Posts

Showing posts from May 10, 2014

जलवायु परिवर्तन मुद्धा एक बुझाइ अनेक (CLIMATE CHANGE: A GLOBAL ISSUE)

Image
पछिल्लो समय संसार भर अधिक ब ख् खानिएको शब्दावली जलवायु परिवर्तन आजभोलि नेपाली सामाजमा पनि उत्तिकै उच्चारणमा छ । ऐतिहासिक दस्तावेजको ढड्डा पल्टाउने हो भने पनि सन्   ‍‍‍‍‍१९९२ भन्दा   अगाडि जलवायु परिवर्तन नेपालीहरूको वहसको विषय भन्दा पृथक मुद्धा रहेको देखिन्छ । जलवायु परिवर्तनलाई यति तीव्र रूपमा आआफ्नै गायत्री मन्त्र बनाइनुको मूल चुरो कुरा यससँग जोडिएर आउने वैदेशिक अनुदान   र आर्थिक आकर्षण नै हो भन्‍ने यथार्थ कतै पनि छिपेको छैन । के जलवायु परिवर्तन क्षणिक आर्थिक प्रलोभनको लाली पप मात्र हो कि यसको संवेनशीलता हाम्रो जीविकोपार्जन र जनवीविकासँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्धा हो? यो छुट्टै वहसको विषय बन्‍नु पर्थ्यो वा पर्थेन? यसलाई नजिकबाट बुझेर भावी पुस्तामा यसले पार्न सक्ने नकारात्मक असर र पृथ्वीको अस्तित्व नै खतरामा पर्न सक्ने भयङ्कर प्रलयलाई कुन तहमा विश्‍लेषण गर्नु पर्थ्यो? त् यस को पनि लेखाजोखा गर्ने समय अब घर्कँदै छैन र?             जलवायु परिवर्तन प्रकृतिमाथि मानवले गरेको तीव्र अतिक्रमण र लापर्वाहीपूर्ण दोहनका कारण सिर्जित प्राकृतिक विपत्ति हो । यसको प्रभाव

नारीहरूले पढ्नै पर्ने पुस्तक (WOMEN MUST READ BOOK)

Image
नेपाली पुस्तक बजारमा रङ्‌रङ्‌का किताबहरू प्रकाशन हुने होड नै चलेको छ अचेल । ती विविध रङ्भित्र विषयवस्तु र विधाक्षेत्रको आआफ्नै बान्की हुने गर्छन् । कहिले साहित्य त कहिले गैरसाहित, अनि कहिले आख्यान त कहिले गैर आख्यान । यस्तै यस्तै रङ्गीन बैगैँचा हो नेपाली पुस्तक बजार । तर पनि गतिलो पठनीय पुस्तक भेट्दै भेटिएन भन्ने पाठकको गुनासो पनि पुस्तकको हाम्रो समाजमा गुन्जिरहने एउटा सदावहार आवाज हो । हालै नारी अनुभूतिलाई जीवन्त रूपमा सम्प्रेषण गर्ने गरी एउटा पुस्तक प्रकाशित छ । पुस्तकको शीर्षकको छ स्वअस्तित्वको खोजी र सम्पादक हुन् अर्चना थापा । सोही पुस्तकको पाठकीय समीक्षा गरिँदै छ यहाँ ।   जम्मा अठतिस जना नारी लेखकहरूको पृथक् पृथक् अनुभूतिलाई स्वतन्त्र लेखका रूपमा यस पुस्तकमा विन्यस्त गरिएको छ । यस पुस्तकको मूल उद्देश्य हाम्रो समाजमा नारी भएकै कारण गुमाउनु परेको स्वत्व, अस्मितामा लागेको दाग, गर्नु परेको सङ्घर्ष अनि भोग्नु परेको अपमानको उजागर गर्दै अस्तित्व रक्षाका लागि गर्नु पर्ने मूल मन्त्रको सम्प्रेषण गर्नु हो।हाम्रो सामाजिक संरचना र संस्कारका आडमा नारीले भोग्नु परेको वास्तविक कथालाई जस्