Posts

Showing posts from March 6, 2013

रोड सो (Road Show) - A MODEL OF SOCIAL WORK

Image
- अशोक थापा  रोड सो वा बृहत् शैक्षिक मेला यो अमेरिकी दुतावासको विगत चार वर्षदेखि निर्धारित कार्यक्रम हो।यसको मूल उद्देश्य स्वाभाविक रूपमै काठमाडौँ भ्याली बाहिरका जनतामा ज्ञानको सगुन पस्कनु थियो।मैले यस भन्दा अगिका कार्यक्रमका बारेमा सुनेको मात्र थिएँ।तर यस पटक (२०१३ \ २०६९) भने मलाई प्रत्यक्ष सहभागी हुनै अवसर मिल्यो।किनभने यस कार्यक्रमलाई नेपाल पुस्तकालय संघलाई सहयोगीका रूपमा सहभागी गराइएको थियो।अझ मेरो लागि यो किन पनि महत्त्वपूर्ण रह्यो भने मेरो परिवार सहित यस कार्यक्रममा सहभागी अनुमति दिइएको थियो।घुम्ती पुस्तकालय जस्तो महत्त्वपूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन गरेकाले मभित्र पूर्ण आत्म विश्‍वासको साम्राज्य नै स्थापति भएको थियो कि म यो कार्यक्रम सफल बनाउन सफल हुने छु।भन्दा खेरी रोड सो शब्द प्रयोग गरिए पनि यो घुम्ती प्रदर्शनी थियो।कुनै निश्‍चित उद्देश्य र थिम बोकिनु रोड सोको विशेषता थियो।हाम्रो यस कार्यक्रम किन पनि पवित्र थियो भने हामीले पुस्तक प्रदर्शनी र वितरणको निकै दीर्घकालीन महत्त्वको उद्देश्य लिएका थियौँ।दुर्गमका शैक्षिक संस्था र पुस्तकालयलाई करोडौँ मूल्य बराबरका किताब स

नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक (CRITIQUE ON BAL KRISHANA SAMA 'Andhabega')

Image
-अशोक थापा, उप-प्रा   नेपाली केन्द्रीय विभाग, कीर्तिपुर सार सङ्क्षेप: नेपाली नाटक साहित्यमा गुणात्मक, प्रकारगत र ऐतिहासिक योगदान दिने बालकृष्ण समलाई नाट्य सम्राट भनिन्छ।उनको विशिष्ट नाटकीय प्राप्तिको सही मूल्याङ्कनकै कारण बालकृष्ण समलाई विविध तह र दृष्टिबाट अध्ययन गरिन्छ।यस सन्दर्भमा समको निकै लोकप्रिय नाटक अन्धवेगको पाठकीय समालोचना यस लेखमा गरिएको छ।नाट्य तत्त्वका आधारमा प्रस्तुत नाटकको विवेचना गर्नु यस लेखको ध्येय रहेको छ। जीवनीसार: डमर शमशेरका नाति तथा शमरशमशेर अनि माता कीर्ति राज्य लक्ष्मी देवीका माहिला सुपुत्रका रूपमा बालकृष्ण समको जन्म वि . स . १९५९ साल माघ २४ गते शुक्रवार दिन काठमाडौँको ज्ञानेश्वरमा भएको हो।बालककाल देखि नै साहित्य सिर्जनामा लगेका बालकृष्ण समले आइ . एस्सी . सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ; तर उनले स्वअध्ययनबाट ज्ञान, विज्ञान, संस्कृति, कला जस्ता क्षेत्रबाट आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाएका छन्।उनी राणा परिवारका शमशेर भए पनि २००७ सालपछि जनतालाई दु:ख दिने राणाहरूले लेख्ने शमशेरबाट ‘शेर’ काटेर सम थर राखेका हुनाले उनलाई सोही (बराबर) नाम