ललितपुरको मुख्य प्रदर्शनकारी कला

डा. अशोक थापा

नेपाली केन्द्रीय विभाग, त्रिवि

लेखसार

ललितपुर जिल्लामा प्रचलित प्रदर्शनकारि कला (नाटक, नृत्य र सङ्गीत) का बारेमा सूचनामूलक जानकारी दिनु यस पत्रको उद्देश्य रहेको छ ।  ललितपुर जिल्ला ऐतिहासिक महत्त्वको मात्र छैन यहाँ अनुपम संस्कृति, गीत, सङ्गीत, नृत्य र नाटकको भण्डार नै छ । एउटा लेखोटमा समग्र जिल्लाको प्रदर्शनकारी कलाका बारेमा लेख्नु  आफैँमा चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि यसमा ललितपुर जिल्लाकको प्रदर्शनकारी कलाको सङ्क्षिप्तश अनुरेखाङ्कन गरिएको छ ।

मुख्यशब्दावलीः प्रदर्शनकारी कला, नाच, रङ्गमञ्च, सिकाली, हरिसिद्धि

१.परिचय 

    ललितपुर जिल्ला सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं ३ अन्तर्गत बागमती अञ्चलका तीन प्रमुख जिल्ला (काठमाडौँ, भक्तपुर, ललितपुर) अन्तर्गत एक हो । ऐतिहासिक र पुरातात्त्विक दृष्टिाले नेपालका अन्य जिल्लाका तुलनामा यो सम्पन्न जिल्लाअन्तर्गत पर्दछ । धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिोले यस जिल्लालाई जति महत्त्वपूर्ण मानिन्छ प्रदर्शनकारी कला (नाटक, नृत्य र सङ्गीत) का हिसाबले पनि उत्तिकै प्रख्यात देखिन्छ । विविध जातजाति, जनजातिहरूको बसोवास, रहनसहन, वेशभुषा आदिको सांस्कृतिक विविधताका कारण पनि यो जिल्ला इन्द्रेणीमय विविधताले भरिएको छ । किरातकालदेखि आजसम्म देखाइने नाच, गान, जात्रा प्रदर्शनकारी कला (पर्फ्मिङ आर्ट) का दृििष्टले यो जिल्ला निकै चर्चित पनि छ । सन् २०११ को तथ्याङ्कअनुसार ललितपुर जिल्लाको जनसङ्ख्या ४ लाख ६८ हजरा १३२ रहेको छ । ललितपुर जिल्लामा झन्डै १३० जति जनजातिको बसोवास रहेको बुझिन्छ ।

१.१ ललितपुरको नाटक–रङ्गमञ्च 

    ललितपुर प्राचीन स्थान रहेको कुरा माथि नै उल्लेख गरियो । ऐतिहासिक कालखण्डमा ललितपुरलाई ‘यल’ भनिन्थ्यो । किरातहरूको शासन चलेको ठाउँ र किरातका प्रथम राजा यलम्बर भएकाले यसै यलम्बरबाट छोटकरीमा ‘यल’ नामकरण रहेको कुरा अनुसन्धाताहरू बताउँछन् (यात्री, पृ ५७ स् २०७३) । मल्लकाललाई कला प्रदर्शनीका दृष्टिकले स्वर्ण युग भनिनुको पछाडि पनि रङ्गमञ्चको भूमिका विशेष रहेको बुझिन आउँछ । यद्यपि मल्ल कालभन्दा अगाडि पनि ललितपुरमा रङ्गमञ्चको अस्तित्व रहेको कुरा बुझिन आउँछ । सिकाली नाच (सिद्धिकाली) लाई कार्तिक नाच भन्दा पनि अगाडिको नाचका रूपमा हेरिएको छ । कार्तिक नाचमा नाट्य परम्पराको गतिलो स्रोत भेट्टाउन सकिए पनि यो भन्दा अगाडि पनि नाच(गान(जात्राको परम्परा रहेको बुझिन्छ । संसारभरि (पूर्व(पश्चिकम दुवै भूगोलमा) धार्मिक नृत्यबाट नाट्यपरम्पराको आरम्भ भएजस्तै नेपाली नाटकको सर्वप्राचीन नभए पनि पृष्ठभूमि भने कार्तिक नाचमा भेट्टाउन सकिन्छ । यसको अर्थ के हो भने ललितपुरको रङ्गमञ्चीय गतिविधि सांस्कृतिक, धार्मिक नृत्यबाट आरम्भ भएको हो । कार्तिक नाचकै एउटा अङ्गका रूपमा ललितपुरमा ‘बाथस् नाच’ पनि प्रसिद्ध छ । ब्रह्माक, विष्णु, महेश्वारका विविध रूपलाई यस नृत्यमा प्रस्तुत गरिएको हुन्छ । मुखुण्डो लगाएर नाचिने यस नृत्यमा प्रशस्त नाटकीय भावहरू भेट्न सकिन्छ । यसै सन्दर्भमा कार्तिक नाच देखाउने क्रममै ललितपुर राज्यमा सबैभन्दा मूर्ख मान्छे को हरेछ? भनी खोजेर महामूर्ख नाटक पनि देखाउने प्रचलनले यस नृत्यको उद्देश्य चेतना फैलाउनु हो भन्ने स्थापित गरेको छ । ललितपुरको नाटकको पृष्ठरभूमिका रूपमा रहेको सिकाली, कार्तिक, हरिसिद्धि नाचकको छोटो परिचय यस प्रकार उल्लेख गरिएको छ ।

१.२ नाच नृत्य  

    ‘नृत’ धातुमा ‘क्त’ (क्यप्) प्रत्यय लागेर नृत्य शब्द बन्छ । यसको शाब्दिक अर्थ हुन्छ नाच्नु, अभिनय गर्नु, हाउभाउ गर्नु (पराजुली स् ५) । नाच मानवीय अभिव्यक्तिको एक माध्यम हो । यसलाई अङ्ग्रेजीमा ‘डान्स’ र नेपालीमा नाच, नृत्य दुवै भनिन्छ । यो विविध हाउभाउअनुसार रसात्मक तरिकाले प्रस्तुत गरिन्छ । नृत्यको सुरुआत मानवको उत्पत्तिसँगै भएको बुझिन्छ । यो एक प्रकारको सार्वभौम कला हो । मानवले जन्मजात रूपमा विविध भावभङ्गीमा अङ्गसञ्चालनसहित समाजमा अनुकर्म गर्छ । मानवले प्रकृतिका विविध वस्तुको अनुकरण गर्छ । धर्मशास्त्रभमा पनि विविध अनुकूल र प्रतिकूल शक्तिको अनुकरण गरिएको हुन्छ । प्राचीन समयदेखि नै ललितपुरमा विविध नाच (नृत्य, जात्रा) को  प्रचलन रहिआएको देखिन्छ । जुन यस प्रकार रहेका छन् ।

२.३ सिकाली नृत्य र रङ्गमञ्च

    दशैँको सट्टा ललितपुर खोकनाका स्थानीय वासिन्दा सिकाली जात्रा मनाउँमछन् । खोकना काठमाटौँ उपत्यकाको दक्षिणी भागमा पर्छ । दशैंको सप्तकमीसम्म चल्ने यो जात्रा हरेक साल मनाइन्छ । यो जात्राको नाटकीय र रङ्गमञ्चीय महत्त्वका विषयमा आज कम चर्चा गर्ने गरिए पनि यो निकै पुरानो रहेको कुरा प्रचण्ड मल्ल, लिलाभक्क नकर्मी लगायतका अनुसन्धानकर्ताले बताएका छन् । यसको वास्तविक नाम सिद्धिकाली जात्रा हो तर यसलाई छोटकरीमा सिकाली भन्ने प्रचलन रहेको छ । ललितपुरको सिकाली चौरस्थित सिकाली देवी (हे. तस्वीर) लाई विधिपूर्वक नृत्य र गोप्य पूजा गरिसकेपछि यो जात्रा आरम्भ हुन्छ । पूजाको समयमा उक्त चउरमा मानिस, चराचुरुंगी र जीवजन्तुहरू कोही बस्न मिल्दैन (प्रशान्त माली, कान्तिपुर, २०७१ असोज १०) । यो नृत्य किरात कालमै आरम्भ भएको सूचना पाइन्छ । 

    रुद्रायणी नाच र सिकाली जात्रामा खोकनाका प्रसिद्धा नाचहरू हुन् । सिकाली नाच स्वस्थानी व्रत कथामा पनि आधारित छ । यसमा महालक्ष्मीले महिषासुरलाई वध गरेको कथासँग जोडेर त्यसको खुसियालीमा मनाउने गरिन्छ । खोकनाको दशै भनकै सिकाली जात्रा हो । यो उनीहरूको मुख्य पर्व हो । दशैँका साथै जनै पुर्णिमाका बेला पनि सिकालीको पूजा गरिन्छ । सिकाली मन्दिरमा बाख्रा जिउँदै चढाइन्छ र ती बाख्राहरूलाई छाडा छोन्छि । ती बाख्राहरूलाई छुन हुँदैन भन्ने प्रचलन पनि रहेको स्थानीय इन्द्रकुमार डङ्गोलले बताउँछन् । सिकाली नृत्य पनि नाटकीय प्रकृतिको छ । 

२.४ कार्तिक नाच 

    कार्तिक नाच मल्लकालदेखि आजपर्यन्त पाटन ललितपुरमा आयोजना गरिने एक सांस्कृतिक नृत्य हो । कार्तिक महिनाभरि नाचिने भएकाले यसको नामकरण नै कार्तिक नाच भनिएको हो । नेवारी भाषामा यसलाई ‘कात्ति प्याँखा’ भनिन्छ (यात्री ५७) । आजभोलि यसलाई छोट्याएर एक हप्ताकमा सीमित पनि गर्न थालिएको छ । यस नाचको धार्मिक, सांस्कृतिक, पौराणिक र रङ्गमञ्चीय महत्व रहेको छ । मल्लकाललाई नाटकको स्वर्ण काल मानिएको छ । मल्लकालमा नाटकको आधारभूत कुरा गीत, नृत्य र अभिनयलाई मानेका छन् जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै छ ।

    राजा सिद्धिनरसिंह मल्लको समयदेखि कार्तिक नाच (नृत्य) प्रचलनमा रहेको कुरा इतिहासकारहरूले बताएका छन । विष्णुस पुराणमा उल्लेखित नृसिंह अवतारको स्वरूपमा यस नाचलाई प्रस्तुत गरिन्छ । यस नाचलाई कतिपयले नृसिंह नृत्य पनि भनेका छन् । सोझो हिसाबमा कार्तिक महिनामा देखाइने हुनाले कार्तिक नाच र नृसिंह अवतारको झल्को दिने भएकाले यसलाई नृसिंह नाच भनिएको हो भनिन्छ । 

    झ्याली बजाउँदै विष्णुका विविध अवतारलाई देखाइने यस नाचमा आफ्नो राज्यका जनताको कल्याण र शुभआशिर्वादको भावना यस नाटकमा अन्तर्भूत देखिन्छ । प्रारम्भिक दिनहरूमा यो नाच कृष्णलिलामा आधारित रहेको र पछि सिद्धिनरसिंह मल्लका छोरा श्री निवास मल्ल (वि.सं. १७३०) मा अरू लोकनाटकहरू थपेर यसलाई झन् व्यापक बनाएका हुन् । यसका साथै उनका पनि छोरा योगनरेन्द्र मल्लले अन्य शास्त्री य नाच (उषाहरण, माधवनर) थपेर यस नाच बहुविषय र बहुरूपमा एक महिनासम्म सञ्चलन गर्ने प्रचलन बसाएका थिए । यो नाच कहिले एक महिना कहिले एक हप्ता् त कहिले २ दिनमा सीमित भएको देखिन्छ । २०३८ सालमा कार्तिक नाच प्रबन्ध समिति बनेपछि यसलाई प्रत्येक साल कार्तिक महिनामा आठ दिनसम्म सञ्चालन गर्ने गरिएको छ । प्रस्तुतिको ढाँचा नृत्ययुक्त रहे पनि यसको अन्य सेटिङ नाटकीय हुने भएकाले यसमा नाटक र रङ्गमञ्चको स्वरूप देखिनु स्वाभाविक छ । आजभोलि आठ दिनमा तीन दिन त पूरा नाटक नै देखाइने भएकाले यसलाई नाट्यप्रस्तुतिको नमुना मान्न सकिन्छ । कार्तिक नाचकै अवसरमा एकातिर वराह, देवी नाचजस्ता धार्मिक विषयका दृश्यहरू देखाइन्छ भने सामाजिक विषयवस्तुका जनचेतनामूलक नाटक पनि प्रदर्शन गरिन्छ । मुख्य उद्देश्य धार्मिक भए पनि यससँग साथसाथै समाजिक भावका नाटक पनि देखाइनु कार्तिक नाचको निकै चाखलाग्दो पक्ष रहेको छ । 

    कार्तिक नाचमा सांस्कृतिक महत्त्व झल्कनु स्वाभाविक छ । नेपालको इतिहासमा विशेष गरी मल्लकालको सांस्कृतिक पक्षहरू यसमा सम्बद्ध भएको देखिन्छ । तत्कालीन समाजमा धार्मिक कुराहरू केकसरी अन्तर्भूत भएर बसेको हुन्थ्यो भन्ने कुरा यस नाचमा देखिनु निकै महत्त्वपूर्ण रहेको छ । यसका साथै इतिहासको एउटा अमीट छापको रूपमा पनि यो नृत्य प्रदर्शन भएको देखिन्छ । मल्लकालको जनजीवन, भाषा, भेषभूषा, चालचलनका यावत ऐतिहासिक बिम्बहरूलाई पनि यस नाटकमा देखाइएको हुन्छ । यसर्थ यस नाचको ऐतिहासिक महत्त्व त हुने नै भयो ।

२.५ हरिसिद्धि नाच र रङ्गमञ्चीय मूल्य

        संवत ९४१ तिर नेपालमा हरिसिद्धि नाटक मञ्चन भएको कुरा नाट्य समीक्षकहरूले बताएका छन् । यो कुरा हरिसिद्धि पुराणमा उल्लेख छ भनिएको छ । लिच्छवि कालदेखि नै हरिसिद्धि नाचको प्रचलन रहेको कुरा पनि उल्लेख भएको पाइन्छ । हरिसिद्धि नाच होली पर्वका दिन ललितपुरमा प्रदर्शन गरिन्छ । यसलाई देवीको नाच भनिएको छ । यो आर्यकालीन ग्रन्थ रामायणको आरण्य र किस्किन्धा काण्डको १८ औँ भागसँग सम्बन्धित छ । यस नाचमा पाँच जोडीले नृत्य प्रस्तुत गर्छन् । यस नृत्यमा देवगणको दाँया हातमा खड्ग र बाँया हातमा ढालको प्रयोग गरिन्छ । एकले अर्कोलाई हान्ने र अर्कोले छेक्ने प्रकृतिको हाउभाउ यसमा देखाउने गरिन्छ । ललितपुरमात्र नभएर नेपालमा नाचिने पौराणिक नृत्यमध्ये यसलाई सर्वप्राचीन नृत्यका रूपमा पनि व्याख्या गरिएको छ । लिच्छविकाल भन्दा अगाडिदेखि यस नृत्यको परम्परा रहेको कुरा स्वीकार गरिएको छ । ललितपुर जिल्लाको ऐतिहासिकता र सांस्कृतिक चिनारीका रूपमा पनि यस नाचलाई हेरिएको छ । ललितपुरको रङ्गमञ्चको इतिहास उपत्यकाको रङ्गगतिविधिसँगै जोडेएर उल्लेख हुने भएकाले ललितपुर जिल्लाको मात्र नभएर उपत्याकाको रङ्गमञ्चीय गतिविधिमा पनि हरिसिद्धि नाचलाई हेर्ने गरिएको छ । ललितपुरको विकसित भूभाग काठमाडौँ र भक्तपुरसँग जोडिएको र जनघनत्व पनि सोहीअनुसार फैलिएकाले त्यसो भएको हुनुपर्छ । ललितपुरको प्रचलित कार्तिक नाच र सिकाली नाच जस्तै हरिसिद्धि नाच पनि एक उल्लेखनीय नृत्य हो ।  यसबाहेक पनि ललितपुरमा विविध समुदायले निकाल्ने अन्य झाँकीसँग यसको सम्बन्ध रहेको छ । त्यसमा पनि नेवारी समुदायका झाँकीहरू प्रचलित हुने नै भए । मल्लकाललाई कलाको स्वर्णयुग भन्नुको पछाडि त्यतिबेलाको समाजिक समृद्धि मात्र थिएन बरू कला संस्कृति र यहाँका नागरिकले गर्ने गतिविधि पनि मुख्य थियो । यसक्रममा हरिसिद्धि नाच चर्चायोग्य नाच हो । 

२.६ लाखे नाच 

लाखे नाच नेपालको नेवारी समुदायमा निकै प्रसिद्ध नाच हो । लाखे नाचका लागि छुट्टै लाखे ड्रेस र मखुण्डो लगाएर नाचिन्छ । यो नाच विशेष गरी सडक र डबलीहरूमा प्रदर्शन गरिन्छ । विशेष तरिकाले सिँगारपटार गरिएको ड्रेसमा यो नृत्य नचाउने गरिन्छ । चौरीको पुच्छरको रौँद्वारा बनाइएको कपाल प्रयोग गरी यो नृत्य देखाइन्छ । लाखे विशेष गरी भूतको स्वरूपमा आएको हुन्छ । लाखे काठमाडौँको सडकवरिपरि घुमेर नाच्ने गर्छ । लाखेलाई जिस्काउनका लागि जोकर यानेकि झ्यालिँचाको व्यवस्था गरिएको हुन्छ । झ्यालिँचा विशेष गरी सानो उमेरका केटाहरू हुने गर्छन् । लाखेलाई जिस्काएपछि मानिसहरूको समूहमा झ्यालिँचा लुक्ने र फेरि देखा पर्ने गरेको देखिन्छ ।

२.७ दबु प्याखँ (डवली नृत्य)

    दबु भनेको डवली र प्याखँ भनेको नेवारी भाषाको नाचअर्थात् डबली नाचका रूपमा यस नृत्यलाई हेरिन्छ । आज पनि पाटनको नेवारी समुदायमा यो नृत्य प्रचलनमा रहेको छ । यस नृत्यले नेपालको नाट्यपरम्परामा डबलीको मौलिक र विशिष्टो स्थान रहेको देखाउँछ भनी अनुसन्धाता कृष्ण शाहा यात्रीले बताएका छन् (यात्री, २०७३) । 

२.८ नृसिंह जात्रा

    यो जात्रा भाद्र महिनामा मनाइन्छ । प्राकृतिक विपत्ति, रोगको महामारी आदिबाट नृसिंह देउताले मानवलाई बचाउछन् भन्ने मान्यताका आधारमा यो जात्रा मनाउने गरिन्छ ।

२.९ खोकनाको बाख्रा जात्रा 

    यो ललितपुरको खोकनामा मनाइने जात्रा हो । रुद्रायणी मन्दिरसँगै रहेको कुण्डमा बाख्रा फालेर यो जात्रा मनाइन्छ । प्राचीन समयमा यो खुन्डमा मान्छेहरू डुबेर मर्न थालेपछि यस्तो जात्रा मनाउन थालिएको हो । पोखरीमा डुबाइएको बाख्रालाई स्थानीयले खोसेर लग्ने प्रचलन रहेको छ ।

२.१० भीमसेन जात्रा 

    भीमसेन जात्रा भीमसेनलाई व्यवसायको प्रतीक देउताका रूपमा हेरिन्छ र अधिकांश जिल्लामा पूजा गरिन्छ । यद्यपि ललितपुरको मङ्गलबजारमा नचाइने भीमसेनको नाच विशेष प्रकृतिको हुने गरेको छ । प्रत्येक साल भदौ कृष्ण दशमीको दिन यसको पूजा गर्ने गरिन्छ । पाटनमा अवस्थित भीमसेन मन्दिर परिसरबाट यो जात्रको शुभराम्भ गरिन्छ । यो भीमसेन नाच वा जात्रा रात्रीकालीन समयमा प्रदर्शन हुन्छ । बाजागाजा र भजनसहित यो जात्रा समापन गरिन्छ । भीमसेनलाई रक्षककको रूपमा पनि पूजा गरिन्छ ।  पाटक दरबार स्कवारमा रहेको भीमसेनको मन्दिरमा  हरेक भात्र कृष्ण नवमीको दिन पूजा गरिन्छ । भीमसको मूर्तीलाई बाहिर निकाले रातभर पाटनका विविध टोलमा घुमाउने गरिन्छ । रात परेपछि सुरु हुने यो जात्रा बिहान सूर्य नउदायसम्म रहन्छ ।  पाटनबासीले मात्र होइन भीमसेनको आरधना गर्दा व्यापार राम्रो हुने कुरा स्थानीय बासिन्दामा विश्वाास गरिएको छ । 

१.११ भोटो देखाउने जात्रा 

    भोटो देखाउने जात्रा ललितपुर प्राचीन र प्रख्यात जात्रा हो । वर्षा र सहकालका देवताका रूपमा रातो मच्छिन्द्रनाथको भोटो देखाउँदै यो जात्रा हरेक साल मनाइन्छ । यस जात्रामा राष्ट्रप्रमुखका रूपमा पहिला राजाहरूको उस्थिति हुन्थ्यो भने गणतन्त्र आएपछि राष्ट्रिपति यस कार्यक्रममा सरिक हुने प्रचलन रहेको छ । भोटो देखाउने जात्रामा सरिक भएर जीवित देवीको हातबाट राष्ट्रप्रमुखले टीका ग्रहण गर्ने प्रचलन रहेको छ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याजएको चार दिनपछाडि भोटो देखाउने जात्रा आरम्भ हुन्छ । प्रकृति पूजामा विश्वारस गर्ने नागरिकहरू पानी पार्ने र खेतीपाती ज्यादा हुने जनविश्वाचसका साथ यस जात्रामा सरिक हुने गर्छन् ।

चुनौती 

    आधुनिकताको विकास र विस्तारसँगै पाश्चाजत्य संस्कारको अनुसरणमा हाम्रा युवापुस्ता तल्लिन हुँदा यस प्रकृतिका ऐतिहासिक नृत्यहरू लोप हुने स्थितिमा पुगेका छन् । संसारभरि नै मौलिक संस्कृतिको संरक्षणलाई एक चुनौतीपूर्ण कार्यका रूपमा हेरिन्छ । यसको संरक्षणका लगि राज्यको चासो र समूहिक प्रयास जरुरी छ । जबसम्म हाम्रा प्राचीन मौलिक संस्कृति हाम्रा अमूल्य सम्पत्ति हुन् भन्ने बोध जनजनमा रहँदैन तबसम्म यसको संरक्षणमा चुनौती थपिइरहन्छ । यसका साथै प्रविधिको अत्यधिक प्रयोगका कारण पनि मौलिक संस्कृति धरासायि हुँदै जान्छन् । आफ्नो घरआगनमा रहेको सांस्कृतिको महत्त्वका जात्राहरूलाई वेवास्ता गरिनु यसको सबैभन्दा ठूलो चुनौती हो । जनताले अन्य कुरामा ध्यान दिने तर आफ्नो घरटोलको गहनाका रूपमा रहेको प्रचलित संस्कृतिमा गर्व नगर्ने चलनको अत्य हुनुपर्छ । नेपालको सङ्गीत नाट्य, नेपाल प्रज्ञाप्रतिष्ठाकन, संस्कृति मन्त्रालयजस्ता सरोकारवाला संस्थाहरूले हाम्रा सांस्कृतिको सम्पदाहरूलाई जोगाउनु पर्छ भन्ने इच्छाशक्ति कम देखाउनु अर्को चुनौती बन्न पुगेको छ ।

सम्भावना  

    कुनै पनि राज्य समृद्ध बन्नका लागि त्यहाँको संस्कृति संरक्षण हुनुपर्छ । संसारभरि आफ्नो संस्कृतिको संरक्षणको होड नै चलेको छ । आफ्नो संस्कार पनि संसारभरका पर्यटकका लागि नमुना हुन सक्छ भन्ने बोध हुन थालेको छ । सूचना प्रविधिको विकासले लोपोन्मुख सामग्रीहरू, संस्कार र ज्ञानलाई संरक्षण गर्न पनि सजिलो भएको छ । 

२.५ अब के गर्ने 

    युवा पुस्तामा जनचेतना फेलाउने र आफ्ना स्थानीय मौलिक संस्कृति, नाच, जात्रालाई जोगाउनु पर्छ भन्ने भावबोध गराउने । राज्यले देशको पहिचानसँग संस्कार र संस्कृतिलाई जोडेर अग्रसर रहने हो भने हाम्रो अमूल्य निधिहरू जोगाउनका लागि कुनै असजिलो छैन । सबै जनताले सोच्नु पर्छ कि प्रदर्शनकारी कला जोगाउने सबैभन्दा सही समय हो । हाम्रा पुर्खाहरूले जोगाएर हामीमा हस्तान्तरण गरेका प्राचीन कलालाई जोगाउन हाम्रो पुस्ताले थप मिहिनेत गर्नुपर्छ । आफ्नो संस्कार, जात्रा, नृत्यको विरुद्धमा सचेन नहुने गरी कुनै नागरिकको प्रतिकूल चिन्तन छ भने त्यसको विरुद्ध सङ्घर्ष गर्नुपर्छ । हाम्रा प्रदर्शनकारी कला हाम्रा गहनाहरू हुन् यसको संरक्षण गर्नु पनि हाम्रै दायित्व हो जिम्मेबारी हो भन्ने बोध जनजनमा रहनुपर्छ । आशा गरौँ ललितपुर जिल्लाको मात्र होइन नेपालमा प्रचलित नाचहरूलाई जोगाउँ, जात्रहरूमा समान रूपमा सहभागी हौऔँ, रङ्गमञ्चलाई फेरि जीवित बनाउँ ।

सन्दर्भस्रोत

अधिकारी, रामलाल। नेपाली एकांकी यात्रा। दार्जिलिङ स् नेपाली साहित्य संचयिका, सन् १९७७ । 

अधिकारी, हेमाङ्गराज र वद्रिविशाल भट्टाराई। प्रयोगात्मक नेपाली शब्दकोश। काठमाडौँ स् विद्यार्थी पुस्तक                     भण्डार,२०६१ । 

आचार्य, बाबुराम। पुराना कवि र कविता। दो।सं।, ललितपुर स् साझा प्रकाशन, २०२९ । 

आचर्य, व्रतराज। ‘आधुनिक नेपाली नाटक शिक्षण’, कार्यपत्र। काठमाडौँ स् नेपाली केन्द्रीय विभाग, २०६६ । 

आचार्य, व्रतराज। आधुनिक नेपाली नाटक। ललितपुर : साझा प्रकाशन, २०६६ ।

उपाध्याय, केशवप्रसाद। रचना। वर्ष २४, अङ्क, ३, २०४४, पृ.३०-३३ । 

‘।नाटक र रङ्गमञ्च। काठमाडौँ : रुमु प्रकाशन,२०५२ । 

‘।दुस्खान्त नाटकको सृजनपरम्परा। काठमाडौँ : ने।रा।प्र।प्र।, २०५५ । 

‘।नाटकको अध्ययन। ललितपुर : साझा प्रकाशन, २०५६ ।

‘।नेपाली नाटक तथा रङ्गमञ्च उद्भुव र विकास। काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार, २०५९ ।

......‘अभि सुवेदीको उत्तरआधुनिक नाटक स् रुँगालाको आकाश', प्रज्ञा, वर्ष ३५, पूर्णाङ्क ३ १००, २०६०, पृ. १ ।


Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

निरन्तर लेखाइ