी क्रियाशील छौँ । पाँचौ वर्ष प्रारम्भको यस सन्दर्भमा पुस्तकालय दिवसका विषयमा हामी थोर बहुत चिरपरिचित छौ र हामीसँग आआप्नै अनुभव र आइडिया पनि छन् । हामी एउटै रोगबाट ग्रस्त छौँ , पुस्तकालय दिवस मनाउँछौँ र छलफलका लागि अर्को वर्ष कुर्छौँ । रोग डायगनोस्ट भएपछि त्यसको निदानतिर नलाग्नु भनेको रोगलाई झन जटिल बनाउनु हो । हामी विश्वस्त बनौँ पुराना पहिचान भइसकेका रोगको स्थायी अन्त्य गरौँ । म होइन हामी र व्यक्तिगत स्वर्थ होइन सामूहिक स्वार्थबाट हामी अगाडि बढ्यौँ भने पुस्तकालय दिवस संस्थागत हुने कुरामा विश्वस्त हुन सकिन्छ । साना कोठे छलफलमा बसेर दुःख सुख साट्ने हामी नेपालका पुस्तकालय कर्मीको मुद्दा अब औपचारिक अनौपचारिक रूपमा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा पुगेको कुरा साँचो हो । हामी विस्तारै सङ्गठित र संस्थागतीकरणको श्रेणीमा उक्लँदो छौँ । हामीले हाम्रा पुराना केही कमिकमजोरीलाई सच्याउँ वा सच्याउने प्रतबद्धतामात्र गर्‍यौँ भने   पनि निकै उपलब्धिमूलक काम हुने छ । पुस्तकालय दिवस सम्पन्न गर्नका लागि यस क्षेत्रका सरोकारवालाहरूले निकै मेहनत गरे ।