नामदुंग नपढेका हामी - डा. अशोक थापा
डा. अशोक थापा,
त्रिभुवन विश्वविद्यालय, नेपाल
Dr. Jeevan Namdung |
पटकपटक पानी ट्याङ्की छिरे पनि यो मेरो पहिलो
यात्रागत उद्घाटन थियो दार्जिलिङको । धुपिलो जुन ५ सन् २०१८ को उखुम दिन ।
बर्खामासको समय र सिलिगुढी बजारको व्यस्तता अनौठो थियो गज्याङ्मज्याङ् । बागडोगरा
सिलिगुढी बजार तात्नसम्म तातेको थियो दिउँसोको घामले र धन्न छिनछिनमा आकाशे
पञ्चाम्मृत खन्याइ रहन्थ्यो प्रकृतिले दरर् दरर् । हामी छक्क परेका थियौँ त्यस
समयको प्रकृतिको अधैर्य स्वभाव देखेर । नेपालबाट मेरो गुरु प्रोफेसर रामचन्द्र
पोखरेल, दार्जिलिङ्का हितैसी कविमित्र सुकराज
दियाली, अर्का सहृदयी पत्रकार-व्यावसायी मित्र विजय रुचाल र
हामी जम्मा ५ थान मनुवा उभो हेर्दै थियौँ कालिंपोंग लेकतिर । यात्रा मधेसबाट पहाड
उक्लनु पर्ने थियो, विजयजीको साथीको कार थियो हाम्रो
सवारीसाधन । यात्रा सुरु हुनासाथ हामीले टोय ट्रेन लाइनलाई दाया पारेर हुत्तियौँ
अगाडि । एकै छिनमा सम्म परेको सिलिलि भूभाग सकिएर चिया कमानको हरियाली आउँदा हामी
गर्मी सडकबाट एकै पटक एसी रूममा पसेका थियौँ त्यसै चिसो हरियाली वातावरणले हामीलाई
लठ्याएको थिँदै थियो र अर्को हाम्रो मन किन पनि रोमाञ्चित थियो भने हामीले नेपाली
साहित्यका एक अब्बल हस्ती डा. जीवन नामदुंगज्यूलाई
भेट्न दार्जिलिङ पुग्दै थियौँ । उहाँकै निवासमा । यात्रा पनि फरकफरक स्वादको थियो,
प्राकृतिक थियो, सुरम्य थियो, हरियाली थियो उहाँले कवितामा भनेजस्तै 'केही
धुप्पीका रूखहरू मात्र छन् यस घरी दार्जीलिङमा ।' नामदुंगजी नेपालमा प्रख्यात छैनन् जति दार्जिलिङमा, सिक्किममा
छन् । भनूँन भारतीय नेपाली साहित्यकारमाझ उनको लोकप्रियता उचो छ । के उनलाई
राजनीतिक सीमानाले छेकेको हो ? किन नेपाली साहित्यकार समाजले
उनलाई सम्झेन ? यस्तैयस्तै जिज्ञासको रफ्तार बढिरह्यो,
निरन्तर बढी रह्यो । हामी गफियौँ अनेक तरहले । झन्डै ७० किमि जतिको
यात्रा हो, ३ घण्टा जति लाग्छ होला भनेर सूचना दिँदै थिए
कविमित्र दियालीले । एउटा तातो उष्णताबाट दार्जिलिङ रोडका दायाबायाँका हरियालीमा
डुब्नुको मज्जानै बेग्लै थियो त्यतिखेर । ठाउँठाउँमा राखिएका बोर्ड, सङ्केतसूचक चिह्नले पढाइरहन्थ्यो बेलाबेला । ठ्याक्कै आइपुग्यो सकुना जङ्गलको
हरियाली । यो हरियालीमात्र थिएन एउटा स्वागत गेटमा सजाइएको कल्की फूलको याद
दिलाउथ्यो परिवेशले । मेरो मनमा भने प्रकृति, साथीसंगी र
परिवेशमाझ मनमा एउटा अमूर्त बिम्ब बनिरहेको थियो । जीवन नामदुंग को हुन् ? कस्ता छन् ? उनको बारेमा आफू अनविज्ञ र अपरिचित बन्नुपर्दाको
भत्कोस मनमा थियो । नेपालमा आकलझुक्कल पढिने उहाँका समालोचना र मेरा गुरु प्रा. डा दयाराम श्रेष्ठले उहाँको बारेमा थोरबहुत बताउनु भएको थियो । हुन त एम्.एको पाठमा उहाँको 'नेपाली साहित्यका भौँप्वालहरू'
समालोचनात्मक कृतिका बारेमा पहिलो पटक जानकार थिएँ म ।
रोहिनी टोल प्लाजाबाट देखिन्थ्यो दार्जिलिङ जाने पुरानो रेलको लिग । 'पहाडको छुक छुके रेल' भन्ने गीत नेपालमा चलेकै गीत हो । सुनेकै लय हो । म भने एउटा अध्ययनशील साहित्यकर 'पर्यवेक्षण' समालोचकका लेखक, बैशाख कविता सङ्ग्रहका सर्जकको गृहमा निम्ता पाएर त्यसै मख्ख थिएँ खास परिचय नभएको म थोरै नर्भस पनि थिएँ । उकालो घुम्तीबाटो छेउमा हरिया जङ्कल उतिस, कटुस, चिलाउने, बाँस नेपालकै कुनै पहाडी मार्ग झन्डै लुम्ले काँडे हुँदै बागलुङ् उक्लेजस्तै अनुभव भएको थियो मलाई त्यस बेला । यात्रामा म प्राय: मौन बसेर टोलाउन चाहन्छु र सकेसम्म एकोहोर भएर हिड्न चाहन्छु, बकुल्लाको ध्यानजस्तै । बाटो उकाली लाग्थ्यो म भने नामदुंगका कविता र उकाली उस्तै ठान्थेँ देख्दा सरल, सामान्य प्रस्तुति भित्र भावनाको उकाली साँच्चै उचाइमा पुर्याउने खालका । त्यसै मादक लाग्छन् उनका कविता मलाई भर्खर काडेको कठ्यौरीको महजस्तै । कुनै पनि देशको संस्कृति तिथिमिथि र घटनाले मात्र नबन्ने रहेछ कुनै विशेष सर्जकको कार्यले रूपान्तरणको भूमिका खेल्दोरहेछ सायद यस्तै अनुभूतिले भौतिरहेको थिएँ त्यति खेर म । यो विशेष छैन तर व्यक्तिगत भन्दा भिन्न छ । भेट्नु छ समभाषी बन्धुहरू, केही भन्नु छ हाम्रो भाषा, साहित्य र संस्कृतिको बारेमा पाँजिनु छ वरपर सिक्किम, डुवर्स, आसाम, मेघालय र दार्जिलिङतिर । र रोमाञ्चक थिएँ निकट भविष्यमा हुने सर्जकसँगको भलाकुसारीले । मेरो यसपटकको यात्राको अघोषित उद्देश्य पनि यही थियो कि ? मनमा उब्जेका एउटा उद्वेत नदेखाएर उक्लिइरहे । जीवन नामदुंगको दार्जिलिङतिर । धेरै कुराहरू मेरो दिमागका पत्रैपत्रबाट उक्किन थाले । स्मरणको चक्करमा म घुमिरहेँ रोटे पिङ्सरी । कुरा सन् २०१६ को अन्तिमतिरको हो । मित्र सुकराज दियालीले विद्यावारिधिको शोधनायक छाने । काम पनि सुरु गरे नेपालको संस्कृत विश्वविद्यालयबाट । त्यतिबेला दियाली जीले जीवन नामदुंगका कवितामा रसमा केन्द्रित भएर अनुसन्धान गर्ने निधो गरे । यो शीर्षक मेरो मनमा खास गडेर बस्न सकेन । यसको एउटा कारण थियो । रस पुर्वीय साहित्यशास्त्रको अनिवार्य पक्ष थियो । रस विशेष गरी छन्दकविता, भनूँन शास्त्रीय कवितामा हेर्न वाञ्छनीय हुन्छ भन्ने मेरो पूर्ववर्ती मान्यता थियो । मैले नामदुंगका कविता गोडेर र त के सरसर्ती पनि पढेको थिइन । मैले उहाँका गहकिला साहित्य नपढेर एउटा गर्नै नहुने बिगो गरेको थिएँ । म गल्तीको भागीदार थिएँ । यही बिन्ती बिसाउन भने पनि उहाँको गृहप्रवेश गर्न चाहन्थेँ । त्यो चाहना पूरा भएरै छाड्यो । मैले कवि जीवन नामदुंगलाई चिनेकै थिइन । नेपाली साहित्यका भ्वाप्वालहरू भन्ने समालोचना ग्रन्थका बारेमा मैले डिग्री पढ्ने बेला सुनेको थिएँ । मेरा गुरु समालोचक राजेन्द्र सुवेदीले एम्एको कक्षामा सुनाएको यो पुस्तकका बारेमा अनि लेखकका बारेमा । समालोचक जीवन नामदुंग कस्ता मान्छे होलान । दर्जनौँ किताब लेखेका मान्छे । भारतीय साहित्य अकादमी पुरस्कार पाएका मान्छे । कवितामा निख्खर यथार्थलाई ऐनामा उतार्ने मान्छे । ठूलो भारतले पनि साहित्यकारको चिनारी दिएका नामदुंग सानो भूगोलको नेपालमा किन कम चर्चित भए ? के उनलाई पढ्ने पढाउने जिम्मा हाम्रो पनि होइन र ? म त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भएको नाताले पनि मेरो पनि यो दायित्व होइन र ? भन्दै जिज्ञासिएर उकालो लागेँ दार्जिलिङको । यात्राको पारो र मेरो मनको चढाइ समानान्तर रूपमा अगाडि बढिरहेकै थियो । हामी गफिँदै गयौँ । गफ रसिलो हुँदै गयो । मीना लामा मेडमले पकाएको गुलियो चियाजस्तै । उहाँको आतिथ्य सत्कारको तरिकाको म त नतमस्तक नै भएँ । फूलैफूलले सजिएको एउटा साँच्चै महाकाव्यजस्तो थियो नामदुंग दम्पतीको गृह । दार्जिलिङको चियाको हरक उस्तै स्वादिलो थियो । नामदुंग सरको बैठककोठामा हामीले स्वागत पायौँ । यस्तै सम्मान पत्र, कदरपत्र, पुस्तकले घेरिएको एउटा प्राज्ञिक बैठकमा । कुरा छिरलिएर सुरु भए । धेरैजसो साहित्यका । गुनासोका । निराशाका कुरा पनि भए र साथासाथै सङ्घर्षका कुरा पनि उदाय बेलाबेला । जागरण म्यागजिन चलाउँदा कथा, डुवर्स आवाज निकाल्दा कहर गफमा आइनै रहे । दार्जिलिङको थेगो र टिपिकल टोनमा कुरा निस्कँदै गए । धेरै फोटा खिचिए । मोबाइलमा उहाँका आवाज पनि कैद भए । उहाँको अनुमति लिएर, नलिएर कामहरू धमाधम भए । गफहरू कहिले मिलेर आउँथे कहिले छिरलिएर । नेपालतिरका कुरा र हाम्रो साहित्यिक योजनाको फिहरिस्त सुनाउँदै जानुभएको थियो डा. रामचन्द्र पोखरेल सरले । मलाई भने किनकिन नामदुंग सरका अनौपचारिक कुरा रसिलो लागिरहेको थियो । कहिले कविताका कुरा, कहिले समालोचनाका कुरा, कहिले अनुवादका कुरा निरन्तर बहिरहे टिस्टा खोलाजस्तै, महानन्द खोलाजस्तै । कुइनेटा घुम्ती बनेर । गफ जोडिएर कहिले वीरशाली पन्तमा पुग्थ्यो । उहाँको योगदानमा पुग्थ्यो । कहिले मोदीको शासनका बारेमा डार्भर्ट हुन्थ्यो । धेरै ढाँचामा गफियौँ हामी, गोर्खालीहरू इमान्दार हुन्छन् भनेर मोदीले भारतका नेपालीको मनमा इन्ट्री मारेको कुरा, हाम्रो भावनामा चुनाव बनेर प्रवेश गरेको कथा पनि सुन्यौँ हामीले, वास्तवमा मोदीले हामीलाई कुटनीतिक रूपमा तिमीहरू गवार छौँ भनिरहेको भने हामी त्यति मेलो पाएर बुझ्दैनथ्यौँ । हामी त उल्टो ताली पो बझाइदिन्छौँ भनेर हामीले गोर्खाली सुदोपनको व्याख्या पनि गर्थ्यौँ ।मलाई भने यात्राकै क्रममा नामदुंग सरका अनुवाद कार्य, समालोचना, सम्पादन, काव्यको बारेमा जान्ने बढी रुचि थियो तर पाबन्द समयले हामीलाई साथ दिएको थिएन । सायद मैले कविका रूपमा भन्दा समालोचकका रूपमा चिन्न चाहेर सार्थक नै काम गर्दै थिएँ कि ? उहाँले पर्यवेक्षण समालोचना ग्रन्थका लागि सन् १९९४ को साहित्य अकादेमी अवार्ड पाउनु भएको कुरा पनि यसै यात्राका क्रममा बोध गरेको थिएँ । उहाँको लगाव, सङ्घर्ष, सिर्जनचेत साँच्चै उदाहरणीय भएको कुरा हामीलाई बोध भइरहेको थियो ।

इन्द्रबहादुर राई, लैनसिंह वाङ्देल, पारसमणि प्रधान, अगमसिंह गिरि, मनबाहदुर मुखिया आदिका तुलनामा कम
पढिएकै हो नामदुंगलाई पछिलो १ वर्ष म उहाँका कृतिहरू,
उहाँका अनुवादहरू, उहाँका कविताहरू, उहाँको वैशाख कविता माथिको समीक्षा मैले नेपालमा पढेको हुँ । त्यसका लेखक
मेरा गुरु डा. पोखरेल हुनुहुन्थ्यो । फरक भूगोल, फरक बहुलभाषीका माझमा बसेर
आफ्नो भाषाको पक्षमा उभिनु चानेचुने कुरा हुँदैहोइन जुन भारतीय भूमिका नेपालीहरूले
एक शताब्दीदेखि यही नियति भोगिरहनु भएको छ । जसरी जीवन नामदुंगले पनि भोगिरहेनु
भएको छ । एउटा खुकुरीको धारमा बसेर आफ्नो भाषामा
कलम चलाउनु पर्दाको पीडा हामीले शब्दमा पढ्न सकौँला तर अनुभव गर्न सकिँदैन भन्ने
कुरा नामदुंग सरको बोलीमा, भावना र मनमा देखिन्थ्यो । उहाँले
लुकाउन खोजेर पनि एउटा नवजवान छोरालाई असामयिक समयमा गुमाउनु पर्दाको रोदन उहाँका
निधारका
रेखाहरूमा प्रस्ट पढ्न पाइन्थ्यो उहाँले नभनेर पनि । नवजागण ठूलो कुरा हो । यसका लागि लड्न पनि ठूलो धैर्य चाहिन्छ । त्यो धैर्य
विचारको हो, संस्कार हो, सभ्यताको हो, जातीय पहिचानको हो । यी सारा कुरालाई
एकैपटक निचोरेर बोध गरेका जीवन नामदुंग एक नेपाली साहित्यका अटल खम्बा हुन् भन्ने
बुझ्न हामीलाई कुनै मुस्किल थिएन । नेपाली साहित्यका जङ्गेपिलर हुन् भन्ने बोध
भएको एकै दिनको सरसङ्गतपछि हामी उहाँप्रति नतमस्तक भयौँ।
दार्जिलिङको सडकको देवैमा उनको गृहमा बस्दा हरिभक्तका कुरा भए । इबराका कुरा भए, अगमसिंह गिरिका कुरा भए । प्रेम थापा, हरिदास गोर्खा राई आदिका कुरा भए । घरको छेवैबाट दार्जिलिङको पुरानो पहाडी रेलले पट्टा बजाउँदा हामीले अढाइ घण्टा गफिइसकेका थियौँ। हामी नेपाली भाषी थोरै भएर भारतीय साहित्यिक अकादमीमा कर्मचारीले फाइल घुमाएको कथा पनि रसिलो पाराले सुनाउन भ्याए नामदुंगले । हामी नेपाली सोझो भएर पनि हामी हेपिएका छौँ । हामी चाहिने कुरामा चलाख नभएको कुरा पनि होमा हो मिलाएर गफियौँ । भाषाको काम जोड्ने हो, दुस्मनी बढाउने होइन । सबैको भाषाको आफ्नै मूल्य हुन्छ । कोही सानो र कोही ठूलो हुँदैन भाषा । एउटा चराको लागि पनि उसको भाषा महानै हुन्छ । महान हुन्छ । लुइचेको लागि उसको भाषा पनि ठूलो हुन्छ जटिल बिम्बमा बोल्दै गए नामदुंग । यसरी ठूलो भारतमा सङ्घर्ष गर्नु परेको कुरा पनि सुनाए नेपाली भाषाका लागि । उनका सङ्घर्षका कथा उनीभन्दा अगिल्लो पुस्ताले पनि बेहोरेको हो । मान्छेल अर्को बारेमा वनावटी धारणा बनाइदिन्छ । उसको बुझाइ सतही भए पनि उसले विशेष ठानिदिन्छ । एक पटक अन्तर्वार्ताकारले अशित राईको अन्तर्वार्ता लिएछन् । बाराम्बार तपाइँलाई साहित्यकार मान्दारहेनछन् धेरैले । तपाइँ लेख्न छोडेर खरायो पाल्नु हुन्छ रे ? च्याउको खेती गर्नुहुन्छ रे ? तपाइँलाई कसैले चिन्दैनन् रे ? पत्रिका निकाल्छु भन्यो भने ननिकाल्नु भन्नुहुन्छ रे ? आदिआदि प्रश्न आएपछि राइले प्रतिप्रश्न गर्नु भएछ । यो कसले भनेको हो ? यो कसले भनेको भन्न मिल्दैन । धेरैले भनेका छन् भन्ने जवाफ आएछ । यो भन्ने एकजनाको त नाम भन्नुस् न ? भन्दा अन्तर्वार्ताकारले भनेछन् 'भन्नु मिल्दैन' । त्यसो भए 'यो कसैले भनेको होइन तै चोरले भनेको हो ।' भनेर राईले भनेछन् रे । हाम्रो नेपाली समाज यस्तो छ । वनावटी आग्रहमा पनि अरूलाई ताछिरहेको हुन्छ भन्ने गसिप पनि सुनाउन भए नामदुंगले । परासमणि प्रधानसँगको कुरा पनि सुन्न पाइयो । निकै कडा स्वभावका थिए रे प्रधान पनि । सुरुमा उनको अगिल्तिर पर्ने गह्रो । पाहुना भएर बसेको पनि बिहान ४ बजे नै उठाइदिनु भएछ एकपटक नामदुंगलाई प्रधानले । यस्तो लगाव भएकाले नै १०० औँ सिर्जना सिर्जित भएका हुन् । नामदुंगले सम्झिए प्रधानलाई ।
गफ लामिदै गयो । नेपालका
कुरा पनि गरियो । एकेडेमीको कुरा गरियो । साझा प्रकाशन डुबेको कुरा गरियो । भारतीय
साहित्य अकादमीको कुरा गरियो । उहाँका कविताका कुरा गरियो । भावी योजनाको कुरा पनि
गरियो । निकै
आत्मियता अनुभूत भयो यस अढाइ घण्टामा । त्योभन्दा बढी आत्मीयता मेडम मीनाज्यूको
पायौँ । एउटा घर सुव्यवस्थिति र सफल परिवारको मीयो नै घरको गृहलक्ष्मीको हुन्छ
बन्ने विचार साँचो भएको बोध भयो त्यतिखेर । तस्वीर खिच्यौँ । समूहमा । एकल । युगल
थरीथरीका । एउटा साधनाना लागेको व्यक्तिको सङ्गतले हामी प्रफुल्ल भयौँ । साहित्यमा समर्पित भएका एक दीव्य सर्जकको सङ्गतले म
आफू पूर्ण सन्तुष्ट भएँ । अन्य सहयात्री मित्रहरूको अनुहारले पनि के बताइरहेको
थियो भने उनीहरू पनि पुलकित बनेका थिएँ । एउटा लेखक, अनुवादक, समकालीन
समयमा जिउँदा स्रष्टाको खोज भएको थियो त्यस दिन । त्यो धन्य दिन जहाँ एउटा शिल्पी,
बिम्बात्मक कवि, प्रतीकात्मक भाषा भएको
सर्जकलाई भेटेर त्यो दिन विशेष बनेको थियो । हामी पढ्नु पर्ने, खोज्नुपर्ने, बहस गर्नुपर्ने स्रस्टालाई पहिल्याएका थियौँ । उहाँलाई नपढेर गल्ती गरेका
हामी लाग्थ्यो साँच्चै छुटिरहेका छौँ केही चिजदेखि । जय होस् नामदुंग सर । यहाँको सुस्वास्थ्यको कमना टक्र्याएँ ।
Comments
Post a Comment