Posts

Showing posts from January 5, 2021

शोधको मौखिक प्रतिरक्षा कसरी गर्ने ?

  उपप्रा.डा.अशोक थापा नेपाली केन्द्रीय विभाग , त्रि.वि. कीर्तिपुर   सारसङ्‌क्षेप शैक्षिक अनुसन्धान (एकेडेमिक रिसर्च) का क्रममा अन्तिम मौखिक परीक्षा लिइन्छ । यसलाई अङ्ग्रेजीमा भाइभा , भाइभा भोस , भाइभा डिफेन्स आदिइत्यादि नामले बुझिन्छ । मौखिक प्रतिरक्षालाई विषयविज्ञमाझ अनुसन्धाताले सम्पन्न गरेका अनुसन्धानका समग्र विधि , प्रक्रिया , प्राप्तियलगायतका कुराहरू सार्वजनिक गर्ने स्थानका रूपमा बुझ्नुपर्छ । यस लेखमा मौखिक प्रतिरक्षा के हो ? यसलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा चर्चा गरिएको छ । मौखिक प्रतिरक्षा शोधकार्यको निकै मह Œ वपूर्ण पक्ष भएकाले शोधार्थीले अपनाउनुपर्ने सावधानीका विषयमा पनि प्रस्तुत लेखमा विमर्श गरिएको छ । सैद्धान्तिक भन्दा बढी व्यवहारिक र अनौपचारिक रहनु यस लेखको सीमा हो ।   १.१ परिचय      शैक्षिक अनुसन्धानको आरम्भ (प्रस्तावलेखन) एबम् अन्त्य दुवै चरणमा मौखिक प्रतिरक्षाको आवश्यकता रहन्छ । यसर्थ अनुसन्धानको थालनीपूर्व र अन्त्यमा मौखिक प्रतिरक्षा अनिवार्य छ । शोधका क्रममा ‘ प्रपोजल डिफेन्स ’ बाट यसलाई अगाडि बढाइन्छ भने शोधकार्य पूरा भएपछि अनुसन्धानको प्राप्ति , निष्

ललितपुरको मुख्य प्रदर्शनकारी कला

डा. अशोक थापा नेपाली केन्द्रीय विभाग, त्रिवि लेखसार ललितपुर जिल्लामा प्रचलित प्रदर्शनकारि कला (नाटक, नृत्य र सङ्गीत) का बारेमा सूचनामूलक जानकारी दिनु यस पत्रको उद्देश्य रहेको छ ।  ललितपुर जिल्ला ऐतिहासिक महत्त्वको मात्र छैन यहाँ अनुपम संस्कृति, गीत, सङ्गीत, नृत्य र नाटकको भण्डार नै छ । एउटा लेखोटमा समग्र जिल्लाको प्रदर्शनकारी कलाका बारेमा लेख्नु  आफैँमा चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि यसमा ललितपुर जिल्लाकको प्रदर्शनकारी कलाको सङ्क्षिप्तश अनुरेखाङ्कन गरिएको छ । मुख्यशब्दावलीः प्रदर्शनकारी कला, नाच, रङ्गमञ्च, सिकाली, हरिसिद्धि १.परिचय       ललितपुर जिल्ला सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं ३ अन्तर्गत बागमती अञ्चलका तीन प्रमुख जिल्ला (काठमाडौँ, भक्तपुर, ललितपुर) अन्तर्गत एक हो । ऐतिहासिक र पुरातात्त्विक दृष्टिाले नेपालका अन्य जिल्लाका तुलनामा यो सम्पन्न जिल्लाअन्तर्गत पर्दछ । धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिोले यस जिल्लालाई जति महत्त्वपूर्ण मानिन्छ प्रदर्शनकारी कला (नाटक, नृत्य र सङ्गीत) का हिसाबले पनि उत्तिकै प्रख्यात देखिन्छ । विविध जातजाति, जनजातिहरूको बसोवास, रहनसहन, व

शैलीविज्ञान सिद्धान्त र प्रयोग

                                              उपप्रा.डा. अशोक थापा नेपाली केन्द्रीय विभाग, त्रि .वि. कीर्तिपुर सारसङ्‌क्षेप शैलीविज्ञान आधुनिक भाषावादी सिद्धान्त र पद्धतिका रूपमा देखापरेको साहित्यिक समालोचनाको नवीनतम् विधा तथा विकसित शाखा हो । यसले कृतिमा निहित संरचनाको भाषापरक तथा कलापरक दृष्टिले वस्तुनिष्ठ अध्ययन  गर्ने गर्दछ । यो पद्धति समालोचना शास्त्रमा पनि निकै लोकप्रिय हुँदै गइरहेको छ । मुख्य शब्दावलीः शैलीविज्ञान, संरचना, विचलन १.१ शैलीविज्ञानको परिचय शैली अङ्ग्रेजी शब्द ‘स्टाइल’को नेपाली रूपान्तरण हो भने ‘शैलीविज्ञान’ अङ्ग्रेजीकै ‘स्टाइलिस्टिक्सको प्रर्यायको रूपमा प्रयोग गर्न सकिन्छ । ‘शैली’ र ‘विज्ञान’ दुई शब्दको योगबाट शैलीविज्ञान शब्द बन्दछ । शाब्दिक रूपमा यसलाई शैलीको अध्ययन गर्ने विज्ञानका रूपमा बुझ्न  सकिन्छ । शैलीको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्ने शास्त्र  शैलीविज्ञान हो ।  शैलीविज्ञानको अवधारणा भाषाविज्ञान र साहित्यशास्त्र  दुवै क्षेत्रमा प्रचलित छ । यद्यपि यो छुट्टै स्वतन्त्र चिन्तन हो । शैलीविज्ञानमा साहित्यशास्त्रमा आधारित भएर साहित्यको विश्लेषण गरिन्छ । समीक्षाक

नेपाली नाटकमा मिथको अस्तित्व

डा. अशोक थापा १.पृष्ठभूमि नेपाली साहित्यमा मिथकको प्रयोग पौराणिक प्रतीकहरूको प्रयोग गर्ने सन्दर्भमा भएको हो । पुराणसँग सम्बन्धित कथाचरित्रले प्राचीन कालदेखि नै जनमानसलाई प्रभाव पार्नु स्वाभाविक छ । आदीम कालदेखि नै पुराणका सन्दर्भ श्रुती परम्परामा रहेकाले पनि लोकजीवनदेखि अधुनतम कालसम्म पौराणिक मिथहरू बिम्ब बनेर बस्ने सन्दर्भमा नेपाली साहित्यमा , त्यसमा पनि नेपाली नाटकमा पनि हिजोदेखि आजसम्म विविध मिथहरूको प्रयोग भएको देखिन्छ । यी विविध मिथहरूको प्रयोग भएका नाटकलाई मिथकीय नाटक मान्दै   नेपाली नाटकमा त्यसको प्रयोग केकसरी भएको छ उल्लेख गरिन्छ । छोटकरीमा भन्दा आदी मानवले मिथलाई सारथि बनाइ जीवन बाँचेका थिए । यो निरन्तर क्रियाशील रह्यो । विकसित बन्यो र आजको पुस्तालाई पनि पछ्याइरह्यो छायाले जस्तै । नेपाली साहित्यका अन्य विधामा जस्तै नाटकमा पनि पूर्वीय आर्य मिथलाई आधार मानेर नाटक लेखियो । मोतीराम भट्टले मञ्चन गराएर दरबारमा स्यावासी पाएको नेपाली शाकुन्तला नाटक मिथकीय नाटक हो । मिथ पुरानो भएर पनि नयाँ लागिरहन्छ । आजको मान्छेले आफ्नो युग सुहाउँदो त्यसमा विविध लेपन दल्दै आउने भएकाले नवीन लाग