संस्थागत हुँदै पुस्तकालय दिवस


डा. अशोक थापा
नेपालमा पुस्तकालय कति छन्? एउटा अनुत्तरित प्रश्‍नसँगै भदौ १५ गते पुस्तकालय दिवस भित्रिँदै छ। छैठौँ संस्करणको पुस्तकालय दिवसको भव्य तयारी भइराखे पनि सङ्ख्याका विषयमा नेपालका पुस्तकालयकर्मी नाजवाफ हुँनु कुनै नौलो कुरा होइन। पुस्तकालयको सङ्ख्या यकिन गर्न सक्ने ल्याकत नेपालका पुस्तकालय कर्मीसँग छैन । न त शिक्षा मन्त्रालयसँग नै कुनै स्पष्ट तथाङ्क छ हरेक वर्ष जस्तै यस पटक पनि नेपाली प्रेस जगत् अनुत्तरित नै हुने छन् र उनीहरूले पाउने छन् उही काँचो उत्तर नेपालमा हजार-बाह्र सय जति पुस्तकालय छन् के यो तथ्याङ्क विश्‍वास गर्नलायक छ ? यो सङ्ख्या सामुदायिक पुस्तकालयको हो कि शैक्षिक पुस्तकालयको ? पुस्तकलाय दिवसको उद्देश्य पुस्तकालयको सङ्ख्याका विषयमा माथापच्चिसी गर्नु मात्र पनि होइन नेपालको पुस्तकालयको सन्दर्भमा प्रश्‍न धेरै अनुत्तरित छन् नेपालको सन्दर्भमा पुस्तकालय नीति कस्तो हुनु पर्छ ? डिजिटल युगको पुस्तकालयको अवधारणा के हो ? पुस्तकालय जम्नु पर्छ कि निरन्तर बग्नु ? पुस्तकालय र सूचनाको सम्बन्ध कस्तो रहन्छ? आदि आदि।

प्रहार र प्रश्‍नहरूको बीचबाटै पनि पुस्तकालय दिवस भव्य रूपमा सम्पन्न हुँदैछ नेपालका सन्दर्भमा यो नवौँ पुस्तकालय दिवस हो । हामीले पुस्तकालय दिवस मनाइ रहँदा गीर्वाण युद्ध विक्रम राजालाई भुल्दैनौँ जसले पुस्तक चिताई तहविल (एक प्रकारको लालमोहर) जारी गरे यो वि.स १८६९ सालको घटना हो पुस्तकहरूको रेखदेख, हेरविचार र व्यवस्थापन गर्न निर्देश गरेको यो दिन भदौ १५ गते परे बमोजिम नेपालमा २०६५ देखि निरन्तर पुस्तकालय दिवस मनाइँदै आएको छ।

‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय भन्ने मूल नराका साथ शिक्षा मन्त्रालयका नि.सचिव डा. लवदेव अवस्थीको संयोजकत्वमा नवौँ पुस्तकालय दिवस मूल आयोजक समिति बनेको छ उक्त समितिमा नेपालको पुस्तकालय क्षेत्रका सरोकारवाला संघ संस्थाहरू आबद्ध छन् । उपत्यकामा मात्र होइन पुस्तकालय दिवसको नारा मोफलसमा पनि घन्कने गर्छन् पोखरा पुस्तकालय संघका संस्थापक सूर्य क्षेत्री पोखरामा पुस्तकालय दिवस मनाउन भव्य तयारी भइरहेको जानकारी दिँदै यो त एउटा महोत्सव जस्तै बनाउने तयारीमा जुटेको कुरा व्यक्त गर्छन् दाङ पुस्तकालय संघका अध्यक्ष वसन्त पुनको विचार पनि क्षेत्रीको भन्दा भिन्न छैन दाङ जिल्ला वरिपरिका पुस्तकालय एकजुट भएर नवौँ पुस्तकालय दिवस मनाउ लागेको सुझाउछन् उनी पुस्तकालय दिवसकै सन्दर्भमा सिर्जनात्मक काम गरेर मनाउने योजना छ भक्तपुर पुस्तकालय संघका अध्यक्ष सुरेन्द्र दुवालसँग पुस्तकालय दिवसका नेपालमा पुर्वाञ्चल, दाङ, चितवन, पोखरा, लुम्बिनी, भक्तपुर जस्ता क्षेत्रीय पुस्तकालय संघ सक्रिय रूपले लागेका छन्।

धेरै मनाइन्छन् दिवसहरू नेपालमा दिवसको आफ्नै मनोविज्ञान हुन्छ भनिन्छ दिवसले एक विचार वा मुद्दालाई सामाजिक मान्यता दिने गर्छन् । पुस्तक पढ्नेहरूको पनि दिवस हुन सम्भव छ पुस्तक व्यवस्तापन गर्नेको पनि दिवस हुनु अस्वाभाविक होइन पुस्तक पढ्नु बहाना मात्र पनि होइन होला पुस्तक पढ्नु रुचि हो आवश्यकता अनि ज्ञानको क्षितिज तन्काउने विस्तृत योजना पनि हो पुस्तक पढ्नु अनेक प्रयोजन हुन्छन् जुन एकको अर्कोसँग मेल खाँदैनन् प्राय: । पुस्तकालय दिवसको पनि एउटा मनोविज्ञान छ पुस्तकालय पेसाकर्मीको सर्वाङ्गिण विकास हुनु पर्छ

पुस्तकालय दिवस मनाउँदैमा यस क्षेत्रको कायपलट नै हुने कुरामा विश्‍वास गर्दैनन् हाल अमेरिकामा वसोवास गर्ने नेपाल पुस्तकालय संघका पूर्वअध्यक्ष प्रकाश कुमार थापा पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालयकर्मीले पाठकलाई के नयाँ कुरा पस्कने ? यसको सही विश्‍लेषण गर्न सकेको खण्डमा नेपालमा पुस्तकालय दिवस सफल भएको मानिन्छ भन्ने धारणा राख्छन् पूर्व अध्यक्ष थापा पुस्तकालय दिवसमा एउटा गतिलो प्रतिबद्धताको खाँचो औल्याउँछन् उनी नारामा सीमित नभएर हामी पुस्तकालयकर्मी पुस्तकालय विकासमा कति जिम्मेबार छौँ, त्यसको लेखाजोखा गरेको खण्डमा पुस्तकालय दिवस सार्थक हुने छ भन्ने मान्यता छ राख्छन् नेपाल राष्ट्रिय पुस्तकालयका पूर्व प्रमुख दशरथ थापा

नेपालका गाउँहरूमा पुस्तकालय छैनन् पुस्तकालय जति छन् ती पनि नाम मात्रका सामुदायिक विद्यालयहरूमा पनि पुस्तकालयको पूर्वाधा प्राय: नगन्य छ फेरि शिक्षा लिनदिने कुरा निरन्तर चलिरहने हो । यसै कुरालाई मनन गरी यस वर्षको पुस्तकालय दिवसको नारा जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय राखिएको छ यो शिक्षा मन्त्रालय भित्रको भावना मात्र होइन समग्र पुस्तकालयकर्मीहरूको मर्म भित्र पनि पर्छ
रचनात्मक क्रियाकलापन पुस्तकालय दिवसको विशेषता हो।विगत ५ वर्षदेखि रक्तदान, निबन्ध प्रतियोगिता, सरसफाइ, परिसंवाद, पत्रकार सम्मेलन आदि कार्यमा पुस्तकालय कर्मीहरू निरन्तर जुटेका छन्।रचनात्मक क्रियाकलाप र सामाजिक सम्पर्ककै कारण उपत्यकामा मात्र नभएर पुस्तकालय दिवस उपत्यका भन्दा बाहिर पनि पुग्न सफल भएको हो।सीमित स्रोत र साधनका बीच पनि पुस्तकालय दिवस संस्थागत हुँदै छ।

त्रिवि केन्द्रीय पुस्तकालय नेपालको सबैभन्दा ठूलो पुस्तकालय हो।जुन विगत पाँच दशकदेखि निरन्तर छ।नेपालमा सार्वजनिक पुस्तकालयको भने अभाव खड्केकै छ।एक गाउँ एक पुस्तकालय भन्ने भनाइ नेताका भाषामा सीमित भइरहेको सन्दर्भमा गतिलो सरकारी नीतिको आवश्यकता सर्वत्र खड्केको छ।  

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

शैलीविज्ञान सिद्धान्त र प्रयोग

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन