Posts

Showing posts from August 4, 2020

पुरु लम्साल: रङ्गक्षेत्रका पूरा प्याकेज - डा. अशोक थापा

१ .  प्रारम्भ पुरू लम्साल नुवाकोटमा जन्मेका रङ्गकर्मी हुन् । उनी प्रस्ट छन् रङ्गकर्म अभिनयमात्र होइन । त्यसैले उनले नाटक लेखेका छन् । निर्देशन गरेका छन् । नाटकको आवश्यक सेटनिर्माण गरेका छन् । लेखन , निर्देशन र नाटकलाई चाहिने आवश्यक क्राफ्टको सफल निर्माणले भन्न सजिलो भएको छ रङ्गक्षेत्रका सम्पूर्ण प्याकेज हुन् लम्साल । लम्सालले पछिल्लो समयको नेपाली नाटकमा सामाजिक समस्यालाई मात्र उठान गरेका छैनन् बरु नाटक र रङ्गमञ्चलाई एकआपशमा जोडेर आफू पनि त्यसैमा समाहित हुँदै युवापुस्तालाई पनि यस क्षेत्रमा क्रियाशील रहन प्रेरित गरिरहेका छन् । सांस्कृतिक नाटकलाई योजनाबद्ध तरिकाले जनतामाझ लानुपर्छ भन्नेमा उनी आतुर छन् । यो उनको रङ्गक्षेत्र तर्फको जम्बर प्रतिबद्धता , तत्परता र इमान्दारिता हो ।   पचासको दशकदेखि नै नेपाली रङ्गमञ्चमा सक्रिय रङ्कर्मी पुरु लम्सालको यस क्षेत्रतर्फको यात्रा बालनाटकबाट भएको हो । उनको रङ्गकर्म कहिले रेडियोनाटकतिर क्रियाशील देखिन्छ भने कहिले थियटर हलभित्र अनि कहिले डकुमेन्ट्री चलचित्र निर्माणतिर पनि । केही समय बी . बी . सी . बाट प्रसारित हुने रेडियो नाटकको स्क्रिप्टलेखनमा पनि उनी सक