नेपाली नाटकमा मिथको अस्तित्व

डा. अशोक थापा

१.पृष्ठभूमि

नेपाली साहित्यमा मिथकको प्रयोग पौराणिक प्रतीकहरूको प्रयोग गर्ने सन्दर्भमा भएको हो । पुराणसँग सम्बन्धित कथाचरित्रले प्राचीन कालदेखि नै जनमानसलाई प्रभाव पार्नु स्वाभाविक छ । आदीम कालदेखि नै पुराणका सन्दर्भ श्रुती परम्परामा रहेकाले पनि लोकजीवनदेखि अधुनतम कालसम्म पौराणिक मिथहरू बिम्ब बनेर बस्ने सन्दर्भमा नेपाली साहित्यमा, त्यसमा पनि नेपाली नाटकमा पनि हिजोदेखि आजसम्म विविध मिथहरूको प्रयोग भएको देखिन्छ । यी विविध मिथहरूको प्रयोग भएका नाटकलाई मिथकीय नाटक मान्दै  नेपाली नाटकमा त्यसको प्रयोग केकसरी भएको छ उल्लेख गरिन्छ ।

छोटकरीमा भन्दा आदी मानवले मिथलाई सारथि बनाइ जीवन बाँचेका थिए । यो निरन्तर क्रियाशील रह्यो । विकसित बन्यो र आजको पुस्तालाई पनि पछ्याइरह्यो छायाले जस्तै । नेपाली साहित्यका अन्य विधामा जस्तै नाटकमा पनि पूर्वीय आर्य मिथलाई आधार मानेर नाटक लेखियो । मोतीराम भट्टले मञ्चन गराएर दरबारमा स्यावासी पाएको नेपाली शाकुन्तला नाटक मिथकीय नाटक हो ।

मिथ पुरानो भएर पनि नयाँ लागिरहन्छ । आजको मान्छेले आफ्नो युग सुहाउँदो त्यसमा विविध लेपन दल्दै आउने भएकाले नवीन लागेको हो । मिथ प्रतीकात्मक हुने भएकाले पनि आजको मान्छेलाई सजिलो भएको प्रयोगमा ल्याउन । आफ्नो छाया खोज्न र आफ्नो अनुकूलको पुनर्व्याख्या गर्न । बहुविद हुनु मिथकको विशेषता हो । पश्चिनमी साहित्यमा धार्मिककृषिहावापानी सम्बन्धी विविध मिथको अस्तित्व भेटिन्छ । ग्रिसेली नाटक दियोनिस देवताको मिथमा आधारित छ ।

देउता मान्नुस् नमान्नुस् तर तपाइँ नाटक रङ्गमञ्चमा चासो राख्नुृ हुन्छ भने दोस्रो छुट छैन । देउता मान्नै पर्छ तपाइँले । चाहे पूर्व होस् वा पश्चिरम नाटक उत्पत्तिको दैवी मिथकीय व्याख्या रहेको छ । पूर्वमा ऋग्वेदको हवला दिँदै उर्वशी पुरुरुवाको दृष्टाचन्त दिँदै नाटकलाई देव वाणीका रूपमा स्वीकार गरिएको छ । देउतालाई दुस्ख पर्दैन भन्ने सोच्नु भएको छ भने पनि यो सोचाइ हटाइदिनु पर्छ किनभने सत्य युगको समाप्तिई र त्रेता युगकको आरम्भमा देउताले दुस्ख भुल्न चाहे र मनोरञ्जनको साधनको अपेक्षा गरे फलतस् बह्माले एउटा काइदा रचे त्यो हो ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्व वेदबाट क्रमशस् कथा, गायन, अभिनय र रस लिएर विश्वइकर्मालाई रङ्गमञ्च बनाउन लगाएर नाटक जन्माएको मिथकीय कथामा चाखलाग्दो छ ।

२.पुर्वीय नाट्यशास्त्रमा मिथ

पुर्वीय साहित्यमा भरतको नाट्यशास्त्र  विशाल ग्रन्थ हो । यसमा पूर्वीय मिथका विविध आयामलाई प्रस्याउने प्रयास गरिएको छ । पञ्चमवेद र ब्रह्माले सिर्जेको मानेर यसलाई एक प्रकारको यज्ञ मानिएको छ । अनुष्ठान ठानिएको छ । नाट्यदेवीको बिम्बको रूपमा यसलाई उसप्थान गरिएको छ । यो मान्छेको आन्तष्हृदयलाई छुने प्रकारको पाँचौँ वेद हो । नाटक र मिथको नजिको साइनो निकट छ ।

हिजोदेखि आजसम्मका रङ्गकर्मीले नाट्यशालालाई मन्दिर र नाट्यदेवीको उपस्थिति स्वीकारन्छन् । नाटक आरम्भ गर्दा नाट्य देवीको पुजा गरिए भने अनिष्ट हुन्छ । नाट्यदेवी रिसाएकाले नाटककै क्रममा थुप्रै अनिष्ट भएको कुरा पनि स्वीकार गरिएको छ । आफूमा विश्वा स नभएको कि एउटा मिथलाई सहारा लिएको हो? यसको जवाफ एउटै छैन । जे होस् नाट्य विधाको सम्मान भने यो हो ।

आधुनिक कालमा त्यसमा पनि समकालीन कालमा मिथकीय नाटक लेख्नेि परम्पराको विकास भएकै छ । आजका नाटका पात्र, घटना, मञ्च सज्जा आदि विविध ठाउँमा मिथकको प्रयोग गरेको भेटिन्छ । पछिल्लो समय रङ्गमञ्चमा प्रस्तुत भएका युमा र चिरिएका साँझ दुवै मिथकीय नाटकहरू हुन् । हेछाकुप्पा र सुम्निमा र परोहाङ पनि रङ्गमञ्चमा देखाइएका मिथकीय विम्बहरू हुन् ।

आधुनिक नेपाली नाटकको आरम्भमै ध्रुव नाटक सिर्जेपछि नाटकमा मिथको प्रयोग हुनेक्रम बढेर गयो । समकै प्रल्लाह पुर्वीय मिथलाई प्रयोग गरिएको सशक्त नाटक हो । उनले यसकै निरन्तरताका लागि ऊ मरेकी छैन नाटक सिर्जना गरे । यसै गरी पाश्चाकत्य मिथिलाई लिएर नाटक लेख्नेर क्रम पनि रोकिएन । विजय मल्ल गोविन्द गोठाले आदिले पनि मिथकीय नाटकको सिर्जान गरे ।

समकालीन कालखण्डमा पनि मिथलाई नाटकमा उतार्ने प्रचलन बढेर नै गयो । ध्रुवचन्द्र गौतमले भस्मासुरको नलीहाड नाटकको सिर्जना गरे । यसमा प्रबल मिथकीय आतङ्कको सिर्जना गरे । शक्तिशाली हड्डी वा शक्तिलाई एउटा मिथको रूपमा प्रयोग गरेर यसमा समकालीन टेररलाई प्रस्ट्याइएको छ । यसै गरी सडक नाटकका अभियान्ता अशेष मल्लले रामायणको यस पछि पुराण र मिथ सहधर्मी चिन्तनहरू हुन् । नेपाली नाटकमा पौराणिक नाटकको उसस्थिति मोतीराम भट्टकालीन समयमा नै देखिन्छ । उनले लेखेको नेपाली शकुन्तला नाटक पौराणिक विषयवस्तुको नाटक हो । माध्यमिक कालमा लेखनाथ पौड्याल, शम्भुप्रसाद ढुङ्गेल, पहलमानसिंह स्वाँर (?) आदिले पनि मिथकीय नाटक लेख्ने अनुवाद गर्ने प्रचल चलाए । नेपाली नाटकको पृष्ठभूमिबाट महाभारत, रामायण आदिमा उल्लेखित मिथकीय बिम्बहरूको प्रयोग गरिएको छ ।

३.नेपाली नाटकमा मिथ

 नेपाली नाटकमा आधुनिकताको आगमनपछि पनि बालकृष्ण सम, भीमनिधि तिवारीले मिथकीय विषयलाई उठान गरेका छन् । समले ध्रुव (१९८६), प्रह्लाद (१९९५), ऊ मरेकी छैन (१९९९) जस्ता मथकीय नाटक सिर्जना गरेका छन् । भीमनिधि तिवारीको हरिश्चन्द्र (२०१३), दुर्गानाथ चालिसेको नलदमयन्ती, नवराज पाण्डेको वीर अभिमन्यु, लेखनाथ पौड्यालको दिगम्बर विवाह तथा पार्वती परिणय नाटकमा मथकीय प्रयोग भेटिन्छ । लक्ष्मीप्रसाद देवकोटाको सावित्री सत्यवान्, सोमनाथ शर्मा घिमिरे व्यासको मयूरध्वज, ज्योतिप्रसाद गौतमको स्नेह सौगन्ध, कविप्रसाद गौतमको हरिनाम वितरण, श्रीप्रसाद घिमिरेको सुदामा नाटकमा पनि मिथकीयता भेटिन्छ ।

यद्यपि २०३० पछि रचिएका नाटकमा पुराण वा अन्य मिथकीय स्रोतबाट  (धार्मिक, सांस्कृतिक, पूर्वीय, पाश्चात्य) सामग्री लिई त्यसलाई आजको समाज सापेक्ष कथ्य र पात्रको पनि छनौट र मिश्रण गर्ने काम गरिएको छ । २०३० पछि रचिएका मिथकीय नाटकमा प्राचीन पौराणिक, धार्मिक वा सांस्कृतिक पात्र र आजको समाजका पात्र बिच नाटकीकरण गरिनुले यस प्रवृत्तिलाई उत्तरवर्ती चरणको नेपाली नाटकको एउटा मूल प्रवृत्तिको रूपमा अध्ययनविश्लेषण गरिएको छ । 

पौराणिक नाटकमा प्राचीन युगको समाज र त्यसको जीवन शैली एवम् जीवन दृष्टि प्रतिबिम्बित हुन्छ तापनि आधुनिक युग चेतना सम्पन्न नाटककारले त्यसमा समकालीन जीवनको प्रतिच्छाया पार्न खोजेको हुन्छ । तसर्थ आधुनिक पौराणिक नाटकले नाटककारको आफ्नो दृष्टि र पौराणिक वस्तुलाई समकालीन सामाजिक सन्दर्भमा उपयोग गरेर समाजमा चेतना पैmलाउने उसको इच्छा एवम् दक्षता अनुसारको स्वरूप लिएको देखिन्छ (उपाध्याय, २०५९ ः ११६) । मिथकीय नाटकले समाजको जटिल यथार्थ र त्यसका सम्पूर्ण परिप्रेक्ष्यलाई आदिमतासँग जोडेर सशक्त अभिव्यक्ति प्रदान गर्दछ । यसमा प्रतीकात्मक सौन्दर्य सृष्टि गर्ने, पुरानै कथामा नयाँ अर्थको अन्वेषण गर्ने, जीवन मूल्यका आदिम संस्कारहरूलाई नवीन ढङ्गले समकालीन युगमा प्रतिस्थापन गर्ने, मानवको अन्तर तथा बाह्य जगत्को विस्तृत क्षेत्रलाई प्रतिनिधित्व गरी पाठकलाई सौन्दर्यानुभूति गराउने, मानव मनको समष्टि अचेतनाको आद्य बिम्बको पुञ्जलाई पुनर्संरचित गरी नयाँ धरातल प्रदान गर्ने, मानवीय कल्पनाको शृङ्खलित यात्रालाई प्रस्तुत गर्ने    (बराल र एटम, २०६६ ः १५७) जस्ता विशेषताहरू रहेको हुन्छ । मिथमा हुने भावात्मकता, कल्पनाशीलता, प्रतीकात्मकता, चित्रात्मकता एवम् रहस्यानुभूति जस्ता तत्त्वहरूले यसलाई साहित्यसँग जोड्दछन् । जुन कुराको प्रतिबिम्ब नाटकमा र विशेष गरी उत्तरवर्ती कालखण्डका नेपाली नाटक साहित्यमा पनि लागू हुन आउँछ ।

उत्तरवर्ती चरणको नेपाली नाटकमा मिथलाई आधार मानेर नाटक सिर्जना गरिएको छ । तिनीहरूलाई सम्बोधन गर्न समसामयिक मिथकीय नाटक भनी उल्लेख गर्न सकिन्छ । बालकृष्ण समको ऊ मरेकी छैन (२०३३), धु्रवचन्द्र गौतमको भष्मासुरको नली हाड (२०३७), अशेष मल्लको रामायणको अर्को पृष्ठ (२०३९), कुमारजी आज्ञा गर्नुहुन्छ (२०५०), कुमारी (२०५६), रक्तबीज (२०६०), शकुनी पासाहरू (२०६८), अविनाश श्रेष्ठको अश्वत्थामा हतोहत (२०४५), श्रवण मुकारुङको यलम्बर (२०५३), विप्लव ढकालको अन्तिम नायिका (२०५४), कृष्ण शाह यात्रीको समय अवसान (२०६१), मृत्यु सम्पादन (२०५९), बामियानका चिसा बुद्धहरू (२०६७), सरुभक्तको एस धम्मो सनन्तनो (२०४६), जस्तो दन्त्यकथा (२०४७), सरुभक्तको ईथर (२०४७), सत्य मोहन जोशीको मृत्यु एक प्रश्न (२०४२), अभि सुवेदीको पाँच नाटक (२०६०) जस्ता नाटकमा मूल रूपमा मिथकीय कथावस्तुको प्रयोग गरिएका छन् भने मोहनराज शर्मा, फणीन्द्र राज खेताला,  विजय मल्ल, कृष्ण उदासी, सरुभक्त, पुष्प आचार्यजस्ता नाटककारका नाट्यकृतिमा सहायक कथा वस्तुको रूपमा मिथको प्रयोग गरिएको छ ।

४. निष्कर्ष

मिथको प्रयोग नेपाली साहित्यमा मात्र होइन सर्वत्र विश्वीमा प्रयोग भएको देखिन्छ । मिथलाई साहित्यिक बिम्बका रूपमा बुझिने भएकाले यसको प्रयोग निकै बढेर गएको छ । नेपाली साहित्यमा पूर्वीय र पाश्चाात्य मिथहरूको प्रयोग भएको छ । नेपाली नाटक साहित्यमा पनि पूर्वीय, पश्च्मिी र स्थानीय बिम्बहरू प्रयोग भएको छ । नाटककार बालकृष्ण सम, बिजय मल्ल, गोबिन्दबहादुर मल्ल गोठाले, ध्रुवचन्द्र गौतम, सरुभक्त, शिव अधिकारी, अशेष मल्ल, अभि सुवेदी आदिजस्ता नाटककारमा मिथकको प्रयोग भएको देखिन्छ ।

सन्दर्भग्रन्थ सूची

अर्याल, पद्मा. मनबहादुर मुखियाका नाट्यकप्रवृत्तिहरूगरिमा. वर्ष १८, अङ्कस ८,२०५६ ।

आचर्य, व्रतराज. आधुनिक नेपाली नाटक शिक्षण’, कार्यपत्र. काठमाडौँ ः नेपाली केन्द्रीय विभाग, २०६६ ।

आचार्य, पुष्पए. पोखरेली रङ्गिकर्म विगतदेखि वर्तमानसम्म’, हेरालो. वर्ष १, अङ्क २ ।

उपाध्याय, केशवप्रसाद. रचना. वर्ष २४, अङ्का ३,२०४४, पृ.३० ३३ ।

........., केशवप्रसाद. नाटक र रङ्गमञ्च. काठमाडौँ  रुमु प्रकाशन,२०५२ ।

........., केशवप्रसाद. दुस्खान्त नाटकको सृजनपरम्परा. काठमाडौँ ः ने.रा.प्र.प्र., २०५५ ।

........., केशवप्रसाद. नाटकको अध्ययन. ललितपुर ः साझा प्रकाशन, २०५६ ।

थापा, अशोक. महाकाव्यात्मक तथा विसङ्ग.तरङ्गमञ्चकुञ्जिनी. वर्ष १५, अङ्क, १२,२०६४ र २०६५।

.........,अशोक. नाट्यासमीक्षा र अन्य समालोचना. काठमाडौँ ः न्यू हिरा बुक्स इन्टरप्राइजेज, २०६५ ।

........., अशोक. समकालीन नेपाली नाटकमा प्रयोगकुञ्जिौनी. वर्ष ११, अङ्क. ११,२०६५, पृ.८९९५ ।

........., अशोक. नाटककार पारिजातगरिमा. वर्ष २७, अङ्कर ३,२०६६, पृ. ४६५३ ।  

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

निरन्तर लेखाइ