नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता
डा. अशोक थापा त्रिभुवन विश्वविद्यालय , नेपाली केन्द्रीय विभाग , कीर्तिपुर सारसङ्क्षेप लोकनाटकको लोकजीवनसँग घनिष्ट सम्बन्ध रहन्छ । यही निकटताले गर्दा कतिपय चाडपर्व , शुभअवसर , माङ्गलिक कार्यसँग लोकनाटकको निकटता देखिन्छ । कतिपय लोकनाटक विवाहको अवसरमा देखाउने प्रचलन पनि छ । यो गीत , नृत्य , अभिनय , स्वाङ् आदि विविध संरचनामा रहेको हुन्छ । लोकनाटक हाम्रो आदिम कालदेखिको समाजसँग निकट सम्बन्ध रहेको प्रदर्शनकारी कला हो । बहुसांस्कृतिक देश भएकाले लोकनाटकका लागि नेपाल उन्नत भूमि पनि हो । यहाँ सोरठी , घाटु , गोपिचन , लिला , नचरी , बालन आदिजस्ता लोकनाटकहरू प्रचलनमा छन् । लोकनाटक व्यापक दायरा र क्षेत्र समेटिने प्रदर्शनकारी कला हो । लोकनाटकबाट आधुनिक नाटकमा यथेष्ट प्रभावहरू परेको देखिन्छ । यस लेखमा लोकनाटकको सामन्य परिचय दिएर नेपालका विभिन्न भागमा प्रचलनमा रहेका सोरठी , घाटु र गोपिचन नाटकको चिनारी दिइएको छ र समग्रतामा तिनीहरूको विशेषताको निरूपण गरिएको छ । सरलभाषा हुनु , सामन्य निरक्षर व्यक्तिले पनि बुझ्नु , स्थानीय बोलीमा संवाद गरिनु , माङ्गलिक हुनु आदि लोकनाटकका विशेषताहरू हुन् । मुख्य शब
Comments
Post a Comment