Posts

Showing posts from April 16, 2014

कागजमै सीमित पुस्तकालय नीति (LIBRARY POLICY SHOULD NOT BE LIMITED IN PAPER) - अशोक थापा

Image
एक गाउँ एक पुस्तकालय ’ झट्ट सुन्दा सुन्दर र आकर्षक नाराजस्तो देखिए पनि यसको भित्री मर्म भने बेग्लै छ । गाउँमा पुस्तकालय चाहिन्छ भत्रे भाव यसभित्र अन्तर्भूत छ । यसले गाउँमा पुस्तकालयको आवश्यकताबोध गरिरहँदा एउटा स्वाभाविक प्रश्न के उठ्छ भने हाम्रा सहरहरू पुस्तकालय सेवाले भरिपूर्ण छन् त ? पक्कै पनि पुस्तकालय सेवा पूर्णव्यवस्थित छैनन् नेपाली सहरमा । भएका केही पुस्तकालय पनि साधन स्रोत र व्यवस्थापकीय कमजोरीका कारण चुस्त बत्र सकेका छैनन् । केशर पुस्तकालयकी प्रमुख जानकी कर्मचार्य सरकारी उदाशीनता र दरबन्दीको अभावका कारण सहरी क्षेत्रका पुस्तकालयले प्रभावकारी सेवा दिन नसकेको कुरा बताउँछिन् । पोखरा क्षेत्रमा एक दशकदेखि पुस्तकालय सेवामा समर्पित सूर्य क्षेत्रीको धारणा पनि कर्मचार्यको भन्दा भित्र छैन । आभावले ग्रस्त छ भन्छन् पोखराको महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालय ।   एक गाउँ एक पुस्तकालयलाई केही गैरसरकारी संस्थाले रोलमोडल नाराका रूपमा उभ्याएउँछन् निरन्तर । नेपालको सामुदायिक पुस्तकालयको विकास गर्ने लक्ष्य लिएर क्रि याशील संस्था रिड नेपालले पनि एक गाउँ एक पुस्तकालयलाई आफ्नो मूल