अशोक थापा परिचय

                                                                                            डा.अशोक थापा
वि.स.२०३६ साल कार्तिक २६ गते कास्की जिल्ला (साविक भरतपोखरी गा.वि.स) पोखरा महानगरपालीका – ३३ मा पिता लिलबहादुर थापा र माता गिनकुमारी बोहराका सुपुत्रका रूपमा जन्मेका अशोक थापाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएच्डी), एम्.ए, एम्लिबएस्सी (पुस्तकालय विज्ञान) तथा शिक्षा शास्त्र सङ्कायमा बीएड् गरेका छन् । उनको पहिलो रचना (जनमत, २०५८) भूपि शेरचनका विषयमा प्रकाशित देखिन्छ । यसबाहेक उनका भाषासाहित्यसँग सम्बन्धित झण्डै चार दर्जन समालोचना तथा पुस्तकालय विज्ञान विषयका दर्जनभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । उदिएमान समालोचकका रूपमा देखिएका थापाका नाट्य समीक्षा र अन्य समालोचना (२०६५), अनिवार्य नेपाली (२०६७), किताबै–किताब (२०७४), समकालीन नेपाली नाटकका प्रवृत्ति (२०७४)  जस्ता अनुसन्धानात्मक समालोचनात्मक ग्रन्थ तथा पाठ्यपुस्तक प्रकाशित छन् । यसका अलवा थापाले नेपाली केन्द्रीय विभागबाट प्रकाशित हुने कुञ्जिनी, सार्दूल साहित्य प्रतिष्ठानबाट प्रकाशित हुने शार्दूल तथा पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रिविबाट प्रकाशित हुने इन्फोलिब जस्ता पत्रिकाको सम्पादक तथा प्रधान सम्पादकका रूपमा कार्य गरिसकेका छन् । नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा शिक्षणरत थापाले पुस्तकालय व्यवस्थापन विषयमा पनि प्रशिक्षण दिनुहुन्छ । साहित्यको समीक्षा र टिप्पणीमा रुचि राख्ने थापा निकै गहकिलो समालोचकीय दृष्टिसहितको समालोचक हुन् ।

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन