Posts

Showing posts from April 6, 2020

आँसु र कोरोना (CORONA & TEARS) -अशोक थापा (पोखरा)

ए आँसु वर्षिनु पर्छ तँ बेतोडले खनिनु पर्छ चेरापुन्जी बनेर छ्‌यालब्याल् मानववस्ती भरि घनघोर मडारिनु पर्छ असमेल भुमरीमा रुमलिनु पर्छ कुनकाप्चा र बस्तीहरूमा   शुद्धताको सुनकोशी र कल्याणको कर्नाली बनेर यत्रतत्र सर्वत्र जहाँ एक चिम्टी अस्तित्व पुगेको होस् मान्छेको ए पवित्र आँसु वैरिनु पर्छ तँ त्यसरी जसरी मडारिएको थियो भगीरथ गंगा गंगोत्री फुटाएर आँखाबाट जहाँ रुने मान्छले गर्व गरोस् भक्कानिएर रुनमा रुनु सबैभन्दा भव्य कला हो कोरोनाको भुङ्ग्रोबाट मानव जातिलाई सकुशल बाहिर निकाल्न ए आँसु, मेरो पवित्र अमृत तँ बर्सिनु पर्छ मुसलधारे मुस्लो बनेर । दर्‌दर्‌दर्‌द मानबस्तीहरूमा २०७६-१२-१०

भजाइनल ट्रमा (VAGAINAL TRUMMA) [कथा]

                                                                                                                  -अशोक थापा कीर्तिपुर ! पुरातन सहरको सामुन्ने ठिङ्ग उभिएको भवन । सहिदको नाममा न्वारन गरिएको घर । माथि जस्ताको छाता ओडाइएको छानो र कमसल इँटाले बुनिएको भित्तो । झट्ट हेर्दा ठ्याक्कै अङ्ग्रेजी एल् आकारको । हो यही हो ‘शहीद स्मारक कलेज’। चन्चले आँखा, सेतो खरायोलाई उछिन्ने गोरी । उन्नाईस वर्षकी । आफ्नो समूहकी नेता । पूरै बोल्ड । हरेक दिन उत्साहका साथ कलेज आउने । सधैँ अनुहारमा जाँगर र हिँडाइमा छुट्टै जोस् भएकी ! साहसी । यही कलेजमा स्नातक पढ्ने, मेनका तुमु।   निख्रँदो फागुन महिनाको ओसिलो बिहानलाई तताएको थियो कल्याङ्-मल्याङ् एक रङ्गिन भिडले । रङ्गीचन्ङ्गी अनुहार लिएर केटाहरू कलेज ड्रेसमै बास्केट बल उफार्दै थिए, कोही चाउचाउ मुर्क्याइरहेका थिए । लखेटा-लखेट, घचेटा-घचेट, भनूँन रङ्गिएको भीड देख्दा लाग्थ्यो उनीहरू मध्यान्हमा पिसाब फेर्न भुन्भुनिएका मौरी हुन् । एक दिनअगावै होली आउनु खास विशेषता हो शहीद स्मारक कलेजको । बेलैमा कलेज छिर्ने गोरीको अत्तपत्तो थिएन आज । घनघोर प्रतीक्षामा दे