गजलहरू (GAZALS)


गलज

कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज
प्रस्रव पीडा छटपटीमा खस्केको देश आज
पुराना खिल आँतबाट किन ननिस्केका २
विनाकारण कुर्सीभित्र चस्केको छ देश आज
छेपारोले घोचो छोड्ला दुष्‍ट बल पो गर्छ
सत्ता पासो गलाभरि मस्केको देश आज
सुस्ता र कालापानी दिउँसै लुटिएछन्
टनकपुर नभुलेर झस्केको छ देश आज
सासभरि देश हेर्ने देशकै मुहार फेर्ने
ताजाताजा जनादेशमा सर्सेको देश आज
कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज
प्रस्रव पीडा छटपटीमा खस्केको देश आज

गलज

के सुन्छौ र मुटु फुटेको कहानी
काँच सरी दिलको ऐना फुटेको कहानी
हुन्थे पुष्‍प वर्षा सत्य धरोधर्म
आँसु मूल सुक्कसुक्क फुटेको कहानी
तराजून टिपीकन साट्थ्यौँ उपहार
दुई मुटु एकै धड्कन फुटेको कहानी
केसुन्छौ त मुटु फुटेको कहानी
काँच सरी दिलको ऐना फुटेको कहानी
एकविना छटपटीमा अर्को अलापिँन्थ्यौँ
सुन्दर फूल असिनाले चुटेको कहानी
जलमल्ल सजिएका कल्पनाका महलहरू
पलभरमा नामेट भई फुटेका कहानी
के सुन्छौ र मुटु फुटेको कहानी
काँच सरी दिलको ऐना फुटेको कहानी

गलज

पिरैपिरले चिरिएका मुटुका पाटाहरू
दिलको घाउ चहर्‍याउँछ नबसेर खाटाहरू
इन्द्रधनुष फिका लाग्छन गुराँस विधवाझैँ
तिमीविना शुन्य लाग्छ व्यस्त चोक बाटाहरू
पिरैपिरले चिरिएका मुटुका पाटाहरू
चारचौरास भौँतारिँदै केही खोजेजस्तो
नौ लाख तारा बीच जुन लाग्छन् तिम्रा आँखाहरू
पिरैपिरले चिरिएका मुटुका पाटाहरू
दिलको घाउ चहर्‍याउँछ नबसेर खाटाहरू
फूलमाथि रमाउने नाफा तिम्रो जिन्दगानी
सही दिउँला बरु मैले घाटैमाथि घाटाहरू
जिन्दगीभर नसम्झन पाए पनि हुन्थ्यो
मन रेट्ने मुटु छेड्ने मर्म पार्ने फाटाहरू
दिलको घाउ चहर्‍याउँछ नबसेर खाटाहरू
प्रित रोपी हराभरा फुल्दो फूलको घर
खडेरीले जल्यो आगो खरानी भो भाटाहरू
आँखाबाट जलिराछ मुसल्धारे बर्षा
ओत लाग्न खोज्छ्‌यौ तिमी वनावटी छाताहरू
अशोक तिमी बो न त किन बस्छौ चुप
कहाँ गए प्रेम गीत गाउने तिम्रा भाटाहरू
पिरैपिरले चिरिएका मुटुका पाटाहरू
दिलको घाउ चहर्‍याउँछ नबसेर खाटाहरू

गजल

जली राछ दिल आज आशु पोखी निभाउँदै छु
मरी रा छ प्रित आज चिता माथि जलाउँदै छु
मौन छन् यी बस्तीहरू चित्कार मेरो सुन्दै
निर्मोहीको आलो यादको अँगालोमा निदाउँदै छु
कालो निलो मडारिने सन्नाटाले छोप्यो जीवन
घाइते मन बल्झाउँदै मेले जुनी बिताउदै छु
जली राछ दिल आज आशु पोखी निभाउँदै छु
एक्लै पारी झर्‍यो फूल डालीको सिरबाट
अँधेरीमा पाइला चाल्न ढुकढुकीलाई बलाउदैछु
बथान छुटी बिरक्तमा उड्दो एक्लो पंछी सरी
च्यतिएको हृदयलाई मर्म फुकाई सिलाउदै छु
मरी रा छ प्रित आज आशु पोखी निभाउदे छु
कुडिएको मनको भारी थामी दिने कोही छैन
रोदनको पोखरीमा मन आज चिस्याउदै छु
शोकै शोकको समुद्रमा डुब्दो यो जीवनी
अशोक भइ फुल्ने फल्ने सपनामा हराउँदै छु
जली राछ दिल आज आशु पोखी निभाउँदै छु
मरी रा छ प्रित आज आशु पोखी निभाउदे छु

गजल

मट्टीमा मिले तिम्रो र मेरो साइनो ऐले त
कलकलाउँदी मुटु की रानी थियौ नि मैले त
खुशी मन भनाई तिम्ले त बरु सहजै भुलिछ्‌यौ
अजै पनि चटक्कै भुल्या काँछु र मैले त
अध्यारो जङ्गार औसीको जुनमा तर्ने छ चाहना
नबोल्ने पहाड भएर बसूँ झैँ लाग्छ कै ले त
कलकाउँदी मुटु कि रानी थियौ नि पैले त
ओदानमा बरु के ताप होला मन मेरो त्य विधि
सितल पार्थ्येँ मनाग्नी मेरो पानीले धोइए त
हँसिलो जीवन अब त मलाई आकाशे फल हो
चुहिने पालीझैँ भाको मन बचनले छाइए त
लक्ष्यहीन यात्र सूर्यका माझमा टुकीलाई बालेर
टुक्रेको मुटु जोडूँझै लाग्छ तिम्रो याद पैरेर
कलकाउँदी मुटु कि रानी थियौ नि पैले त
सम्बन्ध हाम्रो नसोच्दैमा चक्नाचुर हुनाले
तृष्‍णालाई साँची समुद्री यात्र गर्दै छु मैले त
मट्टीमा मिले तिम्रो र मेरो साइनो ऐले त
कलकाउँदी मुटु कि रानी थियौ नि पैले

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

निरन्तर लेखाइ