बसन्त ऋतु (SPRING SEASION)


सबै औषत मान्छेलाई जस्तै मलाई पनि बसन्त ऋतु मन पर्छ त्यसैले म औषत मान्छे हुँ।बसन्त ऋतुलाई कवि शिरोमणिले ऋतुराज भनेर ऋतुको पनि ऋतु भनेका छन्।बसन्त ऋतुलाई कवि र प्रेमीले धेरै मन पराछँछन् भनिन्छ। आफू कवि र गम्भीर प्रकृतिको प्रेमी दुवै नभए पनि मलाई यो ऋतु मन पर्छ।अरुण थापाले पनि 'ऋतुहरूमा तिमी हरियाली वसन्त हौ' भनेर भने आफ्नो चर्चित गीतमा।उनले बसन्त ऋतुमा हरियाली हुने कुरा व्यक्त गरे।हरियालीका साथै सुन्दर फूलहरू मुस्कुराउनु पनि बसन्त ऋतुको विशेषता हो जस्तो लाग्छ।मौसम पनि निकै अनुकूल हुने भएकाले यो ऋतुको बख्खान गरेर नथाकेका होलान् लेखकहरू।बसन्तलाई बहार वा खुशीको ऋतुका रूपमा पनि हेरिन्छ र सुन्दर फूल, लता, पालुवा र कुञ्जिकाकै कारण यसलाई मनमोहक ऋतु भनिएको हुनु पर्छ।भर्खर प्रारम्भ भएको वसन्त ऋतुको सन्दर्भमा सबैलाई सिर्जनात्मक काम गर्ने प्रेरणा मिलोस् शुभकामना!

Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन