आवाज पुस्तकालय दिवसको (VOICE OF LIBRARY DAY: NEPAL)


पाँचौ पुस्तकालय दिवस मनाइरहेको सन्दर्भमा हामी क्रियाशील छौँ । पाँचौ वर्ष प्रारम्भको यस सन्दर्भमा पुस्तकालय दिवसका विषयमा हामी थोर बहुत चिरपरिचित छौ र हामीसँग आआप्नै अनुभव र आइडिया पनि छन् । हामी एउटै रोगबाट ग्रस्त छौँ, पुस्तकालय दिवस मनाउँछौँ र छलफलका लागि अर्को वर्ष कुर्छौँ । रोग डायगनोस्ट भएपछि त्यसको निदानतिर नलाग्नु भनेको रोगलाई झन जटिल बनाउनु हो । हामी विश्वस्त बनौँ पुराना पहिचान भइसकेका रोगको स्थायी अन्त्य गरौँ । म होइन हामी र व्यक्तिगत स्वर्थ होइन सामूहिक स्वार्थबाट हामी अगाडि बढ्यौँ भने पुस्तकालय दिवस संस्थागत हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

साना कोठे छलफलमा बसेर दुःख सुख साट्ने हामी नेपालका पुस्तकालय कर्मीको मुद्दा अब औपचारिक अनौपचारिक रूपमा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा पुगेको कुरा साँचो हो । हामी विस्तारै सङ्गठित र संस्थागतीकरणको श्रेणीमा उक्लँदो छौँ । हामीले हाम्रा पुराना केही कमिकमजोरीलाई सच्याउँ वा सच्याउने प्रतबद्धतामात्र गर्‍यौँ भने  पनि निकै उपलब्धिमूलक काम हुने छ ।
पुस्तकालय दिवस सम्पन्न गर्नका लागि यस क्षेत्रका सरोकारवालाहरूले निकै मेहनत गरे । तत्कालीन लिसा यस अभियानमा क्रियाशील नभएको भए पुस्तकालय दिवस सायदै सुरु हुन्थ्यो होला । यस सन्दर्भमा तत्कालीन नेपाल पुस्तकालय संघका अध्यक्ष भोला कुमार श्रेष्ठको योगदानलाई नजरअन्दाज गर्नै मिल्दैन । श्रेष्ठको सक्रियता यस पेसाको उल्लेखनीय नमुना हो भन्ने मेरो व्यक्तिगत ठम्याइ छ । यसका साथै यस क्षेत्रका अन्य संस्थाको पनि उित्तकै सहयोग रह्यो पनि । यस क्षेत्रमा हामी जति सक्रिय हुन सक्यौँ त्यसको गति बढाउन आवश्यक छ । गति मात्रात्मक भन्दा पनि गुणात्मक हुँदा यस क्षेत्रको गरिमा वृद्धि हुन्छ ।
पुस्तकालय दिवसमा पुरानै कार्यक्रम दोहोरिएका छन् । नवीन मौलिक प्रकृतिका कार्यक्रम ल्याउन नसकिनु यस क्षेत्रको दुःखद पक्ष हो । नवीनता ल्याउन नसक्नु पुस्तकालय दिवसमा मात्र होइन यस पेसालाई सशक्त बनाउने मामिलामा पनि हामी पुरानै ढर्राबाट पुस्तकालय चलाउँदै छौँ । पुस्तकालयको रूप, रङ र स्वभाव अनि पाठकलाई दिने सुविधालाई चुस्त बनाउन सकेको खण्डमा पुस्तकालय दिवस सार्थक देखिने थियो ।
पुस्तकालय दिवस वार्षिक रूपमा मनाउने गरिए पनि वर्षभरि कार्यक्रम गरी यसका विषयमा छलफल गर्न नसक्नु पुस्तकालय पेसाकर्मीको कमजोर पक्ष हो । वर्षभरिमा कुनै न कुनै चेतनामूलक कार्यक्रम बनाएर अगाडि बढ्नु पर्ने अत्यावश्यक नै भइसकेको छ । एक दिनको कोलाहार र हल्ला भन्दा भर्षभरिको मौन चिन्तन फलदायी हुने निश्चित छ ।
हाम्रा पेसाको मर्म, जटिलता, अप्ठ्यारा हामीलाई जति थाहा छ अन्यलाई हुने कुरै भएन नीति निर्माणका उपल्लो ओहदामा पुगेका व्यक्तिलाई ओठे प्रतिबद्धता र आश्वासन नै काफी छ । तसर्थ हामी नै जुट्ने हो । पुस्तकालय कर्म व्यस्त पेसा हो । त्यसभित्रबाट पनि अलिकति समय निकालेर थोरै स्पेस खोज्ने हामीले नै हो । अर्काले हामीलाई स्पेस बनाइदिन्छ र स्वतन्त्र रूपमा नाचौँला भन्ने सोच्नु हुँदैन । तसर्थ पेसाको विकासका लागि हामी जुटेनौ भने हाम्रो पेसा त धरासायी भएर जान्छ जान्छ, सूचना र ज्ञान बाँड्ने डक्टर नै बिरामी पर्छ । यसर्थ हामीले खुलेर पुस्तकालय दिवसको आवाज बुलन्द गर्नुको विकल्प छैन ।
लेखको सुरुमै कोठे गफमा सीमित पुस्तकालयकर्मी भनिएको छ । हुन पनि हामी निकै कम भेला हुन्थ्यौँ र भेला भए पनि आप्mनै गुनासा र गथासामा सीमित हुन्थ्यौँ । अब हामी पेसाका विषयमा कुरा गर्न सक्ने भएकाछौँ । सरकारी तरवबाट शिक्षा मन्त्रालयले चासो देखाएको छ । यो पुस्तकालय दिवसको सफलताको सूचक हो । हुन त साथीहरूले नेगेटिभ कमेन्ट पनि अचम्म छ एक दिन पुस्तकालय दिवस भनेर उफ्रेर केही हुँदैनहो एक दिनमात्र कुरा गरेर केही हुँदैन । तर निदाएर मौन बस्नु भन्दा एकै दिन भने पनि जाग्नु राम्रो हो भन्ने कुरा पनि भुल्नु हुँदैन। पुस्तकालय दिवस संस्थागत हुँदै गएको अर्को सूचक के पनि हो भने आज देशका दूरदराजका पुस्तकालयमा पनि पुस्तकालय दिवसमा सानै भए पनि केही साना कार्य गरौँ भन्ने उत्साह देखिएको छ ।
यो सूचना र सञ्चारको जमना हो । हामीले पुस्तकालय दिवस मनायौँ तर प्रलेखन कार्यमा हामी निकै कमजोर भयौँ । पुस्तकालय दिवसका विषयमा पुस्तकालय आवाज पत्रिकाले सुरुदेखि नै गरेको अभ्यास निक सराहनीय छ । पत्रिकाले खवरदारी पनि गर्नु पर्छ । विकृतिको भण्डाफोर पनि गर्नु पर्छ । भावी पुस्ताका लागि मार्गनिर्देश गर्ने मामिलामा पत्रिकाले भावी कार्यदिशाका बारेमा निष्पक्ष आवाज उठाउनु पर्छ । पुस्तकालय आवाजको अर्को महत्त्वपूर्ण पक्ष भनेको पुस्तकालय दिवस औपचारिकता भन्दा व्यवाहरिकतामा यो दिवस मनाइनुपर्छ भन्ने हो ।
पाँचौ पुस्तकालय दिवस पक्कै सफल हुन्छ किनभने यो अब एउटा संस्थागत मार्गमा हिँड्दै छ । यस दिवसमा हामीले जे गतिविधि सम्पन्न गर्दैछौँ ती सिर्जनात्मक छन् । मानवीय सेवामा समर्पित छन् । हामी पुस्तकालय दिवसको संघारमा उभिँदा आजैबाट छातीमा हात राखेर प्रतिबद्धता व्यक्त गरौँ म पुस्तकालय पेसामा एउटै भने पनि सिर्जनात्मक कार्य गर्छु ।
यो पुस्तकालय आवाज पत्रिकामा प्रकाशित लेख हो।

Comments

Popular posts from this blog

शैलीविज्ञान सिद्धान्त र प्रयोग

नेपाली नाटकको समकालीन दृष्‍टि

नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक (CRITIQUE ON BAL KRISHANA SAMA 'Andhabega')