जीवन न काँडा न फूल फगत, ऐजेरु (LIFE: NEITHER FLOWER NOR THORN ONLY DISENCHANTMENT)

जीवन काँडा कि फूल पुस्तक पढेपछि मेरो समीक्षा लेख्ने क्षमता नै गायव भयो । म छक्क परेँ मैले कलमै चलाउन सकिन, निकै समय घोरिएँ  अहँ ---- कसम म कुनै निर्क्यौलमा नै पुग्नै सकिन । औसत किताप पढ्दा खेरी एउटा मान्यता अझ अवधारणा भनौँ जसले पनि बनाउँछ  यहाँले पनि पक्कै बनाउनु हुन्छ होला हैन त? मेरो माथा खराब हुनाका पछाडि पक्कै केही कारणहरू छन् । विशेष परिस्थितिहरू छन् । अल्पज्ञानका केही चुइँटाहरू छन् । मेरो दिमाग अनिर्णयको बन्दी हुनाको त्यस्तो विशेष कारण पुस्तकमा उठाइएको विशेष मुद्दा नै हो । जीवन के हो ? यो संसारमा आजसम्म परिभाषित हुन नसकेको प्रश्न हो । ठूला ठूला मनिषी, वैज्ञानिक तथा दार्शनिकले पनि जीवनलाई परिभाषित गर्न सकेका छैनन् । शताब्दीऔँ देखि पढिएका डार्विन, मार्क्स, आइस्टाइन अनि फ्रायडजस्ता हस्तीले पनि जीवनलाई व्याख्या गर्ने परीक्षामा फेल भएका छन् । अझ उनीहरू पास भएका छैनन् । यस्तो मुद्दा झमकले आफ्नो पुस्तकमा उठाएकी छन् । जीवन फूल हो भत्रे हाइपोथेसिसका आधारमा महिनौँ टोलाएँ  अहँ पुस्टि भएन । जीवन काँडा हो भन्ने तर्कका पछि हप्तौँ लागेँ अहँ हातलाग्यो शून्य । यस्तै हो र हैनको दोसाँधमा घोरिएकै बखत पुस्तकालय आवाज टिमले लेख माग्यो त्यो पनि जीवन काँडा कि फूलकै सन्दर्भ दिएर यस्तै वित्याँसका बावजुद यी हरफहरू विस्तारै दाहिने सर्दैछन् ।

झमक कुमारी घिमिरे सन् १९८० मा धनकुटा जिल्लामा जन्मेकी नारी स्रष्टा हुन् । उनी हिडडुल गर्न सक्दिनन् न त बोल्न नै । उनी जम्नै देखि नै चल्न चल्बलाउन नसके पनि खुट्टाले कलम चलाएर निकै स्तरीय साहित्यसिर्जना गर्न सक्षम विश्वकै दुर्वल साहित्यकार मध्ये एक पर्छिन् ।  सुन्न र भनेका कुरा बुझ्नमा भने उनी अब्बल छिन् ।  औपचारिक शिक्षा लिँदै नलिएकी घिमिरेले पत्रिकामा स्तम्भ लेख्नाका साथै थुप्रै कविता पनि सिर्जेकी छन्। सुन्ने क्षमता भएकी घिमिरेले आफू घर्सेर पनि बहिनीले पढेको सुनेर लेखेको देखेर आफूले पढ्न लेख्न सिकेकी हुन् । विगत डेढ देशकदेखि लेखनकार्य आरम्भ गरेकी घिमिरेले गोरखा दक्षिण बाहु जस्ता पुरस्कार हात पारे पनि हाल उनी झन् बढी चर्चामा किन छन् भने उनको पुस्तक जीवन काँडा कि फूल ले २०६७ सालको प्रख्यात मदन पुरस्कार प्राप्त गर्‍यो । झमक घिमिरेद्वारा लेखिएका पुस्तकहरू संकल्प, आफ्नै चिता अग्निशिखा तिर, मान्छे भित्रका योद्धाहरू, सम्झनाका बाछिटाहरू, झमक घिमिरेका कविताहरू, जीवन काँडा कि फूल, अवसान पछिको आगमन, क्वाँटी सङ्ग्रह आदि हुन् । यस सन्दर्भमा उनको बहुचर्चित जीवन काँडा कि फूल भत्रे पुस्तकको समीक्षा हुँदै छ ।
 
झमक अरू औसत मान्छे जस्तो सबलाङ्ग जन्मिनन् भत्रे कुरा अघि नै ज्ञात भयो । उनलाई परिवारले मुर्कट्टा भन्यो र पनि उनलाई काँडाले जस्तो बिझाएन फूलझैँ उनले मुस्कुराएर स्वागत गरिन् । विकलाङ्ग शरीर र एक छाक टार्न मुश्किल पर्ने परिवारमा जन्मेर पाएको सास्तीलाई पनि उनले जीवनको सार्थकताको परिभाषामा अटाइन् उनको शब्दकोशमा निराशा भत्रे शब्द नै भेटिएन । चाडबाड दशैँमा परिवारजनले आशिर्वाद दिनाको साटो यो चाँडै मरोस् भत्रे आशिस दिएको कुरा उनी झलझली सम्झिन्छिन् र पनि उनमा निराशबोध कहिल्यै भएन र भन्दै गइन् जीवन फूलको थुङ्गा हो । उनले कुनै औपचारिक स्कुले भवन देखिनन् घरमै सिक्ने प्रयास गर्दा त अपाङ्गले सिकेर के गर्छेस् भनी अवरोध गरियो त्यसलाई पनि झमकले सजिलै स्वीकार गरेकी छन् । भुँइ रगडेर कपुरी लेख्दा उनको खुट्टाको औँलाबाट रगत आयो तर भुँइ भत्काइस् भनेर परिवारले अवरोध पुर्‍यायो तर उनमा कहिल्यै जीवन अप्ठ्यारो लागेन । अँगार वा कालो गोलले भित्तामा लेख्ने प्रयास पनि उनले गरिन् तर कालो गोलले लेख्यो भने परिवारलाई रिन लाग्छ भनेर परिवारले पुर्‍याएको अवरोध पनि उनका लागि उर्जा नै बन्यो त्यहाँ पनि झमकले फूलको सुगन्ध मात्रै देखिन् । उनी पढेर सजाय पाउने एक मात्र व्यक्ति हुन् तर जीवनलाई गुनासो गरिनन् । उनले पढ्ने पाठ्य सामग्री माग्दा कुटाइ खाइन् चाहेर पनि उनी मज्जाले हाँस्न पाइनन् । उनी जीवनबोधमा घोरिइन् तर जोखाना हेर्नेले परिवार पिर्छ भनेर झापड वा प्रहार खानु पर्‍यो । लच्छिन हराएकी भनेर गाली खानु पर्‍यो । बज्यै मर्दा सँगै लास बनेर जान नपाएर उनमा थुप्रै कुण्ठा मन भरि साँचियो तर जीवनलाई कहिल्यै काँडा देखिनन् । उनले लाज पचाइन् । आफ्नै आका मुछिन् । लाज ढाक्ने असफल प्रयास गरिन् र पनि उनले जीवनलाई फूल देखिन् कतै यसमा व्यङ्ग्य त छैन्  थुइङ्क जीवन भनेर , जे होस् झमकले जीवनलाई फूलकै संज्ञा दिइन् (घिमिरे : कान्तिपुर) ।
झमकले पक्कै पनि फूलै फूलको विछ्‌यौनामा शयन गरेर जीवन फूल भत्र खोजेकी होइनन् उनले कैयन् अभावका काँडे तारमा अल्झेकी छन् । तर उनको गन्तव्य जीवनको अस्तित्वतिर हो । जस्तै भए पनि जीवनलाई फूलमय सुन्दरतम भन्नेतर्फ भने उनको वाध्यात्मक लगाव हो । एक जना अपाङ्ग भएर पाशुतुल्य वा पशुवत् जीजन बाँच्नु पर्दा कति पीडा होला त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । कल्पना र अनुभूतिले यसको व्याख्या गर्दैन । उनले जति व्याख्या गरिन् यो पूर्ण होइन । अक्षरले सर्लक्कै यथार्थ पस्कन्छ भत्र सकिँदैन उनको मनस्थितिमा अभिव्यञ्जित यथार्थ योभन्दा ज्यादा भयङ्कर हुनुपर्छ । यहाँ जति उनी पोखिएकी छन् त्यो एक अंशमात्र हो । झमकलाई हेरिने यो एउटा पाटो मात्र हो योभन्दा विशाल र सपाट पक्ष अझै छेलिएको पक्कै छ त्यो पनि इतिहासले सार्वजनिक गर्छ होला ।  दविएको अन्तर्मनको खिल फुटेर अक्षरमा छ्‌यालव्याल भएका छन् उनका आर्तनाद जसले पाठकको मन शान्त त पार्छपार्छ जीवनलाई माया गर्न पनि सिकाउँछ । यसका साथै विसङ्गतिबोध भएपछि साँचो अर्थमा जीवन मूल्य फेला पर्छ भन्ने धारणा पनि यसमा ठाउँठाउँ अभिव्यक्तिएको प्रस्टै हुन्छ । यति मात्र होइन झमकले जीवनलाई छातीमा मुठ्ठी हिर्काएर फूल भनेकी छन् । मैले जीवनलाई फूल भनेर अर्थ्याएँ तर यो परिभाषा भित्र मेरो जीवन पर्छ कि पर्दैन भनेर द्विविधाका बीचमा पनि उनले जीवनलाई प्रस्ट्याएकी छन्।  झमकले बांचेको उमेर जीवन बोधको पूर्ण पाठ होइन किनभने उनले कैयन् जीवनका प्रहार सहनै बाँकी छ । उनी करिब तीन दशको समयावधिमा क्रियाशील छन् जुन नेपालीको औषत आयुको पनि आधा मात्र हो । सायद उनले पूर्ण जीवन बांचिन् भने जीवनलाई फूल नै भन्छिन वा कांडा वा यस्तै ऐजेरु, खै त्यो भने निष्कर्ष निस्कनै बांकी छ ।  मेरो पठनमा यस पुस्तकको सबै भन्दा ठूलो शक्ति भनेको लेख्दा गमेर लेख्नु र लेख्दा नढांट्नु हो। झमकको लेखाइमा दम छ, उनलाई प्रशस्त सहानुभूति पनि छ, सहानुभूति र उनको लेखाइको इमान्दारिताले यस पुस्तकलाई विशेष बनाएको छ । एक अशक्त शरीर हातको सट्टा खुट्टाले लेख्नु पर्ने अश्चर्यसूचक बिम्बले झमकलाई एक चोटि पढ्नै पर्ने परिस्थिति सिर्जना गरेको हो । उनी जे सोच्छिन् त्यो लेख्छिन्, जे भोग्छिन् त्यो जस्ता को तस्तै अक्षर बिम्बमा उतार्छिन् यो उनको लेखनमा रहेको शक्ति हुंदै हो ।  सिर्जना शक्ति विफल कहिल्यै हुंदैन भत्रे माधव घिमिरेको उक्ति पनि यस सन्दर्भमा सांचो ठहरिएको छ ।
       यस कृतिभित्र निकै शक्ति र सामर्थ्य हुंदाहुंदै पनि झमक परिवार आफूलाई सिर्जना गर्ने माता पिता प्रति यति उग्र रूपमा नखनिएको भए हुन्थ्यो । माता पिताका वचन तिखा होलान्, उनीहरूका लागि आफ्ना सन्तान कहिले बोझ भए होलान् तर त्यो भन्दा मूल्यवान् उनीहरूले सृष्टि गरे नि त ।  माताले ममता भन्दा पनि दश महिना सम्म गर्भमा बोकिन् नि त ? स्याहार गरिन् नि त, आफ्नो छाती चुसाएर तपाइंलाई यति सोच्न, यति लेख्न अरू केही नभए पनि संसार हेर्न सक्षम त बनाइन् त । तसर्थ झमक जी जति नै मन कुंडिए पनि मातृ देवो भव, पितृ देवो भव भन्ने भावबाट विचलित नभएको भए जीनव कांडा कि फूल झन् सार्थक हुने थियो । झमकमा जीवन फूल रहेछ भत्रे निष्कर्ष निकाल्ने सामर्थ्य पनि माता पिता बाटै प्राप्त भएको कुरा पनि भुल्न हुन्छ र ?
जीवन कांडै कांडा पनि होइन, न त झमकले भनेझैं फूलै फूल ।  जीवन अलिकति कांडा अलिकति फूल त्यो भन्दा बढी फूल्न र फूल भन्दा बेग्लै अस्तित्वको कांडा हो र यो कहिले न कांडा न फूल यो त फगत ऐजेरु हो न फुल्न सक्छ न कांडा झैं तिखारिएर बस्न सक्छ । जीवनमा कहिल्यै सङ्गति भेटिंदैन । जीवन प्रति पूर्ण सन्तुष्ट मान्छे पनि यो पृथ्वीमा जन्मे कै छैन कोही अपवादमा जन्मेकै रहेछ भने पनि मृत्युको दिन गनेर तर्सन्छ तर्सन्छ । जीवनको अन्तिम गन्तभ्य पनि निश्चित छैन न त जीवनको कुनै निश्चित आकार नै । जे चाहना राखिन्छ त्यो पूरा हुंदैन । जे पूरा गरिन्छ त्यो आकाङ्क्षा होइन । यस्तै नचाहीकन यस धर्तीमा जन्मनु पर्ने, इच्छा विना नै यस धर्तीबाट मृत्यु वरण गरेर जानु पर्ने जीवनको नियतिमा झमकको जीवन फूल भत्रे निष्कर्ष हांस्यस्पद लाग्छ ।  जीवन फूल भत्रे झमकले कहिल्यै जीवनमा त्यसको सार्थक सुगन्ध किन सुघ्न नपाएको होला ? यो प्रश्न अनुत्तरित नै छ । जीवन कांडा नै कांडा हो भत्रे हो भने पनि मान्छेले सजिलै आत्महत्या किन गर्न सक्दैन । ल आत्महत्या नै गरेछ भने पनि ऊ यौटा विशाल अस्तित्वबाट वञ्चित हुंदैन र ? हुने हार दैव नटार, भत्रे उक्तिमा ऊ हार्‍यो । यसर्थ जीवन कांडाभन्दा पनि पूर्ण छैन जीवन फूल भन्दा पनि दैनन्दिन जीवनमा कांडाले कोपेकै छन् यसर्थ झमक जी जीवन न कांडा न फूल फगत ऐजेरु भनियो भने तपाइको चित्त बुझ्छ कि बुझ्दैन त्यो भने भविष्यकै गर्तमा छोडौं ।



Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

निरन्तर लेखाइ