विदेश भ्रमण इन्डोनेसिया (VISIT INDONESIA)


धेरै यात्रा गर्ने व्यक्तिको कित्तामा पर्दिन म।यात्रासँग आर्थिक पक्ष र व्यक्तिको एटिच्युड दुवै मिसिएको छ जस्तो लाग्छ मलाई।तर २०७० साल यात्रका लागि सफल वर्ष भएर आयो मेरा लागि।२०७० लाग्ना साथ चितवनको साह्रै रमाइलो यात्रा गर्ने अवसर जुटेको थियो।सौराहा घुम्दाको रौनक अझै ताजा छ मेरो मनमा त्यस दिन नेपाल पुस्तकलाय संघको अध्यक्ष जस्तो गहन जिम्मेवारी पनि मेरो काधमा आएको थियो।त्यसपछि निकै सालपछि कुल देवताको पूजा गर्ने वहानामा पनि डाँडाकाँडा घुम्ने अवसर मिल्यो।त्यति बेला मेरो पाखुराबाट घामले डडेर रगत चुहिएको थियो।त्यसको लगत्तै म भारत भ्रमणमा निस्केँ, झण्डै १५ दिन लामो भारत भ्रमणपछि पुन: नेपाल फर्केँ त्यसबेला सम्म नेपालमा पुस्तकालय दिवस आइसकेको थियो, त्यस वखत मरिन कोरेन नेपाल भ्रमणमा आइन्।उनलाई घुमाउने बहानामा म काठमाडौँका विश्‍वसम्पदा सूची र बुद्ध एयरबाट पोखरा भ्रमणमा निस्केँ, त्यसपछि रोडसो प्रोग्राम आयो। झन्डै १६ दिनसम्म नेपालको पूर्वी पहाड, उदयपुर र जनकपुरको यात्रा गर्ने सुनौलो अवसर मिल्यो त्यसको लगतै विदेश भ्रमण गर्ने मौका आयो जुन देश थियो इन्डोनेसिय।
यो अवसर पाइन्छ पाइँदैन भन्ने दोधारमा प्रपोजल पाठइएको थियो।इफ्ला पुस्तकालय जगतको सम्मानित नाम।हरेक क्षेत्रमा गोरा छाला भएकाले लिड गरेजस्तै पुस्तकालय क्षेत्रमा पनि उनीहरूको वर्चस्व छ।सायद उनीहरूलाई हाम्रो विचार मन पर्‍यो बोलाए।हामी पनि विदेश कहिल्यै नगएको नयाँ अनुभव पनि हुन्छ भनेर जाने सुर कस्यौँ प्रभाष र मैले। यो प्रोग्रामका लागि निम्तो पाईसकेपछि खोजी गरियो इन्डोनेसियन दुतावासको 
विदेश भ्रमणका लागि मार्च २ सन् २०१४ गते काठमाडौँबाट इन्डोनेसियाका लागि हिँडियो समय थियो रातीको। विदेश भ्रमण कहिल्यै नगरेको मान्छे त्यसमाथि रातिको यात्रा झन् अनौठो थियो मेरो लागि।जानु पर्ने मलेसिया पहिला।क्वालालाम्पुर विमानस्थल पुग्नका लागि मलेसिय एयरले एक घण्टा डिले गर्दा रातिको पौने १ बजेको थियो।ढिलै भए पनि उड्न पाएको जोसमा चडियो ठूलो प्लने एमएच ११५ रातिमा प्लेन कताबाट उड्यो मैले पत्तो पाउन सकिन।तर आफ्नै सिट अगाडि प्लाइट इन्फर्मेसन स्क्रिनमा पढ्न पाउने भएपछि मैले अरू साथीले झै गीत फिल्म केही हेरिन खाली मेरो आँखा गयो।ल्लेन कति हाइटमा छ? बाहिरको तापक्रम कति छ? स्पिड कति छ? आदि आदि। झन्डै साढै तीन घण्टा हुँदा प्लेन मलेसियाको क्वालालाम्पुर अन्तर्राष्ट्रिय बिमान स्थलमा ओर्लियो।
मलेसियाको क्वलालाम्पुर विमानस्थलमा ओर्लँदा छर्लङ्ग उज्यालो भएको थियो तर ट्रन्जिट समय भने जम्मा २ मिनेटको थियो हामी बेसरी कुदेका थियौँ।जकार्ताको लागि उ्डनै लागेको प्लेन समाउनका लागि।

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन