कविता विषयक अन्तर्वार्ता (INTERVIEW ON NEPALI POETRY)


मसामयिक नेपाली कविताका विषयमा युवा समालोचक अशोक थापासँग लिइएको अन्तर्वार्ता
---------------
१.      समसामयिक कवितामा दलित, महिला, जनजाति, मधेशीमध्ये जनजातिका स्वरहरू शक्तिशाली रूपमा कवितामा आइरहे पनि अन्य सिमान्त वर्गका स्वर किन कवितामा स्पष्ट रूपमा नआएको होला?
जनजाति र महिलाका आवाज आज अधिक उठेको हो आजको समाज विभक्त प्रकृतिको छ।आफ्नो समुदायको बारेमा तत् तत् समुदायका कवि आवश्यक परेकाले सिमान्त वर्गको प्रतिनिधि कविहरू कम हुँदा यस्तो स्थिति देखिएको हो।कवितामा राजनीतीकरण र राजनीतिको काव्यकरणका कारण यस्तो स्थिति देखिएको हो।
२.      कविताका पाठकका लागि भिड जहाँ छ त्यहीँ राम्रो भन्ने मानसिकताले मद्दत पुर्‍याउँछ कि हानी?
कविताका पाठकका लागि भिड जहाँ छ त्यहीँ राम्रो भन्ने मानसिकताले मद्दत पुर्‍याउँदैन किन भने
भिडको स्वार्थ क्षणिक श्रवण सुखका लागि हुने गर्छ तर कवितामा प्रयुक्त भाव वा विचार अलग कुरा हुन्।
३.      कविताले सङ्कटको क्षणमा समाजको साथ दिन्छ भनिन्छ।हाम्रो सन्दर्भमा वर्तमान समयमा कविताले समाजको साथ कत्तिको दिइरहे जस्तो लाग्छ?
दिनु पर्छ भन्ने मान्यता राखिन्छ र दिन्छ पनि तर आजका कविताले आफ्नो काव्य धर्म गुमाउँदै छन्।समाजको मूल्यबोध र समाजलाई स्पष्ट दिशबोध गर्ने मामिलामा आजका कविताहरू चुकेका छन्।
४.      कविताले समाजसँग संवाद गर्नु पर्छ कि पर्दैन? पर्छ भने किन पर्छ, पर्दैन भने किन?
संवाद गर्नु पर्छ।किनभने सकारात्मकर सूचना सन्देश सहित विचार आदान प्रदान  सम्प्रेषण गर्नु सन्दर्भमा कविले संवाद गर्नु पर्छ।कविता भनेको विचार र ज्ञान सम्प्रेषणको बलियो माध्यम भएकाले पनि कविताले समाजसँग संवाद गर्न जरुरी छ।
५.      वर्तमान कवितामा लोक संवेदनाको पक्ष कस्तो पाउनु हुन्छ?
कविताले यथार्थ जीवन भोगाइका मर्मलाई समात्न सक्नु पर्छ यसमा कविताको आयु अन्तर्भूत हुन्छ।लोक संवेदनाको पक्षलाई कविताले पक्रन सकेको कण्डमा कविता कालजयी र जनपक्षीय बन्छ सपेक्ष रूपमा वर्तमान कविताले लोक संवेदनाको पक्षलाई गौण ठानिरहेका छन्।
६.      वर्तमान लेखनमा मेरो पीडा मेरो खुशी नै अधिक देखा परिरहेको छ।यो प्रवृत्ति वर्तमान कवितामा चाहिँ कत्तिको पाउनु हुन्छ?
मेरो पीडा मेरो खुशी अधिक हुनु राम्रो होइन सामाजिक स्वार्थ, सामाजिक रुपान्तरण सहितको सामाजिक स्वार्थका लागि कविता हुनु पर्छ।आजका कवितामा वैयक्तिकता व्यापक रूपमा अन्तर्भूत छ यो राम्रो सङ्केत होइन।

७.      पहिलेका कविताका तुलनामा समसामयिक कवितामा काल चेतना, विषय, जीवनको अनुभव, अन्तर्वस्तु, संवेदना, र शिल्प मध्ये स्पष्ट रूपमा देखा पर्ने कुरा के के हुन्?समसामयिक कविताका मुख्य प्रवृत्ति के के हुन्?
धेर थोर वा सबै प्रविधि बोधक भाषिक पक्ष, साइबर संस्कृति जातीयता आदि।
८.      समसामयिक कविताका सबल र दुर्बल  पक्षहरू के के हुन्?
सचेत, सङ्ख्यात्मकता, गुणात्मकताका अलवा नारा
९.      वर्तमान कविताको विकासमा माओवादी जनयुद्ध र जनआन्दोलन भाग-२ ले के कस्तो प्रभाव पारेको पाउनु हुन्छ?
निकै प्रभाव पारेको छ यो स्वाभाविक पनि लाग्छ तीव्र राजनीतिक प्रभावले कविताको सौन्दर्य खँस्कँदै गएको छ।
१०.  आन्दोलन वाद र अनेकथरि विमर्शलाई कविता लेखनको मपदण्ड बनाउँदै कविता लेख्दा कवितालाई फाइदा पुग्छ कि घाटा?
आन्दोलन समयको माघ राणा, पञ्चायत, विचार वाद, विमर्शलाई आधार मानेर विज्ञापन
११.  युवा पुस्तामा शक्तिशाली कविता लिई आएका कोको कवि तपाइलाई किन मन पर्छ?
वौद्धिकताका दृष्टिले गोपाल पराजुली
१२.  एक्कासइसौँ शताब्दीमा सधन हुँदै आएका भूमण्डलीकरण, बजारवाद, सांस्कृतिक साम्राज्यवादले मानिस भ्रमित हुँदै बाँचेका छन् भनिन्छ।यस्तो अवस्थामा कविता भ्रमित भएको छ छैन?
प्रशस्त भएको छ।कवितामा उत्तरआधुनिकता यसैको परिणाम हो मार्क्सवादी कविहरू यसको विरोध गर्छन् भने…..
१३.  इन्टर नेट ब्लग मिडियाले कविताको रचना कर्मलाई कस्तो प्रभाव पारिरहेका छन्
निकै सकारात्मक प्रभाव पारेको छ।त्यसमा पनि social media को प्रभाव
१४.  बजारमा चल्तीका शब्द थुपार्दै लेखिएका एकै जस्ता कविताहरूको वर्चश्व वर्तमान कवितामा छ भनिन्छ, यसलाई कसरी लिनु हुन्छ?
काव्य मूल्य र शिल्प चातुर्य दुवै कविताका आवश्यक कम्पोनेन्ट भए पनि अनावश्यक शब्द थुपार्ने चलन आजका कवितामा देखिएका छन्।
१५.  वर्तमानमा लेखिएका युवा कवि र कविता सम्बन्धी समालोचना पढ्दा पाठकले सही बाटो प्राप्‍त गर्न सक्लान्? समालोचना सही ढङ्गले भएको छ या छैन?
समालोचना सही ढङ्गका छैनन् अधिकांश व्यक्ति प्रशंशा एक पक्षीय एक वैचारिक र प्रभाववादी समालोचना लेखन नेपाली समालोचनाको भाइरस नै भएको छ।
१६.  वर्तमान कवितामा मानवीय संवेदना क्षीण भएको हो?
क्षिण नै भएको भन्नेमा म सहमत छैन तर काव्य पठन पछि पाटक कम आल्हादित हने गरेको भने पक्कै हो।
१७.  वर्तमान कविताको वैचारिक धरातल पूर्ववर्ती कवितामा भन्दा प्रबल रहेको तर कविता नरहेको भन्ने आरोप लगाइन्छ।यसमा कत्तिको सत्यता छ?
हो काव्य शिल्पका तहमा खोक्रो पना भए पनि वैचारिक धरातल प्रबल नै छ।
१८.  समसामयिक कवितामा केही नयाँ पन छ वा पहिलेकै विस्तार?
केही नयाँ प्रविधिको सम्बोधन र पुरानैको निरन्तरता दुवै छ।

१९.  समसामयिक कविता मध्ये पुराना पुस्ताका कविता र नयाँ पुस्ताका कविता बीचमा के अन्तर पाउनुहुन्छ?
पुराना पुस्ताका कविहरूले आजको लेखनमा पनि पुरानै चिन्तन र शैली अपनाएको भेटिन्छ भने नयाँ पुस्ताका कविहरूले वर्तमानका प्रविधिको प्रयोग गरेका छन् । 
२१०.  २०३६ सालपछि काल चेतना विषयवस्तु  जीवनको अनुभव शिल्प र संवेदनाका दृष्टिले २०४६ २०४७ साल यताका कवितामा ठूलो परिवर्तन देखा परेको पाउनु हुन्छ वा २०५२ २०५३ यताका कवितामा?
यी सबै राजनीतिक इन्डिकेटरका आधारमा गरिएका कालगत वर्गीकरण हुन्।रूपमा फरक परे पनि सारमा वा साझा भेरियबलका आधारमा समान छन्।

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन