रोड सो (Road Show) - A MODEL OF SOCIAL WORK



- अशोक थापा 

रोड सो वा बृहत् शैक्षिक मेला यो अमेरिकी दुतावासको विगत चार वर्षदेखि निर्धारित कार्यक्रम हो।यसको मूल उद्देश्य स्वाभाविक रूपमै काठमाडौँ भ्याली बाहिरका जनतामा ज्ञानको सगुन पस्कनु थियो।मैले यस भन्दा अगिका कार्यक्रमका बारेमा सुनेको मात्र थिएँ।तर यस पटक (२०१३\२०६९) भने मलाई प्रत्यक्ष सहभागी हुनै अवसर मिल्यो।किनभने यस कार्यक्रमलाई नेपाल पुस्तकालय संघलाई सहयोगीका रूपमा सहभागी गराइएको थियो।अझ मेरो लागि यो किन पनि महत्त्वपूर्ण रह्यो भने मेरो परिवार सहित यस कार्यक्रममा सहभागी अनुमति दिइएको थियो।घुम्ती पुस्तकालय जस्तो महत्त्वपूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन गरेकाले मभित्र पूर्ण आत्म विश्‍वासको साम्राज्य नै स्थापति भएको थियो कि म यो कार्यक्रम सफल बनाउन सफल हुने छु।भन्दा खेरी रोड सो शब्द प्रयोग गरिए पनि यो घुम्ती प्रदर्शनी थियो।कुनै निश्‍चित उद्देश्य र थिम बोकिनु रोड सोको विशेषता थियो।हाम्रो यस कार्यक्रम किन पनि पवित्र थियो भने हामीले पुस्तक प्रदर्शनी र वितरणको निकै दीर्घकालीन महत्त्वको उद्देश्य लिएका थियौँ।दुर्गमका शैक्षिक संस्था र पुस्तकालयलाई करोडौँ मूल्य बराबरका किताब सिधै प्रदान गर्ने यो कार्यक्रम अन्य विकासे संस्थाले गर्ने वनावटी कार्यक्रमभन्दा भिन्न किन पनि थियो भने हामीले ठूलो साधन स्रोत सहित उनीहरूको घर दैलोमा नै पुस्तक पुर्‍याइ दिएका थियौँ।

माघ महिनाको चिसो रात फुस फुस तुसारो पर्छ कि जस्तो थियो।जाडो मौसमलाई विदा दिने समय भए पनि सिरेठोले मुटु छुन भने छाडेको थिएन । दिन थियो ठ्याक्कै माघ महिनाको १३ गते।१२ गते नै झण्डै २५० कार्टुन बुक्स गाडीमा लोड गरिएको थियो गाडि थियो लिङ्कन कलेजको ९०२९ मार्कोपोलो।कीर्तिपुरको बास सवैरै ४ बजे छाड्दा जिउले असजिलो मानेको भने सहजै भान हुन्थ्यो।नोकिया मोबाइको रिमाङ्डर बज्यो किरिर किरी किरिरि….आवाजले अब सुत्न नदिने निश्‍चित गरेको थियो।सुरुमा हिडेर कलङ्की जाने प्लान भए पनि झोला गरुङ्गो भएकाले त्यसो हुन सकेन।हामी चड्यौँ कीर्तिपुरको हाइस सासै नफेरीकन बल्खु पुर्‍यायो।झिसमिस अध्यारोले चुनौती दिएकै थियो।चौहान जी र सुदीप जी भने कीर्तिपुरबाट ११ नम्बरे गाडीमा हुत्तिदै थिए कलङ्की तिर।हामी अगाडि पुग्यौ कलङ्की र साहुजीको कालो चियाको सुरुप्पमा केही समय भुल्यौँ।हाम्रो अर्को टोली स्वयम्भू तिरबाट आउँदै थियो।ड्राइभर तस्वीर लामा, सौरव थापा र गणेश राई र भक्तपुरबाट प्रशान्त न्यौपाने आउने निश्‍चित थियो।प्रकाश थापा ज्यू व्यवस्थापनमा जुट्दै हुनुहुन्थ्यो र आफू अफिसको गाडीमा आउने भएकाले यस गाडीको कमाण्डर मलाई तोक्नु भएको थियो।गाडीमा लिफ्ट दिने चलन हाम्रोमा नौलो होइन ड्राइभरको तर्फबाट एक जोडी मनकामना केबल कार सम्म र सुदीजीको तर्फबाट चितवन सम्म चार जनलाई बोकेर गरुङ्गो वजन सहितको बस कलङ्कीबाट साढे छ बजे प्रस्थान गर्‍यो दुई हप्ता भन्दा लामो अभियानका लागि।कलंकी देखि मुग्लिन सम्मको यात्रा मेरो यो झण्डै पचासौँ यात्रा थियो होला तर गाडी भरि ज्ञानका भारी र अक्षरका छपनी बोकेर हिँडेको भने यो पहिलो यात्रा थियो।प्रदुषणको कुण्डबाट स्वच्छ रारा तालमा पसेझै थानकोको नेटो हाम्रो मार्को पोलो गाडीले सजिलै काट्यो।साथमा आफ्ना आफ्ना कुराका फोहोरा फुटेका फुटै निरन्तर।मलेखुमा चिया खान रोक्दै गरेको गाडी लमतन्न पर्‍यो दाया भेगमा, कार्यक्रमको व्यानर टाँस्न हामीले कत्ति पनि ढिलो गरेनौँ।बाटोभरि फुलेका धुर्स्यौली फुल र प्याउलीका काइनाले स्वागत गरेको सजिलै भान हुन्थ्यो।पृथ्वी राजमार्गको घुम्तीमा झुल्ने हरियाली बोट विरुवाले सजिलै लोभ्याउँछ पटक पटक यस पटक पनि यो क्रम छुटेन।बाटोका दाया बाट निर्माणका लागि भत्काइका डाडाले मेरो पनि भत्किए जस्तै हुन्थ्यो; ग्रिनरी बिग्रेको म देख्नै सक्दिन।साथमा बुढिया पनि मख्ख थिई प्रथम पटक बुढासँग यति लामो टुर जान पाएकोमा उसको खुट्टा भुइँमा थिएनन् यो हरेक श्रीमतीमा पाइने भावना हो नै।

मुग्लिनमा चिया: मुग्लिनमा चियाको सट्टा अन्य कुरा बढी खाइन्छ।वासी भात बेचेको आरोप पनि मुग्लिनलाई नलाग्ने होइन तर मुग्लिनका सुन्तलालाई कमैले खोट लगाउछन्।र ठेलाका सुन्तला जहाँका भए पनि मनकामनकाका हुन् रे ती।हाम्रो गाडी पनि लमतन्न देव्रे साइडमा पसारियो हामी छचन्नायौँ कोही चिया पसलमा त कोही आफ्नै सुरमा भोका बाख्रा जङ्गलमा दौडे सरि।बिहानको मिर्मिरे घामले डाडमा मसाज गरेकै थियो तर मेरो मानसपाटल भरि यस पटको फिल्ड कस्तो हुने हो भन्ने हुन्डरीको तरङ्ग भने छुटेकै थियो।अरूले केके सोचे कुन्नी म भने बाहिर खिसिक्क हाँसे पनि भित्र मनमा कार्यक्रम सफल बनाउनु पर्छ भन्ने सुर्ताले गलेको थिएँ र SMS ठोकेँ प्रकाश सरलाई वहाँले भाइ भने पनि म भने औपचारिक नै हुन रुचाउछु मेरो कुन्नि के बानी हो यो। SMS पुग्यो कि पुगे न कुन्नी Preparing to move भनेर लेख्नु भयो र हाम्रो यात्राको पुन: थालनी भयो नारायणगड तिर।त्रिसुलीको सिरेठे मिठास गाडीमा सजिलै अनुभव गर्न पाइन्थ्यो।गाडी त्रशुलीको किनारै किनार हुत्तियो सम्म परेको नारायणगढे जङ्गलको छेउमा र मैले छवैकी श्रीमतीलाई सुझाएँ यतैबाट देवघाट जाने।गाडी हुइँकिएर नारायणगढ पुलचोकमा गएर थामियो र सुदीप जीका पाउना त्यही झरे उनीहरूलाई हामीले लिफ्ट दिएका थियौँ चौरासी पूजामा जानका लागि र सुदीप जीले चौरासी पूचा हापेर हामीसँग फिल्डमा जाने निधो गर्नु भयो म निकै खुशी भए र हाम्रो मार्कोपोलो टाटाले समात्यो सम्म परेको मधेसको सोझोबाटो करररर।

दाउन्ने: दउन्नेको भात लोकल कुखुराको रस मांसाहारीका लागि दशै ने हो नि आउ।त्यसमाथि जाडो याम के कुरा चाहियो र त्यो भन्दा।हाम्रो ग्रुपम मांसहारीको बहुलता थियो एक जान प्रशान्त बाहेक।हाम्रो समूहले १५० रुपैया तिरेर मासु र भात बुत्याउन थाल्यो कति सम्म भने बेलुका दाङमा बास बस्दा डिनर लिनै परेन।

लमहीमा गिलास फुट्यो: पटके र चेकिङ राई दाइ गाडीबाट ओर्ले

राप्ति सुपर लज, नित्यनन्द शर्मा वसन्त पुनको सहयोग बस्ने बन्दोवस्त

त्यो रात त्यही वित्यो

तस्वीर लामा तस्कर लामा भए

भोलि पल्ट प्यूठानका लागि प्रस्थान, बाटो नयाँ भएकाले सबैको चासो

बड्डाडा, चकचके, लिफ्ट माग्नेको भिड, झिमरुकको कुरा, उकालो, प्यूठान, स्वार्ग द्वारी क्यम्पस, कार्यक्रम खलङ्गा भ्रमण, रोल्पाका लागि प्रस्तान, सुली चौरमा खाजा, उकालो, बालाराम घर्ती मगरको किस्सा, उकालोकामा गीतका फोहरा, मनमा श्रिङ श्रिङ, घुम्ती र ओरालो रोल्पाको लिवाङ,

लिवाङ र स्वर्गद्वारी विशेष स्मरीय रहे

आत्म सम्मान र आत्म सन्तुष्टिको पेसा


रोड सो र स्वर्गद्वारी
अभियान पुस्तक प्रदर्शनी भए पनि प्युठानको स्वर्गद्वारी भन्ने नामले सबैको मन आकर्शित गरेको थियो।हाम्रो टोलि नेता प्रकाश थापालाई स्वर्गद्वारी नौलो नाम थिएन किन भने एकै वर्ष दुई दुई पटको भ्रमणले वहाँले गर्नु भएको थियो।हाम्रो टोली नेता प्रकाश थापालाई स्वर्गद्वारी नयाँ नाम नभएकाले अन्य सहकर्मी साथीहरूले सहजै यो प्रस्ताव लान सक्ने आँटमा थिएनन्।र साथीहरूले मसँग गनगन गर्दै सर हामी स्वर्गदवारी पुग्छौ कि पुग्दैनौ? प्रकाश सरलाई भन्दिस्यो न? भन्ने अनुनय मैले सहनु परेको थियो।ल ल भन्दै स्वीकृत सूचक भावमा झण्डै तीन दिन विते पनि direct प्रस्ताव मैले पनि लान सकिन तर प्रकाश सर स्वयंले हामी एक दिन शनिवार अफ छौँ ‘we think so’ भनेकाले स्वर्गद्वारी पुग्ने ग्रिन सिग्नल मैले पाएको थिएँ।२० माघमा रोप्पाबाट फर्कने स्केड्युल भए पनि हामी अगिल्लै दिन १९ गते नै रोल्पाबाट फर्किएर भिङ्ग्री भन्ने ठाउँमा बस्ने योजनामा स्वर्गद्वारी प्रवेशको प्रबल सम्भावना लुकेको थियो तर सवारी साधनको अभाव भने सहजै खड्किएको अनुभूति हुन्थ्यो।निकै बेरको छलफलपछि सवारी साधन भने हाम्र साविककै ठूलो बस लग्ने भन्ने भयो।ड्राइभर तस्वीर लामा न परे उनले १५ किमीको कच्ची बाटो सलल कुदाए कि यो पक्की कालो पत्र हो। जति बाटो अप्ठ्यारो भनिएको थियो तस्वीरल यो बाटोलाई सहज तुल्याइदिए।धन्यवाद तस्वीर दाईलाई।हामी झण्डै १ घण्टाको धुले सडकको उकालो पार गरेपछि चिसो लेकमा पुग्यौँ।जहाँ पून्यभूमि स्वर्गद्वारी थियो।गाडीबाट ओर्लेपछि निर्माणाधीन सिडीहरू सुरु भए।चिसोबाट बच्न मैले उकालोमा जगिङ गर्दै डौडेँ।केही समयपछि फोक्सो फुलेर आयो।प्रकास सरले मलाई फलो अप गर्नु भो र एकै क्षणमा उछिन्नु भो  पनि।१५ मिनेट पैदल उकालिए पछि साना साना झुपडी प्रकृतिका मन्दिरहरू आए हुन त बाटा वरिपरि धर्मशालाहरू नदेखिएका पनि होइनन्।लेडिज साथीहरूको हिडाइमा गति थिएन।नित्यानन्द सरले स्वर्गद्वारीको मिथकीय कहानी अगिल्लै दिन मलाई सुनाउनु भएको थियो।पुन: स्वर्गद्वारी मन्दिरका पुजारीले त्यसलाई दोहोर्‍याउनु भो।हामी फोटोका भोका थियौँ।फोटो खिचियो पनि धार्मिक आस्थाहीन मान्छे भए पनि कता कता मेरो मनमा पनि एउटा sentiment पैदा भएको थियो।बाउ बाजेको नाउँमा केही दक्षिणा चढाइदिने मन पलायो र चढाए पनि जम्मा तीन डिजिटमा कमाइ भए पो डिजिड बढ्छ।स्वार्गद्वारीका विषयमा मेरो मनमा जुन पूर्वधारणा थियो सो बमोजिम भने मैले त्यहाँ पाउन सकिन।साथीहरूलाई कस्तो लाग्यो कुन्नी मैले सोधिन, तर प्रसिद्ध कवि शिरोमणि लेखनाथ पौडेलको काव्य तरुण तपसीको पहिलो श्लोक यहिँ पुरेको हो रे भन्दा भने म केही एक्साइटेड भएँ।म चकित त्यति वेला भएँ जति वेला लोकल गाइको सयौँको बथान मैले त्यस मन्दिर परिसरमा देखेँ।बाझका रूख र सल्लाका रमणीय झङ्गल भने मलाइ विशेष स्मरणीय लागे।पौने घण्टाको भ्रमणपछि स्वर्गद्वारी मन्दिर स्मृति पटमा साँच्दै हामी पुन: उही बाटो अर्लियौँ भिङ्ग्री तिर घुलो उडाउँदै।जय पुन्यभूमि स्वर्गद्वारी।


बृहत् शैक्षिक मेला तथा पुस्तक प्रदर्शनी-२०६९

America Week Program Schedule (Road Show) Mid-Western Nepal (Jan 28 – Feb 6, 2013)

थालनी
रोड सो वा बृहत् शैक्षिक मेला यो अमेरिकी दुतावासको विगत चार वर्षदेखि निर्धारित कार्यक्रम हो।यसको मूल उद्देश्य स्वाभाविक रूपमै काठमाडौँ भ्याली बाहिरका जनतामा ज्ञानको सगुन पस्कनु थियो।यस भन्दा अगिका कार्यक्रमले पनि निकै प्रभावकारी छाप छोडेको थियो।यस कार्यक्रममा नेपाल पुस्तकालय संघ सहयोगी संस्थाका रूपमा सहभागी थियो।भने पोखरा पुस्तकालय संघ दाङ्ग पुस्तकालय संघले पनि सह संयोजनका भूमिका निर्वाह गरेका थिए।द एसिया फाउन्डेसनले उक्त कार्यक्रमको सहप्रायोजन गरेको थियो।अमेरिकी कर्नरका कर्मचारी तथा नेपाल पुस्तकालय संघका स्वयं सेवकहरूले यस कार्यक्रमलाई सफल बनाउन भूमिका निर्वाह गरेका थिए। यसको नमुना घुम्ती पुस्तकालयको जस्तो थियो।भन्दा खेरी रोड सो शब्द प्रयोग गरिए पनि यो घुम्ती प्रदर्शनी थियो।कुनै निश्‍चित उद्देश्य र थिम बोकिनु रोड सोको विशेषता हो।यस कार्यक्रम किन पनि पवित्र थियो भने यस कार्यक्रमले पुस्तक प्रदर्शनी र वितरणको निकै दीर्घकालीन महत्त्वको उद्देश्य लिएको थियो।दुर्गमका शैक्षिक संस्था र पुस्तकालयलाई करोडौँ मूल्य बराबरका किताब सिधै प्रदान गर्ने यो कार्यक्रम अन्य विकासे संस्थाले गर्ने वनावटी कार्यक्रमभन्दा भिन्न किन पनि थियो भने यसले ठूलो साधन स्रोत सहित उनीहरूको घर दैलोमा नै पुस्तक पुर्‍याइ दिएका थियौँ।

पहिलो कार्यक्रम: प्यूठान
२०६९ माघ १६ गते नेपालको मध्य पश्‍चिमाञ्‍चाल विकास क्षेत्रको पहाडी जिल्ला प्यूठानमा अवस्थित स्वार्गद्वारी महुमुखी क्याम्पसमा यस वर्षको रोड सो कार्यक्रमको प्रथम कार्यक्रम उद्‌घाटन भएको थियो।यस कार्यक्रमको प्रमुख अतिथि पूर्व साभासद मुक्ति प्रसाद शर्मा थिए भने यस कार्यक्रमको सभापतित्व यसै क्याम्पसका क्याम्पस प्रमुख मोहन गिरीले गर्नु भएको थियो।पुस्तक प्रदर्शनीले हामीजस्ता विकट स्थानका जनतामा पनि चेतनाको ज्योति फैलनमा हामी विश्‍वस्त छौँ भन्ने धारणा प्रमुख अतिथि शर्माले व्यक्त गरेका थिए।उक्त कार्यक्रमलाई अमेरिकी दुतावासका सूचना अधिकृत रवर्ट डमेनले पनि सम्बोधन गरेका थिए।यी पुस्तकहरू नेपाली जनताका लागि अमेरिकी सरकारले पठाएका उपहारहरू हुन् भन्ने धारणा उनको थियो।उद्‌घाटन सत्र पश्‍चात् सुरु भएको पुस्तक प्रदर्शनी भोलिपल्ट (माघ १७ २०६९) अपरान्ह दुई (२) बजेसम्म चलेको थियो।उक्त कार्यक्रमा त्यस स्थानका कलेज, पुस्तकालय तथा उच्च माविहरूमा अवस्थित पुस्तकालयहरूलाई पुस्तक हस्तान्तरण गरिएको थियो भने पोखराबाट आएका अशक्त (दृष्‍टिविहीन)हरूले उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।कार्यक्रममा अमेरिकाको मौलिक पहिचान र उत्पादनका विषयमा प्रचन पनि भएको थियो भने अमेरिका सम्बन्धी चलचित्र पनि प्रदर्शन गरिएको थियो।यसै गरी सामाजिक सञ्‍जाल प्रविधिका विषयमा पनि उक्त कार्यक्रममा छलफल भएको थियो।यस दिनको कार्यक्रमको उद्‍घोषण नेपाल पुस्तकालय संघका स्वयं सेवक अशोक थापाले गरेका थिए भने कार्यक्रको उद्देश्यका विषयमा नेपाल पुस्तकालय संघका अध्यक्ष तथा अमेरिकी पुस्तकालयका डाइरेक्टर प्रकाश थापाले गरेका थिए।दश हजार भन्दा बढी व्यक्तिहरूले उक्त प्रदर्शनी अबलोकन गरेको स्थानीय मेडियाहरूले बताएका थिए।
 
                                                
रोड सोका क्रममा प्यूठानका केही तस्वीरहरू
 






दोस्रो कार्यक्रम: रोल्पा: प्यूठानको दुई दिने सफल कार्यक्रम सम्पन्नपछि नेपालको दुर्गम पहाडी जिल्ला रोल्पामा दोस्रो दिनको कार्यक्रम सञ्‍चालन भएको थियो।रोल्पा उद्योग वाणिज्य संघको सभा हलमा आयोजित उक्त कार्यक्रमको उद्‌घाटन पूर्व सांसद् लेखनाथ आचार्यले गरेका थिए।उक्त कार्यक्रमको सभापतित्व रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष किशोर आचार्यले गरेका थिए।उक्त कार्यक्रममा बोल्दै सांसद् आचार्यले यी पुस्तकहरू दीर्घकालीन महत्त्वका छन् र यसले भविष्यमा निकै ठूलो महत्त्व राख्‍ने कुरा व्यक्त गरेका थिए।उक्त कार्यक्रममा अमेरिकी दुतावासका सूचना अधिकृत रोवर डोमेनले स्थानीय वुद्धिजीवी सँग छलफल र अन्तर्क्रिया गरेका थिए।नेपालको विकासका लागि नेपाली नै समर्पित भएर लाग्नु पर्छ भन्ने कुरा उनले व्यक्त गरेका थिए।यसै गरी अमेरिकी दुतावासको सांस्कृतिक कार्यक्रमका विषयमा पनि अमोद भट्टराई तथा सुधिर महतबाट एक प्रस्तुति दिइएको थियो।सिर्जनशीलताका विषयमा डोमेनको एक अर्को प्रस्तुति दिएका थिए उक्त कार्यक्रमलाई स्थानीय विद्यार्थीहरूले निकै चासोका साथ हेरेका थिए।यसै गरी उक्त कार्यक्रममा नेपाल पुस्तकालय संघका अध्यक्ष तथा अमेरिकी पुस्तकालयका डारेक्टर प्रकाश थापाले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए।उक्त कार्यक्रम पश्‍चात् लिवाङमा अवस्थित जलजला समुदायिक पुस्तकालय, जलजला कलेज, नवनेपाल कलेजलाई पुस्तक हस्तान्तरण गरिएको थियो।उक्त दिनको कार्यक्रममा झण्डै ६ हजारको हाराहारीमा अवलोकन भएका थिए।









लिवाङको कार्यक्रममा पुस्तक अवलोकन गर्दै विद्यार्थीहरू
 
दाङ्ग: यस वर्षको शैक्षिक प्रदर्शनीको तेस्रो कार्यक्रम मध्य पश्‍चिमाञ्‍चल विकास क्षेत्रको मात्र नभएर एसियाकै दोस्रो विशाल उपत्यका दाङमा भएको थियो।उक्त कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको थियो उक्त कार्यक्रमको सभापतित्व दाङ पुस्तकालय संघका संरक्षक नित्यानन्द शर्माले गरेका थिए।उक्त कार्यक्रममा अमेरेकी दुतावास काठमाडौकी पब्लिक अफियर अफिसर सुजन पार्करले रोड ट्रिप एक्रस अमेरिका शीर्षकमा प्रस्तुति दिएकी थिइन्।यसै गरी फाइफ म्याकडफले अमेरिकामा शिक्षा र अङ्ग्रेजी भाषाका विषयमा आफ्नो प्रस्तुति दिएका थिए, यसै गरी द एसिया फउन्डेसनका देशीय प्रतिनिधि जर्ज भर्गिसले पुस्तक प्रदर्शन गर्नुको मूल उद्देश्यका विषयमा प्रकाश पारेका थिए।यसै गरी अमेरिकी दुतावासका कर्मचारी नवीन रायमाझी र सुधिर महतले अमेरिकामा खेलकुदको स्थितिका विषयमा प्रकाश पारेका थिए।यसै गरी दाङका स्थानीय खेलाडीसँग मैत्रीपूर्ण बास्केटबल प्रतिस्पर्धा पनि भएको थियो।उक्त कार्यक्रममा महिलाका विषयमा पनि  छलफल भएको थियो।यसका साथै दाङमा अङ्ग्रेजी भाषा सम्बन्धी प्रवचन, वास्केटबल प्रतियोगिता, महिलाहरूसँग गरिएको छलफल तथा अमेरिकाको ऐतिहासिक तथा सांस्कृतिक विषयमा पनि छलफलले निकै प्राथमिकता पाएको थियो।उक्त कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पस पुस्तकालय, सर्वोदय पुस्तकालय, जेसिस पुस्तकालय, राप्‍ति बबइ क्याम्पस पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको थियो।झण्डै २० हजार भन्दा बढी स्थानीय वासिन्दा विद्यार्थीहरूले उक्त कार्यक्रमको अबलोकन गरेका थिए।
 

दाङको पुस्तकमेलामा पुस्तक अवलोक गर्दै विद्यार्थी (तल), स्वयं सेवकलाई प्रशंशा पत्र दिँदै (माथि)











सहभागीहरू
१.     अशोक थापा (नेपाल पुस्तकालय संघ)
२.     सौरव थापा (नेपाल पुस्तकालय संघ)
३.     प्रशान्त न्यौपाने (नेपाल पुस्तकालय संघ)
४.     सम्झना भण्डारी (नेपाल पुस्तकालय संघ)
५.     हृदेश केसी (अमेरिकी कर्नर सुर्खेत)
६.     लाल बहादुर चौहान (नेपाल पुस्तकालय संघ)
७.     दीपिका गिरी (अमेरिकी कर्नर, भैरहवा)
८.     श्याम आले (अमेरिकी कर्नर, पोखरा)
९.     सूर्य क्षेत्री (अमेरिकी कर्नर, पोखरा)
१०.                       अर्जुन श्रेष्ठ (अमेरिकी कर्नर, पोखरा)
११.                       शान्ता खड्का (अमेरिकी दुतावास, काठमाडौँ)
१२.                       प्रकाश थापा (अमेरिकी दुतावास, काठमाडौँ)
१३.                       मिना कैनी (अमेरिकी दुतावास, काठमाडौँ)
१४.                       सुधिर महत (अमेरिकी दुतावास, काठमाडौँ)
१५.                       नवीन रायमाझी (अमेरिकी दुतावास, काठमाडौँ)
१६.                       सुजन पार्कर (अमेरिकी दुतावास, काठमाडौँ)
१७.                       रवर्ट डमेन (अमेरिकी दुतावास, काठमाडौँ)
१८.                       पाइफ म्याक डफ (अमेरिकी दुतावास, काठमाडौँ)
१९.                       जर्ज भर्गिस (द एसिया फाउन्डेसन)
२०.                       समिरा श्रेष्ठ (द एसिया फाउन्डेसन)
२१.                       वासुदेव थापा (स्थानीय स्वयं सेवक)
२२.                       नित्यानन्द शर्मा (दाङ पुस्तकालय संघ)
२३.                       वसन्त पुन (दाङ पुस्तकालय संघ)
२४.                       सुदीप ढकाल (नेपाल पुस्तकालय संघ)
२५.                       तस्वीर लामा (ड्राइभर)
२६.                       गणेश राई (सहयोगी)
२७.                       सन्दीप लामा (सहयोगी)
२८.                       हेमसागर पौडेल (अमेरिकी कर्नर इलाम)  आदि
 

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

निरन्तर लेखाइ