Posts

Showing posts from January 24, 2021

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन

          डा. अशोक थापा  उपप्राध्यापक, नेपाली केन्द्रीय विभाग   सारसङ्‌क्षेप यस लेखमा सडक नाटकको सैद्धान्तिक पक्षको सङ्क्षिप्‍त चर्चा गर्दै नेपाली नाटकमा सडक नाटकको ऐतिहासिक पक्षको रेखाङ्‍कन गरिएको छ।सडक नाटकको प्रभावकारिता, यसको विशेषता अनि नेपाली रङ्‍गमञ्‍चीय जगत्‌मा यसले छोडेको प्रभावको उल्लेख गर्नु यस लेखको उद्धेश्य रहेको छ। १ . १ विषय प्रवेश प्रस्तुत लेखको शीर्षक नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्कनमा सडक नाटकको ऐतिहासिक पक्ष र यसको विविध स्वरूपका आधारमा अनुरेखाङ्कन वा सङ्‌क्षिप्‍त रेखाङ्कन गर्ने उद्देश्य अन्तर्भूत छ।नेपाली सडक नाटकको प्रारम्भ , विकास र वर्तमान अवस्थितिको विषयमा चासो राख्‍नु यस लेखको केन्द्रीय पक्ष हो। सडक नाटकको सैद्धान्तिक विमर्शमा आधारित रहेर पाश्‍चात्य सन्दर्भमा सडक नाटकको अवस्थितिको छोटो विमर्श सहित नेपालमा सडक नाटकको स्थिति र अवस्थितिका विषयलाई प्राथमिकताका साथ उठाउनु यो लेखको मूल ध्येय हो । नेपाली भाषामा मात्र नभएर संसारका अनेकौँ राष्‍ट्रहरूमा सडक नाटकको प्रयोगगत अस्तित्व देखिन्छ।राजनीतिक दवावदेखि जनचेतनाको एक अभिन्‍न अङ्गको रूपमा स्व