कविता (POEMS)
बसन्त -अशोक थापा(भरतपोखरी) १ आयो दृश्य खुली बसन्त सुकिलो गम्के लता-कुञ्जिका तन्के पात मुना बनेर तरुनो छैनन् सुकेका फिका कल्की फूल बुकी गुराँस कलिलो धर्ती नयाँ देखियो चिर्विर् चन्चल गीत मस्त लयमा भाका रमेको थियो २ को हो!भन्छ बसेर मुक्त मधुरो स्वरै लिई कोकिल लाऊँझैँ पिरती बसन्त ऋतुमा सारै रमेको दिल पोखी सिन्दुरले प्रभात रमणी नौलाख आशा दियो साँचो सार्थक जीवनी सरसभो बास्ना नयाँ भर्दियो ३ पल्टे मक्किएका मुढा जमिनमा उम्रे नयाँ भावरा थोत्रा पात झरे बतास मेहरी उक्के पुराना जरा फुल्छन् फूल खुशी भएर लहरा हास्दै छ रे पाहरा झल्झल् झल्किएर अपार झरना क्या मोहनी छाहरा ४ नौलो आकशमा कतै रहरका यात्रा गरूँझैँ भयो सुख्खा जर्जरिँदो धरा सतहमा पानी भरूँझैँ भयो हट्दैछन् वनका विखालु लहरा फँस्दैछ सिंहै पनि छर्दै सुन्दर ओखती वनभरी आनन्द आत्मा पनि ५ बिर्सन्छन् जनता दुखी शिशिरका पीडा र बेथाहरू झस्कन्छन् पथमा उठेर जिउँदो लासै बनेकाहरू आयौ धन्न जमाइ प्यार मुटुमा बसन्ती धन्य तिमी नौलो राज समाज सुन्दरपुरी उस्तै सुस