Posts

The Hatti-chhaap Slippers [1]

Every morning, as I used to make myself ready to run for school after gobbling up a plateful of dhido , the Radio Nepal broadcasted “As strong as the elephant! The Hatti - chhaap slippers.” I would run through the door, reach the compound of my house, and bow my head down like a swan. Then I looked at the slippers on my feet with eyes full of doubt. No matter how many times the radio advertised, I never believed that Hatti - chhap slippers were as strong as an elephant. Again and again, only one question would come to my mind: h ow can a pair of slippers which hardly lasts for 7-10 days be as strong as an elephant? The memory of fixing/repairing the broken straps of Hattichhap slippers after they came off abruptly came to my mind. I remembered the times when I fixed the strap of my slippers by melting the strap a little in fire and attaching it again. Like the change in seasons, the Hattichhap slippers with different colored straps- blue, red, yellow, and green would come on the mark

निरन्तर लेखाइ

पर्यटन र साहित्य  अहिले घडीको सुइ झन्डै एकैठाउँ खप्टिएर मध्यन्हको १२ बजेको छ । म महेश पौड्यालको अन्तर्वार्ता सुनिरहेको छ । साहित्य र पर्यटनका विषयमा उनी बोलिरहेका छन् । मलाई कमेन्ट गर्न मन लाग्यो हाम्रा साहित्यकारहरूको आँखा खोल्दिनु भयो ।  हामी हिमाली जाति हो । हाम्रो सभ्यता हिमाली हो । हामीलाई चिनाउने भनेकको हिमालले हो ।  सरी सगरमाथा सन् २०१३ मा दक्षिण अफ्रिकाको राजधानी केप टाउन घुम्ने मौका पाएको थिएँ । समुन्द्रको काखमा रहेको यो सहर केप टाउन सहर भने टेबल माउन्टेनको काखमा छ । मलाई त्यो पहाड चढ्न मन लाग्यो । मैले यात्रा सुरु गरें । माथिबाट एक जना बलिया गोरे मान्छे झर्दै रहेछन् । हाम्रो जम्का भेट भयो । मैले नमस्ते भनें । उसले पनि नमस्ते भन्यो । इज दिस राइट वे टु ल्लाइम्ब दिस हिल? म कनिकुथी अङ्ग्रेजी बोल्दो भएँ । उन नउजी ल्याण्डको मान्छे रहेछ । उसले झट्ट सोध्यो “होयर आर यु फ्रम ?” मैले भने “आइ एम फ्रम नेपाल?” उसले पुनः जवाफ फर्कायो ‘नथिङ फर यु’ । आइ हायभ् बिन् माउन्ट एबरेस्ट ३ टायम्स भनेर उसले भन्यो । हाउ मेनी टायम्स ह्याभ यु क्लाइम्ड दि माउन्ट एभरेस्ट भनेर सोध्न बिर्सिएन । म आत्तिए । म

आनन्ददेव भट्टको अनुवाद शिल्प - डा. अशोक थापा

  लेखसार प्रस्तुत लेख आनन्ददेव भट्ट (वि.सं १९९३) द्वारा अनूदित हेनरिक इब्सनको नाटक ‘जनताको शत्रु’ मा केन्द्रित छ । यस लेखमा नाटकीय अङ्गको आधारमा विश्लेषण नगरेर भट्टको नाट्यअनुवाद कलाको सरसर्ती अवलोकन गरिएको छ । भट्टका साहित्यिक योगदानका विविध (कविता, काव्य, निबन्ध, प्रबन्ध, समालोचना र अनुवाद) आयाम छन् त्यसमा पनि उनको नाट्यअनुवाद कलाको अनुसरण भएनभएको कुरा खोजी गर्नु यस लेखको मुख्य लक्ष्य रहेको छ । अध्ययनको क्रममा पाठकीय अवलोकन पद्धतिलाई ध्यानमा राखिएको छ । केही कमीकमजोरी भेटिए पनि भट्ट सफल नाट्यअनुवादक हुन् भन्ने यस लेखको निष्कर्ष रहेको छ ।     थालनी           आनन्ददेव भट्टले ‘जनताको शत्रु’ नर्वेका प्रसिद्ध नाटककार ‘एन इनिमिज अप द पिपल’ को नेपाली अनुवाद गरेका छन् ।  नाटककार इब्सेनको यो नाटक सन् १८८२ मा प्रकाशित भएको हो । इब्सेनले यस नाटकलाई उनको पछिल्लो नाटक ‘घोस्ट’को विरुद्धमा सार्वजनिक भएको आक्रोसको जवाफमा लेखेका थिए भनिएको छ । यस नाटकमा १९ औं शताब्दीमा नैतिकतामा देखिएको स्खलन र पाखण्डीपनलाई चुनौती दिइएको छ । साझा प्रकाशनबाट वि.सं. २०२० मा छापिएको अनुदित नाटक ‘जनताको शत्रु’ को अनुवाद

सुनेका, देखेका र भोगेका ‘काइँला’ - डा. अशोक थापा

लेखसार प्रस्तुत लेख नेपाली साहित्यमा आयामेली कविका रूपमा छुट्टै छवि बनाएका बैरागी काइँला (तीलविक्रम निम्वाङ , वि.सं. १९९६) को योगदानमा केन्द्रित छ । योगदान भन्नासाथ समग्रताको अध्ययन हुने भएकाले कुनै कृति विशेषमा केन्द्रित हुने कुरा भएन । समग्रताको मूल्याङ्कन गर्दा लेख सूचनामूलक हुनु स्वाभाविक छ । यस लेखको ध्येय पनि काइँलाको समस्त योगदानलाई नियाल्नु हो । नेपाली कविता साहित्यमा काइँलाको कृतित्वको गौरव अक्षीण छ । यस लेखमा समीक्षात्मक निबन्ध ढाँचामा वर्णनात्मक विधि अवलम्बन गरिएको छ र काइँलाले लेखनाथ-बालकृष्ण-लक्ष्मीप्रसाद आदिका कविताभन्दा भिन्न शैलीमा कविता सिर्जना गरेका हुन् भन्ने निष्कर्षण गरिएको छ ।     आरम्भ      नेपालको पूर्वी पहाडमा शिक्षाको दीयो पहिले उदायो । यस तथ्यलाई पुष्‍टि गर्न दुई तर्क मनासिब देखिन्छन् । पहिलो नेपालको प्रशासनिक संरचनामा सापेक्षित रूपमा पूर्वमा पहिले जागरण आएको हो । दोस्रो अङ्ग्रेज शासनको समयदेखि नै दार्जिलिङको शैक्षिक रापले पूर्वी नेपाल (झापा , इलाम , पाँचथर) लाभान्वित छ । हो यसै पूर्वी पहाडको पाँचथरमा जन्मेका बैरागी काइँलाको वास्तविक नाम तिलविक्रम नम्वा

नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्‍कन

          डा. अशोक थापा  उपप्राध्यापक, नेपाली केन्द्रीय विभाग   सारसङ्‌क्षेप यस लेखमा सडक नाटकको सैद्धान्तिक पक्षको सङ्क्षिप्‍त चर्चा गर्दै नेपाली नाटकमा सडक नाटकको ऐतिहासिक पक्षको रेखाङ्‍कन गरिएको छ।सडक नाटकको प्रभावकारिता, यसको विशेषता अनि नेपाली रङ्‍गमञ्‍चीय जगत्‌मा यसले छोडेको प्रभावको उल्लेख गर्नु यस लेखको उद्धेश्य रहेको छ। १ . १ विषय प्रवेश प्रस्तुत लेखको शीर्षक नेपाली सडक नाटकको प्रवृत्तिगत अनुरेखाङ्कनमा सडक नाटकको ऐतिहासिक पक्ष र यसको विविध स्वरूपका आधारमा अनुरेखाङ्कन वा सङ्‌क्षिप्‍त रेखाङ्कन गर्ने उद्देश्य अन्तर्भूत छ।नेपाली सडक नाटकको प्रारम्भ , विकास र वर्तमान अवस्थितिको विषयमा चासो राख्‍नु यस लेखको केन्द्रीय पक्ष हो। सडक नाटकको सैद्धान्तिक विमर्शमा आधारित रहेर पाश्‍चात्य सन्दर्भमा सडक नाटकको अवस्थितिको छोटो विमर्श सहित नेपालमा सडक नाटकको स्थिति र अवस्थितिका विषयलाई प्राथमिकताका साथ उठाउनु यो लेखको मूल ध्येय हो । नेपाली भाषामा मात्र नभएर संसारका अनेकौँ राष्‍ट्रहरूमा सडक नाटकको प्रयोगगत अस्तित्व देखिन्छ।राजनीतिक दवावदेखि जनचेतनाको एक अभिन्‍न अङ्गको रूपमा स्व