निरन्तर लेखाइ

पर्यटन र साहित्य 

अहिले घडीको सुइ झन्डै एकैठाउँ खप्टिएर मध्यन्हको १२ बजेको छ । म महेश पौड्यालको अन्तर्वार्ता सुनिरहेको छ । साहित्य र पर्यटनका विषयमा उनी बोलिरहेका छन् । मलाई कमेन्ट गर्न मन लाग्यो हाम्रा साहित्यकारहरूको आँखा खोल्दिनु भयो । 

हामी हिमाली जाति हो । हाम्रो सभ्यता हिमाली हो । हामीलाई चिनाउने भनेकको हिमालले हो । 

सरी सगरमाथा

सन् २०१३ मा दक्षिण अफ्रिकाको राजधानी केप टाउन घुम्ने मौका पाएको थिएँ । समुन्द्रको काखमा रहेको यो सहर केप टाउन सहर भने टेबल माउन्टेनको काखमा छ । मलाई त्यो पहाड चढ्न मन लाग्यो । मैले यात्रा सुरु गरें । माथिबाट एक जना बलिया गोरे मान्छे झर्दै रहेछन् । हाम्रो जम्का भेट भयो । मैले नमस्ते भनें । उसले पनि नमस्ते भन्यो । इज दिस राइट वे टु ल्लाइम्ब दिस हिल? म कनिकुथी अङ्ग्रेजी बोल्दो भएँ । उन नउजी ल्याण्डको मान्छे रहेछ । उसले झट्ट सोध्यो “होयर आर यु फ्रम ?” मैले भने “आइ एम फ्रम नेपाल?” उसले पुनः जवाफ फर्कायो ‘नथिङ फर यु’ । आइ हायभ् बिन् माउन्ट एबरेस्ट ३ टायम्स भनेर उसले भन्यो । हाउ मेनी टायम्स ह्याभ यु क्लाइम्ड दि माउन्ट एभरेस्ट भनेर सोध्न बिर्सिएन । म आत्तिए । मैले एभरेस्ट फोटोमा मात्र देखेको छु भनें । उ हास्न सम्म हासेर तल झर्यो । माथि उक्किएँ । त्यसै मन खिन्न भयो । आफ्नै सोलु नपुगेकोमा लाग्न सम्म पछुतो लागेको थियो। सरी सगरमाथा ।     


Comments

Popular posts from this blog

नेपाली लोकनाटक (सोरठी, घाटु र गोपिचन) का विशेषता

नेपाली नाटकको समकालीन दृष्‍टि

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन