Posts

Showing posts from April 11, 2020

सगरमाथाको नृत्यमग्न आत्माः आधुनिक नेपाली कविताको प्रतिनिधि सँगालो 'Collective Nepalese Poetry'

                                                                                                                                     - अशोक थापा नेपाली साहित्यको फूलबारीमा सर्वप्रथम आँकुरा हालेको विधा काव्य वा कविता हो । यसै आधारमा नेपाली साहित्यको जेठो विधाका रूपमा पनि कवितालाई स्वीकार्न सकिन्छ । कविता विधाको विकास पश्‍चात् नेपाली साहित्यमा अन्य विविध विधाका साहित्यिक रचना सिर्जना हुने गरेका भए पनि कविता विधा जस्तो समृद्ध हुन सकेका छैनन् । यसमा पनि पद्य साहित्यका तुलनामा गद्य विधाको लेखन परम्परा निकै पछि मात्र थालनी भएक हो । पूर्वीय साहित्यको इतिहासमा पनि ऋग्वेदलाई एउटा काव्यात्मक रचना मानिएकाले पनि कविता निकै पाको-पुरानो विधा रहेको स्वत: पुस्टि हुन्छ । नेपाली साहित्यमा लेख्य कविताको विकास हुनु भन्दा अगि लोक साहित्यका पृष्‍ठभूमिमा लोक कविताहरूको विशाल भण्डार भेटिन्छ । विभिन्न प्रकृतिका ताम्रपत्र , अभिले ख तथा औषध-ज्योतिष जस्ता शास्त्रमा नेपाली कविताको उत्कृष्ट डोबहरू भेट्न कसिन्छ । नेपाली साहित्यमा प्रथम कवितात्मक लेखन अभ्यास पृथ्वी नारायण शाहको नेपाल एकीकरणको प्रारम्भसँगै भ