-अशोक थापा, उप-प्रा नेपाली केन्द्रीय विभाग, कीर्तिपुर सार सङ्क्षेप: नेपाली नाटक साहित्यमा गुणात्मक, प्रकारगत र ऐतिहासिक योगदान दिने बालकृष्ण समलाई नाट्य सम्राट भनिन्छ।उनको विशिष्ट नाटकीय प्राप्तिको सही मूल्याङ्कनकै कारण बालकृष्ण समलाई विविध तह र दृष्टिबाट अध्ययन गरिन्छ।यस सन्दर्भमा समको निकै लोकप्रिय नाटक अन्धवेगको पाठकीय समालोचना यस लेखमा गरिएको छ।नाट्य तत्त्वका आधारमा प्रस्तुत नाटकको विवेचना गर्नु यस लेखको ध्येय रहेको छ। जीवनीसार: डमर शमशेरका नाति तथा शमरशमशेर अनि माता कीर्ति राज्य लक्ष्मी देवीका माहिला सुपुत्रका रूपमा बालकृष्ण समको जन्म वि . स . १९५९ साल माघ २४ गते शुक्रवार दिन काठमाडौँको ज्ञानेश्वरमा भएको हो।बालककाल देखि नै साहित्य सिर्जनामा लगेका बालकृष्ण समले आइ . एस्सी . सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ; तर उनले स्वअध्ययनबाट ज्ञान, विज्ञान, संस्कृति, कला जस्ता क्षेत्रबाट आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाएका छन्।उनी राणा परिवारका शमशेर भए पनि २००७ सालपछि जनतालाई दु:ख दिने राणाहरूले लेख्ने शमशेरबाट ‘शेर’ काटेर सम थर राखेका हुनाले उनलाई सोही (बराबर)...
Comments
Post a Comment